बडा दशैं नजिकिँदै गर्दा यात्रुको अत्यधिक चाप हुने भएकोले संघिय सरकारको यातायात मंत्रालयले सुरक्षित एवं सहज ढंगबाट यात्रुहरुलाई गन्तव्य सम्म पुर्याउन पटक पटक सरोकारवालसंग छलफल गरेको देखिन्छ तर प्रदेश सरकारको यातायात हेर्ने मंत्रालय के गर्दै होला ? प्रदेश सरकारको काम यातायातबाट राजश्व संकलन मात्र गर्ने हो । कि दशैमा यात्रुको सुरक्षा, सवारीसाधन संचालनको अवस्था, प्रदेश भित्रको सडकको अवस्था,बर्षाले भत्किएको सडक तत्काल मर्मत गर्ने , दुर्घटना रहित यात्रा गराउने आदि बिषयमा छलफल, तैयारी प्रदेश सरकारको जिम्मेवारी पर्छ कि पर्दैन ? जे होस,बर्षाले धेरै ठाउको ग्रामीण सडक जिर्ण भएको छ,सडकको कारण दुर्घटना जोखिम नहोस भन्ने तर्फ प्रदेश सरकार पनि सचेत हुन जरुरी छ ।