प्रदेश १ मा ४ सय ७९ जना संक्रमित थपिए, २ सय ४६ जना निको भए

  • भदौ ३०, २०७८
  • कोशीपत्र/संवाददाता
alt

धरानः प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४७९ जनामा कोरोना संक्रमित थपिएका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार १ सय ८१ जनाको पीसीआर परीक्षण गर्दा ३ सय २० जनामा संक्रमण देखिएको हो भने ६ सय ९४ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ५९ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

पीसीआर परीक्षणका आधारमा मोरङमा ११३, झापामा १०४, सुनसरीमा ८३, धनकुटामा ५, इलाम र उदयपुरमा ४–४, भोजपुरमा २ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको छ ।

मोरङको विराटनगरमा ६३, सुन्दरहैचा र बेलबारीमा १३–१३, लेटाङमा ८, बुढीगंगामा ३, कटहरी, रतुवामाई, केराबारी, कानेपोखरी र पथरीशनिश्चरेमा २–२, उर्लाबारी, रंगेली र ग्रामथानमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको हो । झापाको दमकमा २४, विर्तामोडमा २१, कनकाईमा १९, बुद्धशान्तिमा ७, गौरादह र भद्रपुरमा ६–६, अर्जुनधारा, मेचीनगर र कमल गाउँपालिकामा ५–५, हल्दिबारीमा ३, झापा गाउँपालिकामा २, शिवसताक्षीमा १ जनामा संक्रमण पुष्टि भएको छ ।

यता, सुनसरीको इटहरीमा ५२, धरानमा ९, दुहवी र रामधुनीमा ६–६, इनरुवामा ४, बराहक्षेत्रमा ३, गढीमा १ र स्थानीय तह नखुलेका २ जना छन् भने धनकुटाको धनकुटा नगरपालिकामा ४ र शहिदभूमीमा १, इलामको चुलाचुली र माईमा १–१ र स्थानीय तह नखुलेका २, उदयपुरको कटारीमा २, त्रियुगा र उदयपुरगढीमा १–१, भोजपुरको भोजपुर नगरपालिका र षडानन्दमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा २४६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १३९ महिला र १०७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टमा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ महिला र १ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved