प्रदेशस्तरीय वकृत्वकला प्रतियोगितामा धरानका अनुप दोस्रो

  • असोज ५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  कोशी प्रदेश स्काउट कार्यालयले अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा शनिबार मोरङको बेलबारीमा प्रदेशस्तरीय वकृत्वकला प्रतियोगिता आयोजना गरेको छ । 

प्रतियोगितामा धरान उपमहानगरपालिकाबाट सहभागी पब्लिक हाइस्कुल स्काउट दलका स्काउट अनुप झा दोस्रो भएका छन् ।

यसैगरी विराटनगर महानगरपालिकाबाट सहभागी पोखरिया स्काउट दलकी स्काउट रागिनी न्यौपाने पहिलो र लेटाङ नगरपालिकाबाट सहभागी लक्ष्मी स्काउट दलकी स्काउट रक्षा ओझा तेस्रो भएका छन् ।

पहिलो, दोस्रो र तेस्रो हुने प्रतिस्पर्धीलाई क्रमशः ७ हजार ७७७, ५ हजार ५५५ र ३ हजार ३३३ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । 

‘शान्ति स्थापनामा स्काउटको भूमिका’ विषयक वत्तृmत्वकला प्रतियोगितामा कोशी प्रदेशका २४ वटा स्थानीय तहका २४ जना प्रतियोगीहरू सहभागी थिए ।

स्थानीय तहमा भएका प्रतियोगिताबाट छानिएर उनीहरू प्रदेशस्तरीय प्रतियोगितामा आएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रमुख स्काउट एवम् सामाजिक विकास मन्त्री पाँचकर्ण राईले यस्ता अवसरहरूबाट विद्यार्थीहरूमा आत्मविश्वास बढ्ने धारणा राखे ।

‘आजका विद्यार्थीहरूले नै भविष्यमा देशको जिम्मेवारी लिने हुँदा बालबालिकाको व्यक्तित्व विकासमा सबैले ध्यान दिनुपर्छ ।’ उनले भने । 

प्रतियोगितामा निर्णायकका रूपमा स्काउटका राष्ट्रिय प्रशिक्षक अरुण बस्नेत, धरानको महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक राजेश विद्रोही र साहित्यकार कविता केशरी रहेका थिए ।

स्काउटका प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रदेश अधिकृत नवराज घिमिरेले गरेका थिए । 

कार्यक्रममा प्रदेश शैक्षिक पद्धति आयुक्त शिवानी देवान, प्रदेश सदस्यता वृद्धि आयुक्त सन्तोष घिमिरे, प्रदेश सामुदायिक विकास आयुक्त रिता पाठक, स्थानीय प्रमुख आयुक्तहरू, सहायक राष्ट्रिय प्रशिक्षकहरू गङ्गाराम राई, संगीता पराजुली, प्रदेश परिषद् सदस्यहरू नारायण श्रेष्ठ, गोपाल पौडेल, ओमप्रसाद आचार्य उपाध्याय, स्काउट लिडरहरू, रोभर/ रेन्जरलगायत उपस्थित थिए ।

Anup

 

संस्थागत अनुभव र स्प ...

धरान/ धरानमा केन्द्रीय कार्यालय रहेको सुनसरी उद्यो ...

सुनसरीमा मकैको ढोडले ...

धरान/ सुनसरीको देवानगंज गाउँपालिका–२ मा मकैक ...

सशस्त्र अपरेशनमा ठू ...

विराटनगर/  मोरङको धनपालथान गाउँपालिका–१ ...

धरानमा पत्नीको छुरा ...

धरान/  सुनसरीको धरान उपमहानगरपालिका–१७ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved