पानवारी महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर

  • फागुन २९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ पानवारीमा भइरहेको पानवारी शतवार्षिकी महोत्सवमा निःशुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन भइरहेको छ ।

केएचडिसीको सहयोगमा सञ्चाल भइरहेको निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श शिविरमा १ सय ५० भन्दा बढी सेवाग्राहीले सेवा लिएको महोत्सव व्यवस्थापन समितिका संयोजक राजेन्द्र न्यौपानेले बताए ।

केएचडिसीसँगको सहकार्यमा मुटु रोग, मृगौला रोग तथा मधुमेह सम्बन्धी शिविर चलिरहेको छ ।

२६ गतेदेखि २ गतेसम्म चल्ने शिविरमा सहभागी भएर स्वास्थ्य सेवा लिनहुन महोत्सव आयोजक क्लब सयपत्री बोइज युनियन क्लबका अध्यक्ष एसपजंग रुम्दालीले आह्वान गरेका छन् ।

शिविरमा प्रेसर, बिएमआइ, मधुमेह, क्रिटिनाइनको जाँच भइरहेको डा. नविन अधिकारीले बताए ।

उनका अनुसार शिविरमा ५ जनाले सेवा दिइरहेका छन् । डा. अधिकारीले शिविरमा आएर सेवा लिन आग्रह समेत गरेका छन् ।

उनले मृगौला र मुटु रोग प्रारम्भिक चरणमा नै थाहा पाउन सके त्यसको रोकथाम गर्न सकिने हुँदा सर्वसाधारण सबैलाई शिविरमा आएर सेवा लिन आग्रह गरेका छन् ।

महोत्सवमा निःशुल्क आखाँ जाँच शिविर र दन्त शिविर समेत सञ्चालन भइरहेको छ ।

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

प्रा.डा शर्मालाई निम ...

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

अनेमसंघ सुनसरीमा विण ...

धरान । नेकपा (एमाले) को जनसंगठन अखिल नेपाल महिला संघ सु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved