वादविवाद प्रतियोगितामा कविसा उत्कृष्ट

  • असोज ४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ संविधान दिवसका अवसरमा विराटनगरस्थित अरनिको उच्च माविले वादविवाद प्रतियोगिता आयोजना गरेको छ ।

‘बढ्दो वैदेशिक पलायन : रहर कि बाध्यता’ शीर्षकमा आयोजना गरेको प्रतियोगितामा २७ जना प्रतिस्पर्धीलाई उछिन्दै कविसा पोखरेल प्रथम भइन् ।

त्यस्तै समीर कटुवाल द्वितीय, आव्या घिघिरे तृतीय र शिक्षा यादवले सान्त्वना स्थान प्राप्त गरेका थिए ।

कवि एवं पत्रकार मीनकुमार नवोदित प्रमुख निर्णायक रहेको समितिले पुरस्कृतहरूको नाम घोषणा गरेको थियो ।

विद्यालयका शिक्षकद्वय टंकनाथ कोइराला र शिवकुमार लम्सालसमेत निर्णायक समिति रहेका थिए ।

विषयवस्तुको ज्ञान, तार्किक क्षमता, प्रस्तुतीकरण, भाषाशैली, समय पालनलगायतलाई मुख्य आधार मानेर पुरस्कृतहरूको नाम छनौट गरिएको प्रमुख निर्णायक नवोदितले बताए ।

विद्यार्थीभित्र लुकेर रहेको प्रतिभा प्रस्फुटन र तार्किक क्षमता वृद्धि गराउने उद्देश्यले वादविवाद प्रतियोगिता आयोजना गरिएको प्रिन्सिपल राजेश कार्कीले जानकारी दिए ।

विजेता विद्यार्थीलाई पिन्सिपल कार्कीसहित निर्देशक भरतराज दाहाल, निलम अधिकारी, योगेश राजभण्डारी, निर्णायकहरू मीनकुमार नवोदित, टंकनाथ कोइराला, शिवकुमार लम्साल, कार्यक्रम संयोजक विमल भट्टराईलगायतले पुरस्कार,

प्रमाणपत्र र ट्रफी प्रदान गरेका थिए । विद्यालयले पाठ्यक्रमको पठनपाठनसँगै अतिरिक्त क्रियाकलापलाई पनि उच्च प्राथमिकतामा राखेर विभिन्न प्रतिस्पर्धा आयोजना गर्दै आएको कार्यक्रम संयोजक विमल भट्टराईले जानकारी दिए । यसअघि राष्ट्रिय बाल दिवसका अवसरमा विद्यालयले कविता प्रतियोगिता आयोजना गरेको थियो ।

 

एसईई स्पिकर दोेश्रो ...

धरान ।२०८१ सालको माध्यमिक शिक्षा परीक्षा ९एस।ई।ई।० दिएर ...

इनरुवा–५ मा एमालेको ...

इनरुवा।नेकपा एमाले इनरुवा नगरपालिका–५ वडा कमिटीले ...

रोकिएन शिक्षक आन्दोल ...

काठमाण्डौं ।शुक्रबार राति प्रधानमन्त्री केपी ओली सँग र ...

वराहक्षेत्र नगरपालिक ...

चतरा/वराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाले नगर भित्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved