छैटौ पानवारी महोत्सव: बेलबारी भलिबलकपको सेमिफाइनलमा

  • फागुन २८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान /छैटौ पानवारी भलिबल कपमा विजयी हुँदै बेलबारी नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको छ ।

अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा कोशी प्रदेश प्रहरी ट्रेनिङ सेन्टरलाई ३–२ को सेटमा पराजित गर्दै बेलबारी नगरपालिका सेमिफानलमा प्रवेश गरेको हो । सेमिफाइनलमा बेलबारी र आयोजक सयपत्री बोइज युनियन क्लबसँग बुधबार प्रतिष्पर्धा गर्नेछ।

पहिलो सेट २०–२५ ले गुमाएको बेलबारीले दोस्रो सेट २५–१३ ले जित्यो भने तेस्रो सेट २५–२३ ले जित्दै अग्रता बनाएको थियो। अत्यन्तै प्रतिष्पर्धात्मक चौथो सेट ३१–२९ ले जित्दै प्रहरी टिम २–२ को स्थितिमा पुगेको थियो । अन्तिम सेट १५–११ ले जित्दै बेलबारी विजयी भएको हो।

प्रतियोगिताको विजेताले ३५ तोला चादीको ट्रफी र नगद १ लाख पुरस्कार पाउनेछ भने उपविजेताले ५० हजार नगद पुरस्कार पाउनेछ। शनिबारदेखि धरान ६ पानवारीमा शतबार्षिकी महोत्सव शुरु भएको छ।

महोत्सव संयोजक न्यौपानेका अनुसार महोत्सव यही चैत २ गते सम्म सञ्चालन हुनेछ । महोत्सव स्थलमा रस्सीतान, रोटेपिङ, ड्रागन, नाउ जस्ता मनोरञ्जनका साधनहरु पनि छन् भने प्रत्येक साँझ सांगीतिक कार्यक्रम पनि हुनेछ।

महोत्सवमा भोली मंगलबार साँझ चर्चित गायिका अस्मिता अधिकारी र महाजात्रा चलचित्रको टिमको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ । खपानबारीको कृषिजन्य स्थानीय उत्पादन, सहुलियत बजार पनि रहेको छ।  

 

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved