धरान । गत जेठ २ गते धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका इटहरीका एक युवकको मृत्यु भएको छ । जेठ १ गते कोरोना संक्रमण पुष्टि भएका इटहरी ४ का २४ वर्षिय युवकको शनिबार राति मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए । शवको व्यवस्थापन नियमअनुसार हुने प्रतिष्ठानले जनाएको छ ।
धरान । धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो गल्ती लुकाउन सञ्चारमाध्यलाई दोष दिन थालेको छ । प्रतिष्ठानले शनिबार अक्सीजनको उपलब्धताका आधारमा मात्र विरामी लिने भन्दै घुमाउरो भाषामा विरामी भर्ना लिन नसक्ने आशयको विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यमलाई पठाएको थियो । सञ्चारमाध्यमले विज्ञप्तिमा उल्लेख भए अनुसार प्रतिष्ठानको आशय सहितको समाचारहरु सम्प्रेशण गरे । प्रतिष्ठानले विरामी भर्ना नलिने आशयबको विज्ञप्ती जारी गरेको भन्दै समाचार सम्प्रेशण गरेपछि सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकाललाई चौतर्फी दबाब पर्यो । जिल्ला प्रशासन कार्यालयका एक अधिकृतका अनुसार सिडिओ ढकालले शनि
सुनसरी । मोरङको बिराटनगर १७ मटेरुवा चौकबाट लागूऔषध सहित १ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी ईटहरी १ कि ४१ बर्षीया रेखा न्यौपाने रहेकी छन् । शनिबार बेलुका ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनले बोकेको झोलाबाट लागूऔषध डाइलेक्स डिसि ५० बोतल, नाईट्राभेट १ सय ट्याब्लेट, स्मास्मो प्रोक्सीभोन प्लस ४ सय ३२ चक्की सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका महिला माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
सुनसरी । दोस्रो भेरियन्टको कोरोना संक्रमण बढ्दै गए पछि बराहक्षेत्रमामा २ सय ६ जनामा संक्रमण पुष्टि हुँदा ४१ जना निको भएका छन् । बराहक्षेत्र नगरपालिकाले जारी गरेको सुचनाको आधारमा वैशाख ५ गते यता २ सय ६ जनामा संक्रमण पुष्टि हुँदा ४१ जना निको भएका छन् भने ८ जनाको मृत्यु भएको छ । नगरपालिकाको अनुसार निको हुने दर १९ दशमलव ९१ प्रतिशत रहेको छ भने मृत्यु दर ३ दशमलव ८८ प्रतिशत रहेको छ । बराहक्षेत्रमा अहिले सम्म १ सय ५७ जना सक्रिय संक्रमित रहेका छन् भने नगरपालिकाको आइसोलेसनमा १८ मा रहेका छन् । नगरपालिकाले २ सय ९० जनाको पिसिआर तथा एन्टिजेन्ट परिक्षण गरेकामा ५० जनाको जाँचको रिपोर्ट आउन बाँकी रहेको जनाए
इटहरी । समुदाय स्तरबाट शुरूवातीमा लापर्वाहि बढेकै कारण इटहरीमा निषेधाज्ञा र लकडाउनकै बिचमा कोरोना संक्रमणको दर उच्च देखिएको छ । पछिल्लो एक साता यता मात्र इटहरीभित्र २ सय ४ जना नयाँ संक्रमित थपिएका छन भने ५ जनाको मृत्यु भइसकेको छ । जिल्ला प्रसाशन कार्यालय सुनसरीले आगामि जेठ १४ गते सम्म निषेधाज्ञालाइ कडाइ बनाउने भनिएपनि इटहरीमा निषेधाज्ञाकै बेला संक्रमितको दर दैनिक उच्च देखिएको हो । गत साता १ सय २३ जना नयाँ संक्रमित थपिएको इटहरीमा यो साता २ सय ४ जना संक्रमित थपिन पुगेका छन् यो संगै इटहरीमा कुल संक्रमितको संख्या ११ सय २५ पुगेको छ भने संक्रमणकै कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ । दैनिक देखि
धरान । धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अक्सिजनको अभाब देखाउदै नयाँ विरामी भर्ना नलिने बताएको छ । प्रतिष्ठानका सहायक प्रबक्ता डा चुरामणी पोख्रेलले प्रेस विज्ञप्ति जारी गरि अक्सीनको उपलब्धताका आधारमा मात्र विरामी भर्ना लिने निर्णय भएको उल्लेख गरेका छन् । प्रतिष्ठानको अक्सीजन प्लान्ट विग्रीएको र अहिले मर्मतको कार्य भईरहेको उल्लेख गर्दै उनले प्रतिष्ठानको अक्सिजनको मुख्य स्रोतले काम नगरेका कारण नयाँ विरामी भर्ना गर्न अक्सिजनको उपलब्धताका आधारमा मात्र सक्ने उल्लेख गरेका छन् । प्रतिष्ठानका एक विभागिय प्रमुखका अनुसार यो विज्ञप्तिको डिप्लोमेटिक आशय भनेको अब कोभिडका विरामी भर्ना
धरान । उच्च रक्तचाप भएका धरान १५ का एक कोरोना संक्रमितको मृत्यु भएको छ । धरान १५ का ८२ वर्षिय पुरुषको मृत्यु भएको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्रवक्ता चुरामणी पोखरेलले जानकारी गराएका छन् । वृद्धाको शनिबार बिहान साढे ११ बजे मृत्यु भएको हो । उनलाई जेठ ४ गते कोरोना पोजिटिभ देखिए पछि कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनको नियम अनुसार शव व्यवस्थापन गरिने पोखरेलले बताएका छन् ।
धरान । भ्रष्टाचार र अनियमिततामा डुबेको धरान स्थिा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मुख्य पदाधिकारीहरु कोरोना महामारीमा पनि कमिशनमा मिल्न नसक्दा नागरिकको स्वास्थ्य सेवा माथि खेलवाड गरिरहेका छन् । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी र रजिष्टार्ड प्रा.डा. मोहन चन्द्र रेग्मी बिच अक्सिजन प्लान्टको ठेक्कामा कमिसन मिल्न नसक्दा कोरोना संक्रमित बिरामीहरुको स्वास्थ्य उपचारमा खेलवाड भइरहेको छ । प्रतिष्ठानमा रहेको अक्सिजन प्लान्ट बिग्रीएर कोभिड अस्पतालका बिरामीले अक्सिजन पाउन नसकेको गुनासो आइरहेको छ । सहज अक्सिजन आपुर्ति हुन नसक्दा बिरामीले ज्यान गुमाउनु परेको प्रतिष्ठानमा माथि आरोप ला
सुनसरी । प्रदेश १ मा शुक्रबार २ हजार ५ सय ८६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । परीक्षण गरिएका मध्ये ४ सय २४ महिला र ६ सय १५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या अहिले सम्ममा ४९ हजार ५ सय ८० पुगेको छ भने ३२ हजार ९ जना निको भएर घर फर्किएका छन् । सक्रिय संक्रमितको संख्या १६ हजार ८ सय ३६ पुगेको छ । मन्त्रालयका अनुसार शुक्रबार मोरङमा ३ सय ३०, झापामा २ सय ४२, सुनसरीमा १ सय ७८, इलाममा ६०, ताप्लेजुङमा ५१, खोटाङमा ३२, पाँचथरमा २६, तेह्रथुममा २७, धनकुटामा १३, संखुवासभामा ९, उदयपुरमा ७, भोजपुरमा ३
धरान । सुनसरीको दुहबीमा ४५ बेडको अक्सिजन सहितको आइसोलेसन सेन्टर र १५ बेडको अस्पताल आइतबारदेखि सुचारू हुने भएको छ । दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले शुक्रबार पत्रकार सम्मेलनको अयोजना गर्दै नगर अस्पतालमा १५ वटा सुविधा सम्पन्न बेड ब्यवस्था गरिएको बताएका छन् । अस्पतालमा इमेर्जेन्सी, प्रयोगशाला, इसिजी, एक्सरे इन्डोर कक्ष सहित १५ वटा कोठा निर्माण गरिएको बताएइको छ । अस्पताल र आइसोलेसन केन्द्र दुहबी ८ स्थित रमपम उद्योगको पुर्बपट्टि रहेको छ । अस्पतालमा २४ घन्टे इमेर्जेन्सी सेवा, स्वास्थ्य बीमा कार्यक्रमको प्रथम बिन्दु र औषधि समेत उप्लब्ध गराउने जनाइएको छ । ल्याब सेवा भिडियो एक्सरे सेवा र परिवार