मोरङ / कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारबाहीको तयारी गरेको छ । मन्त्रालयले समयमा काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीको ठेक्काको समयावधि थप नगर्ने जनाएको छ पटक–पटक म्याद थप गरेर काम गर्ने अवसर दिँदा पनि विभिन्न बाहना गरेर तीन आर्थिक वर्षमा ३० प्रतिशतसम्म पनि काम नगर्ने ठेकेदारलाई तत्काल कामको प्रगति बढाउन चेतावनी दिएको हो । काम ढिला गर्ने २५ भन्दा बढी निर्माण कम्पनीका प्रतिनिधिलाई मन्त्रालयमा बोलाएर मन्त्री दुर्गा प्रसाद चापागाईंले पूँजीगत खर्च बढाउन र रोकिएका काम सम्पन्न गर्न भइरहेको कठिनाईको विषयमा जानकारी लिएका हुन् । सो क्रम
धरान / नेकपा एमालेको वैचारिक तथा साङ्गठनिक सुदृढीकरण अभियान (मिसन ग्रासरुट) अन्तर्गत धरानमा अभियान सुरु भएको छ । एमाले केन्द्रीय सचिवालयको गत माघ २६ को बैठकले फागुन चैतमा दुई महिने ग्रासरुट अभियान सञ्चालन गर्ने निर्णय गरेअनुसार धरानमा समेत २० वटै वडा र जनवर्गीय सङ्गठनका प्रदेश अभियन्ता, जिल्ला अभियन्ता र नगर अभियन्ताको कार्य विभाजन गरेको छ । गत फागुन १० गतेदेखि सुरु भएको अभियानका बारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा नेकपा एमाले धरानले सङ्गठन निर्माण, जनताको समस्या समाधानमा र राष्ट्रियताका विषयमा निरन्तर सक्रिय रहने बताएको छ । प्रेस विज्ञप्ति जारी गर्दै एमाले धरानका अध्यक्ष हर्क
विजयपुर/धरान १५मा रहेको युनाइटेड गोर्खा एकेडेमीले १० ओैं वार्षिक उत्सव मनाएको छ । आइतबार एकेडेमीले विविध कार्यक्रमको आयोजना गरी अफ्नो १० ओै वार्षिक उत्सव र अभिभावक दिवस मनाएको हो । वार्षिकोत्सवको अवसरमा विद्यालयका विद्यार्थीहरुले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । विद्यार्थीहरुले नृत्य र नाटकको प्रस्तुतिसँगै समसामयिक विषयको नाटक प्रस्तुत गरेका थिए । प्रस्तुत गरिएको नाटकमा सृष्टि राई, एसलिना श्रेष्ठ, त्योहाङ्ग राई, जसमिना राई , डोलमा शेर्पा र नहम राईले अभिनय गरेका थिए । सो अवसरमा बोल्दै स्कुलका प्रिन्सिपल पेम्बा शेर्माले गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा समाव
धरान / सेछ पर्यटन पत्रकारिता पुरस्कार २०७९ बाट इटहरीका सञ्चारकर्मी हिमाल दाहाल पुरस्कृत भएका छन् । दाहाललाई पर्यटन प्रवर्धनमा कलम चलाए वापत सेछले प्रदान गर्ने गरेको पुरस्कारबाट यस वर्ष इटहरीका सञ्चारकर्मी दाहाल पुरस्कृत भएका हुन् । उनलाई नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यानमन्त्री सुदन किरातीले नगद १० हजारसहित दोसल्लासहित प्रमाणपत्रले पुरस्कृत गरेका हुन् । पर्यटन विद्यामा कलम चलाउने एक जना सञ्चारकर्मीलाई सेछले प्रत्येक वर्ष पुरस्कृत गर्दै आएको छ । यस वर्ष इटहरीका सञ्चारकर्मी हिमाल दाहाललाई पुरस्कृत गरिएको सेछ ट्राभलिङका सञ्चालक बासुदेव बरालले जानकारी दिए ।
धरान / धरान मोडल कलेजले नगरस्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । धरान १ मा रहेको कलेजले धरान नगरभरिका कक्षा ११ र १२ का विद्यार्थीहरुलाई समेट्ने गरी आयोजना गरिएको नगरस्तरीय प्रतियोगितामा १२ वटा विद्यालयहरुले सहभागिता जनाएका थिए । आइतबार भएको प्रतियोगितामा दुई चरण गरी प्रतियोगिताको आयोजना गरिएको थियो । प्रारम्भिक चरणमा १२ वटा विद्यालयलाई सहभागी गराइएको थियो । जसबाट दोस्रो चरणका लागि ६ वटा समूह छनौट गरिएको थियो । छनौटमा पर्नेहरुमा पब्लिक हाइ स्कुल, ज्ञानोदय मा.वि., चन्द्र संस्कृत मा.वि., अल्पाइन मा.वि., समिट मा.वि. र भालढुंगा मा.वि. रहेका थिए । प्रतियोगितामा एम्स विद्यालयको सम
मोरङ / नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर–६ केसलिया पुल नजिक रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट मैदानमा सम्पन्न भएको प्रथम विराटनगर अन्तर स्कुल हव लिग क्रिकेट प्रतियोगिताको उपाधि सरस्वती स्कुलले जितेको छ । सरस्वतीले बिहीबार भएको फाइनल खेलमा सत्यनारायण स्कुललाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको हो । टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित ३० ओभरको खेलमा २९ ओभरमा सवै विकेट गुमाई १ सय २० रनको स्कोर खडा गरेको थियो । जस्मा सोनु सिंहलेले ४२ रन बनाउँदा आकाश यादवले अविजित २४ रन, आनन्द सोनीले १६ रन र विकाश कामतले ११ रनको योगदान दिए । सरस्वतीका शिवनारायण यादवले ३ विकेट लिँ
धरान / नेपाली सेनाद्वारा सञ्चालित राष्ट्रिय सेवा दलले काठमाडौँमा आयोजना गरेको राष्ट्रिय वक्तृत्वकला प्रतियोगितामा धरानको आइडियल बोर्डिङ स्कुलका छात्र सम्पन्न सुवेदी तेस्रो भएका छन् । नेपाली सेनाको २६० औँ स्थापना दिवसको अवसरमा केही दिनअघि सैनिक मुख्यालयमा आयोजित प्रतियोगितामा सुवेदी तेस्रो भएका हुन् । यसअघि मोरङको याङ्सिलास्थित पूर्वी तालिम शिक्षालयमा भएको प्रदेशव्यापी वक्तृत्वकला प्रतियोगितामा उनी दोस्रो भएका थिए । देशभर रहेका नेपाली सेनाका चारवटा शिक्षालयबाट लगभग २५ हजार विद्यार्थी प्रतियोगितामा सहभागी थिए । तीमध्ये उत्कृष्ट १२ जना अन्तिम प्रतिष्पर्धाका लागि छानिएर काठमाडौँ पु
धरान / प्रदेशसभाले बुधबार प्रदेशको नामकरण गरेकोमा एम्स एकेडेमीले बिहीबार विद्यालयमा स्वागत कार्यक्रम आयोजना गरेको छ । त्यस क्रममा विद्यार्थी र शिक्षकहरूले विद्यालय प्राङ्गणमा प्रदेशको नक्शा बनाएका थिए । विभिन्न रङको प्रयोग गरेर १४ जिल्लासहित बनाइएको नक्शावरिपरि शिक्षक र विद्यार्थीहरूले मैनबत्ती बालेर खुशी व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै विद्यालयका व्यवस्थापन सङ्काय निर्देशक दुर्गा सुवेदीले प्रदेश सरकारले बिहीबार सार्वजनिक विदा दिनुको कारण विद्यार्थीहरूलाई जानकारी दिन कार्यक्रम आयोजना गरिएको बताए । प्रदेशको नामकरण गर्न सफल भएकोमा उनले प्रदेशसभालाई धन्यवाद पनि दिए । कार्यक्रमम
सरकारले लागू गरेको एकीकृत पाठ्यक्रमबारे कार्यान्वयन गर्न सवै शिक्षकसामु धारण बसाउन सकेको छैन् । सरकारले शैक्षिक वर्ष २०७६ मा कक्षा एक र शैक्षिक वर्ष २०७७ मा कक्षा दुई र तीनमा परीक्षण गरी शैक्षिक वर्ष २०७७ देखि कक्षा एकमा र शैक्षिक वर्ष २०७८ मा कक्षा दुई र तीनमा एकीकृत पाठ्यक्रम लागू गरेको थियो । आधारभूत तहको कक्षा १–३ मा कुनै एउटा विषयलाई भाषा, गणित, सामाजिक अध्ययन, सिर्जनात्मक कला र स्थानीय आवश्यकतामा आधारित भएर ज्ञान दिनका लागि एकीकृत पाठ्यक्रम लागू गरिएको हो । तर, पूर्ण रुपमा कार्यान्वयनमा नआएपछि सुनसरीको बराहक्षेत्र र रामधुनी नगरपालिका क्षेत्रका सामूदायिक विद्यालयमा एकीकृत पाठ्यक्रम
इलाम / इलामको माङसेबुङ गाउँपालिकाले बुधबार प्रतिभा पहिचान कार्यक्रम गरी गत वर्ष एसइई परीक्षामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरेको छ । आफ्नो पालिकाबाट जिल्ला प्रथम र पालिका प्रथम भएका विद्यार्थीलाई पुरस्कृत गरेको हो । माङसेबुङ गाउँपालिका छ स्थित इलाम नगर प्रतिभा एकेडेमी स्कुलबाट एसइईमा जिल्लामा उत्कृष्ट विद्यार्थी पुरस्कृत भएका छन् । त्यसैगरि चिसापानी मावि र महेन्द्रोदय माविका एक एक जना विद्यार्थी पुरस्कृत भएका हुन् । कार्यक्रममा चित्रकला प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता र वक्तृत्वकला प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई पुरस्कार र प्रमाणपत्रले सम्मान गरिएको गाउँपालिक