भोजपुर क्याम्पसको सुचनामा भाषिक त्रुटि भएपछि(विज्ञप्ती सहित)

  • असोज ६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ भोजपुर बहुमुखी क्याम्पस ,भोजपुरमा भाषिक विज्ञ सहितको भाषा सम्पादन समिती गठन गरिएको छ ।

क्याम्पस प्रमुख भुलानाथ राईद्धारा आइतबार जारी विज्ञप्तीमा क्याम्पस प्रशासनको बैठकले दुई सदस्यीय भाषा सम्पादन समिती गठन गर्ने निर्णय गरिएको जनाइएको छ ।

विज्ञप्तीमा जनाइए अनुसार नेपाली भाषाको विज्ञ उपप्रध्यापक बाबुराम ओझा र अंग्रेजी भाषाको विज्ञ उपप्राध्यापक प्रकाश राई छन् ।

विज्ञप्तीमा भनिएको छ“, भाषिक सुद्धताको सुनिश्चितताको विषयमा विज्ञतासँग संवन्धित भएकाले आगामी दिनमा यस क्याम्पसबाट तयार गरिने र प्रकाशन गरिने सबै खालको आधिकारिक कागजातहरुको भाषिक शुद्धताको सुनिश्चितता गर्नको लागि भाषिक समिती गठन गरिएको छ।”  

क्याम्पसले २०८१।०८२ को लागि स्नातक तह,चौथो बर्षको सबै कक्षाको पठनपाठन मिति २०८१।०६।०६ गतेदेखि सुरु गर्ने भन्ने बिषयको सुचनामा प्राविधिक कारणले त्रुटि भई सामाजिक सञ्जालमा क्याम्पसकै वेइजत भएको थियो ।

क्याम्पस प्रशासन विज्ञप्ती मार्फत गल्ती भएको स्वीकार गर्दै क्याम्पसको छविलाई उच्च राख्न सवैको साथ सहयोग र सल्लाह आवस्यक रहेको भन्दै आगामी दिनमा भाषिक त्रुटि हुन नदिन गंभीर भएर समिती गठन गरेको विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्ती:

b

 

 

 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved