वीपीका पदाधिकारीलाई राजीनामा दिन निर्देशन

  • कार्तिक १०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान\ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुलाई राजिनामा दिएर मार्ग प्रसस्त गर्न स्वास्थ्यमन्त्री विरोध खतिवडाले निर्देशन दिएका छन् ।

लामो समय देखि पदाधिकारीहरुको राजिनामाको माग गर्दै चर्किएको आन्दोलनलाई सम्बोधन गर्दै सरकारले उच्चस्तरिय छानबिन समिती गठन गरेको थियो । समितीका संयोजक रहेका स्वास्थ्यमन्त्री खतिवडाले मंगलबार प्रतिष्ठानका पदाधिकारीहरु सँग छुट्टा छुट्टै भेटघाट गरि राजिनामा दिएर मार्ग प्रसस्त गर्न निर्देशन दिएका हुन् ।

राजनीतिक अस्थिरताका बिच लामो समयपछि नेपाल सरकारको स्वास्थ्यमन्त्री बनेका विरोध प्रतिष्ठानको वस्तुस्थिति बुझ्न धरान आएका थिए । स्वास्थ्यमन्त्रीसहित प्रतिष्ठानको विषयमा छानविन गर्न बनेको समितिका पदाधिकारी समेत प्रतिष्ठान पुगेर पदाधिकारीहरु सँग छलफल गरेका थिए । स्वास्थ्यमन्त्री खतिवडाले प्रतिष्ठानमा उठेकोे वेथिति, अराजकता, भ्रष्टाचारको विषयमा उच्च स्तरीय छानविन समितिले बुझ्ने काम भइरहेको बताउदै चाडै नै यसको किनारा लाग्ने आश्वासन दिए । अस्पतालको गरिमा माथि आँच आउन नदिन नेपाल सरकार गम्भीर भएको बताउदै आन्दोलरतपक्षको मागको सम्बोधनलाई मध्यनजर गरी चाडै सरकर निष्कर्षमा पुग्ने बताए ।

सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले चारै जना पदाधिकारीहरुलाई कारबाही गर्न सिफारिश गरिसकेको बताउदै मन्त्रालयले पनि आन्दोलनरत पक्षसँग ऐनको दफा ११(घ) अनुसार कारबाही गर्न सम्झौता रहेको बताउदै छानविन समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयन हुनेमा विश्वास दिलाए ।

६ महिना भन्दा लामो समयदेखि प्रतिष्ठानको संघर्ष समितिको आन्दोलनपश्चात प्रतिष्ठानका रजिष्ट्रार पदबाट प्रा.डा.मोहनचन्द्र रेग्मीले राजिनामा दिइसकेका छन् । रजिष्ट्रारले मार्ग प्रसस्त गरेको भन्दै मन्त्रालयले उपकुलपति डा.ज्ञानेन्द्र गिरी, रेक्टर प्रा.डा.गुरु खनाल र अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहलाई समेत राजीनामा दिएर मार्ग प्रसस्त गर्न निर्देशन दिएको छ । तर तीनैजना पदाधिकारीरले अहिलेसम्म राजीनामा दिएका छैनन । स्वास्थ्यमन्त्री खतिवडाले प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर अग्रवाल र शिक्षाध्यक्ष प्रा.डा. गुरुप्रसाद खनाललाई छुट्टाछुट्टै भेटेर छलफल गरेका थिए । छलफलमा छानविन समिमितका संयोजक खतिवडा सहित उच्चस्तरीय छानबिन समितिका सदस्य एवम् सिनेट सदस्य एवं मन्त्रालयका प्रवक्ता डा.रोशन पोखरेल र सिनेट सदस्य एवं धरानका मेयर तिलक राईको समेत छलफलमा सहभागि भएका थिए ।

प्रतिष्ठानमा बेथिति बढेको, अनियमितता एवं भ्रष्टाचारमा पदाधिकारीहरु चुर्लुम्म डुबेको भन्दै कारबाहीको माग गर्दै चिकित्सक, कर्मचारीहरु संयुक्त संघर्ष समिति बनाएर अहिले पनि आन्दोलनमा छन । लामो समयसम्म आन्दोलनको सुनुवाई नेपाल सरकारले नगरेपछि दशैपछि लगत्तै संघर्ष समितिले राजधानी नै पुगेर प्रधानमन्त्री एवम् प्रतिष्ठानका कुलपति शेरबहादुर देउवा, स्वास्थ्यमन्त्री एवम् सहकुलपति विरोध खतिवडालाई भेटेर प्रतिष्ठानको समस्या समाधान चाडो निकाल्न अनुरोध गरेका थिए । लगत्तै स्वास्थ्यमन्त्री खतिवडाले आन्दोलनरत पक्षको मागलाई ध्यानाकर्षण गर्दै प्रतिष्ठानको वस्तुस्थिति बुझ्न धरान आएको हो ।

छानविन समितिद्वारा ७२ घण्टे अल्टिमेटम बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचार, बेथिति र विसंगतिका विषयमा बनेको उच्च स्तरीय छानविन समितिले प्रतिष्ठानका प्रतिष्ठानका पदाधिकारीलाई ७२ घण्टे लिखित स्पस्टीकरण माग गरेको छ ।

छानविनको अख्तियार पाएको स्वास्थ्य समितिले प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी शिक्षाध्यक्ष प्रा. डा. गुरु खनाल र अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहलाई ७२ घण्टे लिखित स्पष्टीकरण मागेको हो ।

स्वास्थ्य मन्त्री विरोध खतिवडाको संयोजकत्वमा बनेको समितिको सदस्य धरान उपमहानगरपालिकाका मेयर तिलक राई र स्वास्थ्य सचिव डा.रोशन पोख्रेलले तीनैजना पदाधिकारीसग अलग अलग बयान लिएको र ऐनमा व्यवस्था भए बमोजिम सफाइको मौका दिन ७२ घण्टाभित्र जवाफ पेश गर्ने आदेश सहित उपकुलपति लगायत अन्य पदाधिकारीलाई स्पष्टीकरणको पत्र दिएको हो ।

पाँचथर–ताप्लेजुङ सडक ...

पाँचथर/ तमोर करिडोरअन्तर्गत पाँचथर–ताप्लेजुङ सडकख ...

मादक पदार्थ सेवनपछि ...

इटहरी/सुनसरीको रामधूनी नगरपालिका–५ मा बिहीबार रात ...

ट्याङ्करको ठक्करबाट ...

विराटनगर/ मोरङको उर्लाबारीमा ट्याङ्करको ठक्करबाट ग ...

दुबई फिनटेक सम्मेलनम ...

सन्देश तिम्सिना दुबई । दुबईमा सम्पन्न फिनटेक सम्मे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved