गायक नौरान राईलाई मधुकुमार द्धारा आर्थिक सहयोग उपचारका लागि गायक राई द्धारा सहयोगको अपिल "विकास चाम्लिङ राई"

  • फागुन १५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ उपचारका लागि आर्थिक समस्या झेलिरहेका धरानका चर्चित गायक नौरान राईलाई धरान १७ समाज हङकङका अध्यक्ष मधुकुमार राईले नगद पाच हजार रुपैया सहयोग गरेका छन ।    

        धरान १७ निवासी मधु राई हाल धरान आएको वेला विपि स्वस्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका नौरान राईलाई अस्पतालमा नै पुगेर सहयोग रकम हस्तान्तरण गरेका हुन ।

उनले सामाजिक संजालमा नौरान राईको वारेमा थाहा पाए पछि तत्काल व्यक्तिगत रुपमा केहि रकम सहयोग गरेको वताए ।  

लामो समय धरान १७ न. वडावासि समेत रहेका राईको उपचारको लागि संस्थागत रुपमा धरान १७ समाज हङकङले उपचारका लागि सहयोग अभियान चलाइने जनाए ।

      लोकप्रिय गित “गुरासको फेद मुनि, सम्झनाको छाया” गितका गायक हुन नौरान राई ।

हाल ११ नं वडा स्थित रिटिङमा वस्दै आएका राई एक हप्ता देखि विपि अस्पतालमा उपचार गराई रहेका छन । उनको दुवै मृगौलामा समस्या देखिएको छ ।

डाक्टरका अनुसार तिन पटक डायलासिस गरे पछि थप अवस्था वारे जानकारी हुनेछ ।

राईलाई थप उपचारको लागि आर्थिक समस्या रहेको छ । थप उपचारको लागि वाहिर लान परे पैसा नभएको वताउछन ।

उनले सहयोगका लागि संचारमाध्यम वाट साथिभाई, इष्टमित्रहरुलाई आग्रह गरेका छन ।

लामो समय संगित क्षेत्रमा लागेका उनले करिव डेढ दर्जन गित आफे गाइसकेका छन भने केहि गितमा संगित भरेका छन । 

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved