वराहक्षेत्र नगर स्तरीय खुल्ला रोड पुरुषतर्फ कुलबहादुर महिलातर्फ तुलसा प्रथम संगम विष्ट

  • फाल्गुन २८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ आठौं स्थापना दिवसको अवसरमा सोमवार वराहक्षेत्र नगरपालिकाले आयोजना गरेको दोस्रो वराहक्षेत्र नगर स्तरीय रोड रेस प्रतियोगितामा पुरुषतर्फ वराहक्षेत्र-७ का कुलबहादुर बस्नेत प्रथम भएका छन् ।

उनले निर्धारित १० किलोमिटरको दुृरी ३८ मिनेट पार गर्न सफल भएका थिए । त्यस्तै ३९ मिनेट ४ सेकेन्डमा दुरी पार गर्दै वराहक्षेत्र - ७ का सुर्य तामाङ्ग दोस्रो , ४० मिनेटमा दुरी पार गर्दै वराहक्षेत्र - ८ का दुर्गा खुलाल तेस्रो भएका छन्।IMG_20240311_104240

प्रथम भएमा कुलबहादुरले नगर १० हजार , दोस्रो भएका सुर्यले नगद ७ हजार , तेस्रो भएका दुर्गाले नगद ५ हजार सहित म्याडल , प्रमाण पत्र प्राप्त गरे ।

त्यस्तै महिला तर्फ निर्धारित ५ किलोमिटरको दुरी २८ मिनेटमा पार गर्दै वडा नं ८ कि तुलना खड्का प्रथम हुन सफल भएकि छिन् । निर्धारित दुरी २९ मिनेट ५० सेकेण्डमा पार गर्दै वडा नं ७ कि रिना खङ्ग दोस्रो र निर्धारित दुरी ३३ मिनेटमा पार गर्दै वडा नं ८ कि लक्ष्मी राई तेस्रो हुन सफल थिईन् ।

प्रथम भएकी तुलसा , दोस्रो भएकि रिना र तेस्रो भएकि लक्ष्मीले क्रमश नगद ७ हजार , ५ हजार र नगद ३ हजार सहित म्याडल र प्रमाण पत्र प्राप्त गरेका थिए ।

प्रतियोगितामा सहभागी भएका ४० वर्षमाथि उमेर समुहबाट प्रथम भएका वडा नं २ का सुर्य तुम्बाहफे , दोस्रो भएका वडा नं २ निलबहादुर बिश्बकर्मा तेस्रो भएका वडा नं ४ बिनोद चौधरी र प्रतियोगितामा कम उमेरकि वडा नं ७ कि रोजि भट्टराईलाई नगद सहित प्रमाण पत्र प्रधान गरिएको थियो ।

बिजयी भएका खेलाडिहरुलाई नगर प्रमुख रमेश कार्की , प्रमुख प्रशासकीय अधिकृत देवेन्द्रबहादुर मल्ल , वडा नं १ का अध्यक्ष किसन मगर , वडा नं २ का अध्यक्ष होमप्रसाद गौतम , वडा नं ४ का अध्यक्ष आशाराम चौधरी , वडा नं ७ का अध्यक्ष कपिल आचार्य , नेपाली कांग्रेस वडा नं १ सभापति ईश्बर थापा ,

नेकपा एमाले वडा नं १ का अध्यक्ष कृष्ण कट्टेल , नेकपा माओबादी केन्द्र वडा नं १ का अध्यक्ष केबल राई , नेपाल शिक्षक संघ वराहक्षेत्रका अध्यक्ष गोकुल गुरागाई लगाएले पुरस्कारण बितरण गरेका थिए ।

साबिकका ५ वटा गाउँ बिकास समितिहरु मिलेर २०७३ साल फाल्गुन २७ गते हालको बराहक्षेत्र तत्कालीन वराह नगरपालिका घोषणा भएको दिनको अबशरमा स्थापना दिबस मनाउने निर्णय अनुसार तिन दिवससिय कार्यक्रम अन्तर्गत रोड रेस (दाैड ) प्रतियोगिता आयोजना भएको हो ।

यस अगाडि नगरपाले स्थापना दिवसको अबसरमा रक्तदान , वक्तृत्वकला प्रतियोगिता , सरसफाई , दिप प्रज्बल लगाएको कार्यक्रम आयोजना गरेको थियो ।

वडा नं ४ को जमटोकिबाट कालाबजर , नहाड हुँदै वडा नं १ को खारखोला झण्डा चौकसम्मको १० किलोमिटर दुरी निर्धारन र महिला तर्फ वडा नं ३ नडाह चौकदेखी वडा नं १ खारखोला झण्डा चौकसम्मको दुरी निर्धारण गरिएको थियो ।

इलाम २ मा ६० प्रतिशत ...

इलाम/ इलाम क्षेत्र २ को आज (शनिबार) भएको उपनिर्वाच ...

मे दिवसका लागि टि शर ...

काठमाण्डौं / १९ गते मनाउन लागिरहेको १३५ औं अन्तराष ...

इलाम-२ उपनिर्वाचन: ए ...

इलाम/ प्रतिनिधिसभा क्षेत्र नंं.२ को उपनिर्वाचनको मतदान ...

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved