अख्तियारको ‘एक्सन’ पछि रजिष्ट्रारको राजीनामा शक्तिकेन्द्रसँग गुहार माग्दै उपकुलपति, ‘पर्ख र हेर’ को नीति मा रेक्टर, ‘चोखिने बाटो’ खोज्दै डाइरेक्टर

  • भदौ १३, २०७८
  • कोशीपत्र/संवाददाता
alt

धरान/ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीले पदबाट राजिनामा दिएपछि अन्य पदाधिकारी दबाबमा परेका छन् । प्रतिष्ठानका चिकित्सक , कर्मचारी,नागरिक दबाब समूह तथा सरोकारवालाले झण्डै तीन महिना देखि ‘विपी सुद्धिकरण अभियान’ को आन्दोलन चर्काइरहेका छन् । सोही आन्दोलनको दबाबमा सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लाई प्रतिष्ठानको मुद्धालाई फास्ट ट्रयाकबाट हेर्न निर्देशन दिएको छ । सरकारले गठन गरेको कार्यदललेपनि पदाधिकारीलाई पदमुक्त गर्नु पर्ने आशयको प्रतिबेदन बुझाएपछि पदाधिकारीमाथि राजीनामाको दाबाब परेको थियो । स्रोतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही दिन अघि प्रतिष्ठानमा छापा मागरेर जफत गरेको कागजपत्रका आधारमा मुद्धा दायर गर्ने तयारी गरेको छ । सोही मुद्धाबाट आफुलाई बचाउन र आन्दोलनकारीको सहानुभूति लिदै आफुमाथि लागेको आरोपलाई गलत सावित गर्न रजिष्टार रेग्मीले राजिनामा दिएको उनी निकट स्रोतले जानकारी दिएको छ । रेग्मीले शुक्रबार प्रतिष्ठानको छानविन समितिलाई मार्ग प्रशस्त गर्न भन्दै राजीनामा दिएको घोषणा गरेका थिए ।

बिहीबार ६ जना सिनेट सदस्यहरुले चारै जना पदाधिकारीहरुलाई कारबाही गर्न माग गर्दै कुलपति एवं प्रधानमन्त्री समक्ष निवेदन दिएका थिए । निवेदन पश्चात आफू पनि कारबाहीको भागिमा पर्ने देखेपछि उनले राजीनामा दिएको प्रतिष्ठानकै केही कर्मचारीहरु बताउँछन् ।

राजीनामाको विषयमा लिएर संघीय सांसद जयकुमार राईले रजिष्ट्रार रेग्मीको एकल राजीनामाले मात्र प्रतिष्ठानको सम्पूर्ण समस्या समाधान नहुने बताए । उनले विगतदेखि नै प्रतिष्ठानजस्तो संवेदनशील स्वास्थ्य संस्थामा भ्रष्टाचार, बेथिति मौलाउनु ठीक नभएको बताए । उनले भने–‘आन्दोलनरतपक्षले सुद्धीकरणको माग राखी आन्दोलनमा होमिएका छन्, नेपाल सरकारको प्रधानमन्त्रीका सचिवको संयोजकत्वमा छानविन समिति गठन भएको छ, त्यो समितिले बुझाएको प्रतिवेदन अनुसार कार्वाही अगाडि बढ्नुपर्छ । ’उनले रजिष्ट्रार रेग्मीको राजीनामाका विषयमा भने ठीक वा बेठीक केही भनेनन्, उनले भने–‘राजीनामा दिनु ठूलो कुरा होइन, नेपाल सरकारको छानविन समितिले बनाएको प्रतिवेदनले निष्पक्ष छानविन गर्नुप¥यो, चारजना पदाधिकारीको गुण दोषको आधारमा कार्वाही हुनुप¥यो ।’

उनले रजिष्ट्रार रेग्मीले कुन मनसायले राजीनामा दिएको हो त्यसमा पनि भर पर्ने बताए । उनले भने–‘उनले कुन मनसायले राजीनामा दिएका हुन्, राजीनामाको माग चारै जना पदाधिकारीको गरिएको छ, राजीनामा मात्र त्यहाको समस्या होइन ।’ उनले भने–‘सुद्धीकरणमा धेरै कुरा पर्छन, त्यहाँ हुने आन्दोलन रोकिनुप¥यो, विरामीले अनाहकमा दुःख पाउनु भएन, सिष्टममा प्रतिष्ठान चल्नुप¥यो ।’

उनले बीपी प्रतिष्ठानका पदाधिकारी अहिले मात्र हैन विगतमा पनि भ्रष्टाचारको मुद्दामा मुछिने गरेको पाइएको बताए । उनले भने–‘अहिलेमात्र हैन विगतमा पनि यहाँका पदाधिकारीहरु भ्रष्टाचारमा मुसिदै आएका छन्, संवेदनशील ठाउँमा भ्रष्टाचार हुनु राम्रो होइन, प्रतिष्ठानभित्र रहेका विभिन्न उपकरण बिग्रिन् मर्मतका नाममा कमिशन खाने, विरामीको उपचार राम्ररी नहुने जस्ता कुरा आइरहन्छन्, यसको अन्त्य हुनुपर्छ । उनले भने – आन्दालनरत पक्षको माग अनुसार छानविन समिति गठन गरेको छ । छानविन समितिको प्रतिवेदन अनुसार समस्या समाधान गर्नुपर्छ, प्रतिवेदनले दोषी कसले कति ठहराएको छ, मैले हेर्न पाएको छैन, प्रतिवेदनको आधारमा गुण दोषको आधारमा कार्वाहीको भागीदार हुनुपर्छ ।’ उनले आन्दोलनकारीहरुले सुधारको पक्षमा आन्दोलन गरेको बताए । सांसद राईले आन्दोलनरतपक्षका माग अनुसार उनीहरुको छानविन समिति गठन गरिएकोले प्रतिवेदन अनुसार कार्वाही गर्ने भएपछि अब आन्दोल छाड्नुपर्ने सुझाव आन्दोलनरत पक्षले दिएको बताए । उनले भने– ‘यसमा नगारिक समाज, राजनीतिक दल साथमा छ, छानविन समितिको प्रतिवेदन अनुसार कार्वाही अगाडि बढ्छ ।’

रजिष्ट्रार रेग्मीको राजीनामाको विषयमा मानव अधिकारका अगुवा प्रा.डा. रोजेन्द्र शर्माले भने फरक मत व्यक्त गरेका छन् । उनले रजिष्ट्रारले राजीनामा दिएर छानविन समितिको प्रतिवेदनलाई काम गर्न प्रसस्त मार्ग बनाइदिएको बताए । उनले भने–‘खासमा बीपी प्रतिष्ठानमा सद्धीकरणको अभियानमा राजीरष्ट्रारको आन्दोलनले सकारातनमक भूमिका खेल्छ । उहाले ठूलो महानता देखाउनु भएको छ, यो काम रजिष्टारले अगाडि नै देखाउनु भयो, ढिलै भए पनि रजिष्ट्रारको राजीनामा सुद्धीकरणको आन्दोलनमा छानविन समितिलाई ठूलो बल मिल्छ ।’ प्रा.डा शर्माले सर्सती हेर्दा राजीनामा एउटा सकारात्मक रुपमा लिन सकिने बताए । अहिले पनि प्रतिष्ठानमा आन्दोलनरत पक्षको आन्दोलन जारी रहेको छ । चारै जना पदाधिकारीहरुको राजिनामा माग गर्दै संयुक्त संघर्ष समितिले कार्यकक्षमा तालाबन्दी जारी राखेका छन् ।

यता आन्दोलनरत पक्षल भने उच्चस्तरीय छानबिन कार्यदलले पनि चारै जना पदाधिकारीहरुलाई राजीनामा दिन सुझाव दिइसकेको अवस्थामा रजिष्ट्रार रेग्मीको राजीनामाले सुद्धीकरणको अभियानमा प्रसस्त मार्ग मिलेको बताएका छन् । रजिष्ट्रारको राजिनामा पछि प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरी भने आन्दोलन मथ्थर बनाइदिन र पद जोगाइ दिन शक्ति केन्द्र धाईरहेका छन् । डा ज्ञानेन्द्र गिरी अहिले आफ्नो फेस सेभिङ गर्न खोजिरहेको स्रोत बताउछ । उनी आन्दोलनको बलमा पद बाट नहटेर फेस सेभिङ हुने उपाय खोजिरहेको पनि स्रोत बताउछ । उनी अहिले भ्रष्टाचार मुद्धा लागेर पद मुक्त भएका उपकुलपति प्राडा राजकुमार रौनियारको मुद्धाको सुनुवाई भएर पुर्नस्थापित भए हुन्थ्यो भन्ने मनशायमा रहेको उनी निकट स्रोत बताउछ ।

उनी माथि प्राज्ञीक उपाधिको नक्कली प्रयोग गरेको, प्रतिष्ठानमा चरम आर्थिक अनियमितता गरेको, प्रतिष्ठानमा मादक पदार्थ सेवन गरि अमर्यादित कार्य गरेको जस्ता आरोप लागेका छन् । रेक्टर प्राडा गुरुप्रसाद खनाल भने पर्ख र हेर को अबस्थामा रहेको उनी निकट स्रोत बताउछ । कार्यबाहक उपकुलपति भएको बेला अघिल्ला पदाधिकारीले स्वीकृत गरेका र भुक्तानी बाँकी रहेका फायलमा सहि गरेको ले विबादमा तानिएका खनाल अन्य पदाधिकारीको कारण चेपुवामा परेको उनी निकट स्रोत बताउछ । रेक्टरको क्षेत्र शैक्षिक गतिविधिमा हुने र त्यहाँ आर्थिक चलखेल गर्ने ठाउ नभएका कारण खनालमाथि आर्थिक अनियमितताको गम्भिर आरोप भने लाग्न सकेको छैन ।

तर कार्यबाहक उपकुलपती हुदाको कार्य र उपकुपतीले मादक पदार्थ सेवन गर्दा बचाउ गरेका कारण नैतिक दबाबमा परेको प्रतिष्ठानका एक पूर्व कानुनी सलाहकारले बताए । प्रतिष्ठानका डाइरेक्टर गौरिशंकर शाह भने चोखिन खोजिरहेको बताईन्छ । उनले केही समय अघि एउटा विज्ञप्ति जारी गर्दै आफु राजिनामा दिन तयार रहेको आशय ब्यक्त गरेका थिए । उनले प्रतिष्ठानको अनियमिततामा आफु भन्दा माथिका तिन जना पदाधिकारीको संलग्नता हुने र आफुमा आर्थिक अधिकार नभएकाले आफुबाट त्यस्तो नभएको बताउदै आएका छन् । उनी अन्य पदाधिकारीलाई दोषि देखाएर आफु जोगिन खोजिरहेका छन् । प्रतिष्ठान स्रोतका अनुसार उनी पुर्व उपकुलपती प्राडा राजकुमार रौनियार पुनः प्रतिष्ठानमा उपकुलपती भएर आउने पर्खाइमा छन् ।

विजयपुर अध्यात्मीक म ...

धरान/ सामाजिक संंस्कार भड्किलो बन्दै गएको महशुष गर ...

धरान किड्जीलाई अनुमत ...

धरान/  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

‘कुम्भ स्नान पछि पिण ...

धरान/  प्रत्येक १२ वर्षमा लाग्ने पुर्ण कुम्भ ...

धरानको कार्यपालिका ब ...

धरान /मेयर हर्कराज राईले एकलौटी गरेको निर्णयलाई का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved