धरान/ धरान १६ स्थित युएन नवोदय कलेजले कक्षा ११ का नयाँ विद्यार्थीहरुको प्रतिभालाई कदर गर्दै आज(शुक्रबार) युएन नवोदय ट्यालेण्ट शो गरेको छ ।
विहान कलेज परिसरमै उक्त कार्यक्रम गरेको हो ।
कलेजका पिआर राम बहादुर लिम्वूका अनुसार त्यहाँ अध्ययनरत ३ सय १० जना यो वर्षको नयाँ शैक्षिक सत्रको लागि कक्षा ११ मा विद्यार्थी भर्ना भएका छन् ।
उनीहरुको प्रतिभालाई कलेजले प्लेट फर्म दिएको हो ।
पढाई अलवा विद्यार्थीमा रहेको अन्तरनिहित प्रतिभाको कदर गर्दै हरेक बर्ष युएनमा कक्षा ११ मा भर्ना भएका व्द्यिार्थीहरुको प्रतिभाको सम्मानको लागि यस्ता कार्यक्रम गर्दै आएको पिआर लिम्वुले बताए ।
कक्षा ११को होटल म्यानजेमण्ट तर्फ अध्यययन गर्ने विद्यार्थीहरु स्पिच बिधामा नेपाली भाषा अन्तर्गत प्रेम विश्वकर्मा,अङ्ग्रेजी भाषा अन्तर्गत रेशिका लिम्बु बिजेता बनेका छन् ।
त्यसैगरि एकल नृत्य तर्फ रेयन बज्राचार्य व्यवस्थापन सङ्काय' बिजेता भए भने सामूहिक नृत्य तर्फ अनुष्का एण्ड गु्रप (होटल म्यानेजमेन्ट) बिजेता भएको बताइएको छ । गायन तर्फ भएको कार्यक्रममा निर्दोष रोक्का भएका छन् ।
कार्यक्रमको निर्णयकहरुः बोल्ने कलाको लागि अङ्ग्रेजी प्राध्यापकहरु दिव्या झा,बिजय अछामी र नेपाली प्राध्यापक जानुका तुम्बापो, नृत्य तर्फ संगीत प्रशिक्षक विनायक राई र SEE IDOL–2022 का बिजेता गायक छिरिङ तामाङ रहेका थिए भने नृत्य तर्फ नृत्य प्रशिक्षक सन्तोष तामाङ र SEE Dancing Star –2022 की बिजेता नुमा लिम्बु रहेका थिए ।
विजेता विद्यार्थीहरुलाई कलेजले पुरस्कृत समेत गरेको जनाएको छ भने विजेता र अन्य सहभागि सवै विद्यार्थीहरुलाई कलेजका अध्यक्ष ज्ञानेश्वर झा,प्रिन्सिपल डम्बर कुमार तुम्बापो लगायतले बधाई तथा शुभकामना दिए ।