खानेपानी आयोजनामा पाइपको विवाद

  • फाल्गुन ९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धनकुटा/ धनकुटाको महालक्ष्मी नगरपालिकाको मारेकटहरेमा सञ्चालित मारेकटहरे खानेपानी आयोजनामा पाइपमा विवाद बढेको छ । जिल्ला खानेपानी कार्यालयबाट दिएको पाइप अध्यक्ष नारद कट्वालले दुरुपयोग गर्न खोजेको भन्दै छानबिन गर्न माग गरिएको छ ।

महालक्ष्मी नगरपालिकाका मेयर ध्रुवराज राय वडा नम्बर दुईका वडाध्यक्ष पदम रखाल लगायत स्थानीयले जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा छानबिन गरिदिन माग गरेको हो ।

जिल्लाबाट ल्याइएको पाइप सिधुवा बजारको एक पसलमा झरेको गुनासो आएपछि हामीले किन सिधुवामा झारियो भनेर बुझिदिन कार्यालयलाई अनुरोध गरेका वडाध्यक्ष पदम रखालले बताए । पाइपमा विवाद देखिएपछि यस्तो कार्यमा विवाद देखिनु हुन्न भनेर छानबिनको माग गरेको मेयर ध्रुवराज रायले जानकारी दिए ।

गत फागुन दुई गते खानेपानी कार्यालयबाट लगिएको पाइप सिधुवाको पसलमा झारिएको स्थानीयको आरोप छ । तर अध्यक्ष नारद कटवालले भने पाइप ल्याएको सवारीसाधनले गाँउगाँउसम्म पाइप पु¥याउने अवस्था नरहेपछि अर्को सवारीसाधन खोजेर लैजान गन्तव्यमा नपु¥याई बिचबाटमै पाइप झार्नु परेको बताए ।

यता प्रहरीले पाइपमा विवाद देखिएपछि सोही पाइप नगरपालिकाका प्रतिनिधि र स्थानीयको रोहवरमा पुन कागच गराई समितिका अध्यक्ष नारद कट्वाललाइ सात विभिन्न साइजको सात थान पाइप जिम्मा लगाएको छ ।

धनकुटाको महालक्ष्मी नगरपालिका एक र दुईका करिब १ सय २० परिवारलाई स्वस्थ खानेपानी पु¥याउने उद्देश्य सहित करिब १३ करोडको लागतमा क्रमगत योजना सञ्चालनमा छ ।

सो आयोजनाको लागि हालसम्म कार्यालयले विभिन्न साइजको १७ हजार ९ सय मिटर पाइप आयोजनालाई दिइसकेको कार्यालयका टेक्निसियन मीन बहादुर क्याप्छ्याकीले जानकारी दिए । यता आयोजनाको पाइपको बारेमा गुनासो आएपछि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय प्रमुखलाई बुझ्न लगाइएको धनकुटाका प्रमुख जिल्ला अधिकारी पुन्य विक्रम पौडेलले जानकारी दिए ।

 

पानबारी गोल्डकपः पहि ...

धरान/ धरानको पानबारीमा भइरहेको पानबारी गोल्डकपमा न ...

बीपीका मजदुरहरु आन्द ...

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ...

पानबारी गोल्डकप : आ ...

 धरान /धनकुटाको सिसिडिआइसी फुटबल क्लब धरानमा ...

धरानमा खानेपानीको चर ...

धरान/ विगत लामो समयदेखि धरानमा खानेपानीको चरम अभाव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved