संक्रमण मत्थर जस्तो देखिएपनि मृत्यु दर भने घटेन

  • आश्विन १, २०७८
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर । प्रदेश १ मा पछिल्ला केही दिनयता कोरोना संक्रमण केही मत्थर भएजस्तो देखिएपनि मृत्यु दर भने घट्न सकेको छैन ।

कारोनाको पहिलो लहर अन्त्य हुने बेला मृत्यु दरमा कमी आएको थियो । तर, दोस्रो संक्रमण चरममा पुगेको भन्ने चिकित्सक तथा विज्ञले बताइरहँदा प्रदेशमा कोरोनाकै कारण हुने मृत्युमा भने कमी आएको छैन । प्रदेश १ मा दैनिक औसत पाँच जनाको कोरोनाकै कारण मृत्यु भई रहेको छ ।

पछिल्लो एक सताको तथ्यांक हेर्दा कोरोना संक्रमित थपिने क्रम दैनिक पाँच सयभन्दा तल झरेपनि मृत्यु दरमा भने कमी आउन सकेको छैन । बुधबार कोरोनाका कारण प्रदेशमा चार महिला र एक पुरुषले ज्यान गुमाए । ४ सय ७९ संक्रमित थपिँदा २ सय ४६ संक्रमणमुक्त बने ।

प्रदेश राजधानी विराटनगरमा पछिल्ला केही दिन ५० भन्दा कम संक्रमित थपिने गरेका थिए । तर, यो साता भने दैनिक ५० भन्दा बढी संक्रमित थपिन थालेका छन् । यसअघि हटस्पट बनेका धरान, इटहरी, दमक र विर्तामोडमा भने संक्रमण केही मत्थर भई संक्रमित थपिने क्रम घटेको छ ।

मंगलबार ३ सय ९० जना संक्रमित थपिए भने दुई पुरुषको मृत्यु भयो । त्यो दिन ३ सय २८ जना संक्रमण मक्त बने । सोमबार ३ सय ६६ जना नयाँ संक्रमित थपिए । ४सय १२ संक्रमणमुक्त भए ।

पाँच जनाको कोरोनाका कारण मृत्यु भयो । सामाजिक विकास मन्त्रालयका अनुसार आइतबार २सय ३७ जना नयाँ संक्रमित थपिए । ३ सय ४ जना संक्रमण मुक्त भए भने पाँच जनाको मृत्यु भयो । शनिबार ३ सय ९० संक्रमित थपिए । ४ सय २५ संक्रमण मुक्त भए ६ जनाको कोरोनाबाट मृत्यु हुन पुग्यो ।

 

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved