सुनसरीको चतराबाट २७३ किलो गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा

  • फागुन १३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको चतराबाट सशस्त्र प्रहरी बलले गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा लिएको छ ।

वराहक्षेत्र नगरपालिका–१ स्थित चतराबाट को.१च २९३७ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाले  बताए ।

एम्बुलेन्सबाट २७३ किलो गाँजा सशस्त्र प्रहरीको सुरक्षा बेस चतराले नियन्त्रणमा लिएको छ ।

चतराबाट सूर्यकुण्ड जाने भित्री सडकमा रोकेर राखेको एम्बुलेन्स जाँच गर्दा ९ वटा पोकामा गाँजा भेटिएको थियो ।

गाँजा र एम्बुलेन्स इलाका प्रहरी कार्यालय चक्रघट्टीमा बुझाइएको डीएसपी थापाले जानकारी दिए ।

तस्करीमा संलग्न एमबुलेन्स चालक फरार भएको प्रहरीको भनाइ छ ।

तीन महिनामा प्रहरीले वराहक्षेत्र हुँदै तस्करी भइरहेको अवस्थामा झण्डै एक टन गाँजा बरामद गरेको इलाका प्रहरी कार्यालय चक्रघट्टीका प्रहरी निरीक्षक राम तिम्सिनाले जानकारी दिए ।

 

संरचना होइन, नागरिकक ...

धरान/संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज प ...

सुनसरीबाट ब्राउन सु ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका– ...

सुनसरीमा करिब ८ लाखक ...

इनरुवा/सुनसरीको इनरुवा नगरपालिका–१ मा प्रहरीले अव ...

हरिशयनी एकादशी आज : ...

काठमाडौँ/ प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर&ndas ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved