टिपर आतंक: तीन बर्षमा कोशी प्रदेशमा ५८ जनाको ज्यान गयो

  • फाल्गुन २३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

 

मोरङ /कोशी प्रदेशमा पछिल्लो समय टिपर आतंक समस्याको रुपमा रहेको छ ।

टिपरकै कारण तीन बर्ष आठ महिनामै कोशी प्रदेशका विभिन्न ठाउँमा ५८ जनाले ज्यान गुमाइसकेका छन् । 

मोरङको बेलबारी नगरपालिका–१ को पूर्व–पश्चिम राजमार्गमा टिपरको ठक्करबाट शुक्रबार विहान तीन जनाको मृत्यु भएको छ । यस्तै सोही घट्नामा परीे दुई जना घाइते भए थिए ।

टिपरको ठक्करबाट बोलेरो चालक विर्तामोड नगरपालिका–२ झापाका ३६ बर्षीय कृष्ण गजुरेल, बोलेरोमा सवार कमल गाउँपालिका–२ का ५२ बर्षीय यदुकान्त भट्टराई र कमल गाउँपालिका–४ की ४४ बर्षीया दिपा खनालको उपचारको क्रममा मृत्यु भएको हो ।

मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेका अनुसार विर्तामोड–२ की ४८ वर्षीया गायत्री भट्टराई र विर्तमोड–४ का ४६ वर्षीय हरि खनालको घाइते अवस्थामा न्युरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ ।

गत माघ १४ गते विराटचौकबाट– विराटनगरतर्फ आउँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरको ठक्करबाट सुन्दरहरैंचाकी ११ वर्षीया बालिका लक्ष्मी ढकालको मृत्यु भएको थियो ।

ढकालको मृत्युपछि आक्रोशित स्थानीयले सोही सडकमा कुद्ने ७ वटा टिपरमा आगजनी गरेका थिए ।

गएको मंसिरमा पनि सोही सडक खण्डमा टिपरको ठक्करबाट उदयपुर रौतामाई नगरपालिका–२ की ३५ वर्षीया गीता कटुवालको मृत्यु भएको थियो ।

मोरङमा टिपरबाट भएका तीन गम्भीर दुर्घटना चालकको असावधानीका कारण भएको प्रहरीको भनाइ छ ।

मोरङ जिल्लामा मात्र होइन, कोशी प्रदेशका अन्य जिल्लामा पनि टिपरको आतंक उस्तै छ ।

तीन वर्ष ८ महिनामा कोशी प्रदेशमा ५८ जनाको टिपरबाट ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ ।

यसबीच भएका २७९ वटा टिपर दुर्घटनामा पर्दा ५८ जनाको मृत्यु र ३५२ जना घाइते भएको प्रदेश ट्राफिक प्रहरीले जनाएको छ ।

आर्थिक वर्ष २०७७/६८ मा ७८ वटा दुर्घटना भएकोमध्ये १९ जनाको मृत्यु भएको थियो भने ६९ जना घाइते भएका थिए ।

आर्थिक वर्ष २०७८/७९ मा भने दुर्घटना संख्यामा वृद्धि भएको पनि मृत्यु हुनेको संख्यामा भने कमी आएको ट्राफिक प्रहरीको अभिलेखमा रहेको छ ।

सो आर्थिक वर्षमा १०४ वटा टिपर दुर्घटना हुँदा १३ जनाको मृत्यु र १५० जना घाइते भएका थिए ।

यसैगरी आर्थिक वर्ष २०७९/८० मा ६९ टिपर दुर्घटनामा १८ जनाको मृत्यु र ८६ जना घाइते भएका थिए ।

चालु आर्थिक वर्ष २०८०/८१ को फागुन १८ गतेसम्म २८ टिपर दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएको नेपाल प्रहरी राष्ट्रिय सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।

कोशी प्रदेशको १४ जिल्लामध्ये सबैभन्दा बढी दुर्घटना टिपर मोरङमा हुने गरेको पाइएको छ ।

चालु आर्थिक वर्षको फागुन १८ गतेसम्म कोशी प्रदेशमा २८ वटा टिपर दुर्घटना भएकोमा मोरङमा मात्र १० वटा टिपर दुर्घटना भएको छ । मोरङपछि उदयपुरमा बढी दुर्घटना भएको छ ।

उदयपुरमा ७, सुनसरी, झापा, पाँचथरमा २–२ वटा दुर्घटना भएको छ ।

तेह्रथुम र संखुवासभा १–१ वटा दुर्घटना भएको ट्राफिक प्रहरीको अभिलेखमा देखिन्छ ।

साँघुरा र जीर्ण सडक भएपनि टिपरको गति तीब्र भएकै कारण बढी दुर्घटना पाइएको ट्राफिक प्रहरीले जनाएको छ । 

साँघुरो सडक, तीब्र गति र ओभरट्याक गर्दा दुर्घटना हुने गरेको मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिए ।

उनले भने ‘सुन्दरहरैचामा शुक्रबार विहान भएको दुर्घटना पनि ओभरटेककै कारण टिपर अनियन्त्रित भएपछि दुर्घटना भएको देखिएको छ, घटनाको थप अनुसन्धान भइरहेको छ ।

थप अनुसन्धानपछि बिस्तृतमा दुर्घटनाको कारण खुल्नेछ ।’

कतिपय दुर्घटनामा चालकको पनि लापरवाही देखिने ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीले बिहान साढे ९ देखि ११ बजेसम्म र साँझ साढे ३ देखि ५ बजेसम्म मुख्य बजार एरियामा टिपर कुदाउन रोक लगाएको छ l

 

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

इलाम २ मा ६० प्रतिशत ...

इलाम/ इलाम क्षेत्र २ को आज (शनिबार) भएको उपनिर्वाच ...

मे दिवसका लागि टि शर ...

काठमाण्डौं / १९ गते मनाउन लागिरहेको १३५ औं अन्तराष ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved