वराहक्षेत्रमा बुधबारबाट दादुरा–रुबेला खोप अभियान सुरु

  • फागुन २१, २०८०
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिकामा दादुरा( रुवेला रोग विरुद्धको खोप अभियान बुधबारवाट सुरु हुने भएको छ ।

नगरपालिका भित्र रहेका ९ महिना देखि ५ वर्ष मुनी उमेर समुहका २४ हजार बालबालिकाहरुलाई खोप लगाइने छ ।

वराहक्षेत्र नगरपालिकाको स्वास्थ्य शाखामार्फत ११ वटा वडामा खोप अभियान संचालन हुनेछ । खोप अभियानमा नगरपालिकाका मातहतका स्वास्थ्यकर्मीहरु,

स्वंमसेवकहरुले खोप लगाउने छन् । ११ वटा वडामा १ सय १९ वटा खोप केन्द्रबाट खोप अभियान संचालन हुने नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक उमेश मेहताले बताए ।

खोपको सञ्चालन , व्यवस्थापन लगाएका बिषयमा जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुबिच सोमवार पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएन भएको छ ।

कार्यक्रममा नगर प्रमुख रमेश कार्कीले राष्ट्रिय अभियानमा वराहक्षेत्र नगरपालिकाका सबै बालबालिकाहरुले प्राप्त गरेको अवसरलाई कोहि पनि बालबालिकाहरु नछुट्ने गरी खोप कार्यक्रम संचालन गर्न निर्देशन दिए ।

खोप अभियानको निरन्तर अनुमगन, समन्वय र सहकार्य गर्ने र बालबालिकाहरुमा शत प्रतिशत खोप लगाउन नगर प्रमुख कार्कीले अनुरोध गरे ।

दादुरा( रुवेला खोपबाट केहि वर्ष अघिसम्म धेरै बालबालिकाहरुको निधन हुने गरेको बताउँदै नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक उमेश मेहताले एक जनालाई लागेको दादुरा रुवेला खोपबाट १८ जनालाई सर्ने रोग नियन्त्रण र ब्यवस्थापनका लागि खोप अनिवार्य भएको बताए ।

‘बालबालिकाहरुलाई दादुरा रुवेला जस्तो प्राणघातक सरुवा रोगबाट संक्रमण हुन नदिन, शिशु र बाल मृत्युदर कम गर्न तथा विश्वमै नेपालबाट दादुरा रुवेला रोग सन् २०२६ सम्म अन्त्य गर्ने गरी सबै बालबालिकाहरुलाई नछुटाईकन खोप अभियान संचालन गर्ने गरी ब्यवस्थापन गरिएको उनले बताए ।

भुक्तानी रोकेको भन्द ...

धरान/ धरान उपमहानगरपालिकामा सम्पन्न योजनाको भुक्तानी रो ...

इन्द्रप्रस्थ जेष्ठ न ...

धरानर जेष्ठ नागरिक समाजमा अभिन्न अंग हुन् । यसैलाई ...

रक्तदान जीवनदान : वर ...

वराहक्षेत्र/ १३औं स्थापना दिवसको अवसरमा चक्रघट्टी ...

भ्रष्टाचार, अतिक्रमण ...

धरान/ शनिबार धरानमा भ्रष्टचार र अतिक्रमण विरुद्धको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved