नगरपालिका स्थापना दिवसमा वराहक्षेत्रमा रक्तदान र वक्तृत्वकला

  • फाल्गुन २७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र /आठौं स्थापना दिवसको अवसरमा वराहक्षेत्र नगरपालिकाले रक्तदान कार्यक्रम र वक्तृत्वकला प्रतियोगिता कार्यक्रम आयोजना गरेको छ ।

शनिवार बिहान नगरपालिकाले कार्यलय परिसरमा रक्तदान र वक्तित्वकला प्रतियोगिता आयोजना भएको थियो ।

नेपाल रेसक्रस सोसाईटी सुनसरी तथा नेपाल रेडक्रस सोसाइटी महेन्द्रनगर उपशाखाको प्राबिधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ६५  पिन्ट रगत संकलन भएको थियो ।

त्यस्तै शनिवारनै नेपालमा कुम्भ मेला बिषयक  माध्यमिक विद्यालत स्तरीय वक्तृत्वकला प्रतियोगितामा वडा नं १ चतरामा रहेको राधाकृष्ण संस्कृति गुरुकुलम माध्मिक बिद्यालयका सुशन आचार्य प्रथम भए। 1710072666424

त्यस्तै द्वितीय महेन्द्र माबि तित्रिगाछिकी उषा भट्टराई , महेन्द्र माबि चक्रघट्टीका तारानाथ चौलागाई तृतीय  र जगनाथ डेजराज जनता माध्यमिक बिद्यालयका गणेश कट्वाल सान्त्वना हुन सफल भएका थिए ।

उनिहरुलाई नगर प्रमुख रमेश कार्की , उप-प्रमुख नन्दकुमारी सुनुवार , प्रमुख प्रशासकीय अधिकृत देबेन्द्र मल्ल लगाएले नगद सहित प्रमाण पत्र हस्तारण गरेका थिए ।

२०७३ फाल्गुन २७ गते साविका बराहक्षेत्र , भरौल, महेन्द्रनगर, प्रकासपुर र मधुवन गाउँ विकास समिति मिलेर वराहक्षेत्र नगरपालिका स्थापना भएको थियो ।

नगरपालिका घोषणा भएको  अवशरलाई उत्सवको रुपमा लिएर आठौं स्थापना दिवश मनाउने निर्णय गरिएको वराहक्षेत्र नगरपालिका नगर प्रमुख रमेश कार्कीले बताए ।

स्थापना दिवसरको अबशरमा २६ , २७ र २८ गते साझ नगरपालिकाको कार्यालय र वडा कार्यलयहरुमा दिप प्रज्वलन कार्यक्रम गरिने छ ।

त्यस्तै २७ गते वहत् सरसफाई र २८ गते नगर स्तरीय खुल्ला रोड रेस प्रतियोगिता आयोजना हुनेछ । 

 

 

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved