कोशी प्रदेश सरकारको निवन्धमा विष्णुका सम्युएल बिजेता,पाए नगद पुरस्कार

  • असोज ४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  कोशी प्रदेश स्तरीय निवन्ध प्रतियोगिता सुनसरीको धरानमा रहेको विष्णु मेमोरियल माध्यमिक बिद्यालय पहिलो भएको छ । विजेत भएसँगै पुरस्कार रकम कक्षा ९ मा अध्ययनरत विद्यार्थी सम्युएल कोइरालाले २० हजार रुपैँया र प्रमाण पत्र प्राप्त गरे । 

कोशी प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अधिकृत तथा उक्त प्रतियोगिताका सम्पर्क अधिकृत सदानन्द भट्टराइका अनुसार उक्त प्रतियोगितामा द्वितीय स्थान मोहनमाया मा.वि. बिर्तामोड, झापाकी छात्रा दिप्ती सुवेदी, तृतीय स्थान जनता मा. वि. त्रियुगा,

उदयपुरका छात्र आश्विन काफ्ले र सान्त्वना पुरस्कार क्रमश जनता बहुमुखी क्याम्पस इटहरीका छात्र लक्ष्मण दुलाल, महेन्द्र मा। वि। बराहक्षेत्रका छात्र आर्यन निरौला तथा खुम्जुङ्ग मा. वि. सोलुखुम्बुकी छात्रा छिरिङ्ग हिङ्गमा शेर्पाले प्राप्त गर्नु भएको थियो। विजेता विद्यार्थीहरूलाई कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्ग तथा कोशी प्रदेश सरकारका मुख्यमंत्री हिक्मत कुमार कार्कीले मिति २०८१ असोज ३ गते संविधान दिवसको अवसरमा बिराटनगरमा आयोजित मूल समारोहमा पुरस्कृत गर्नु भएको थियो। यसै गरी द्वितीय र तृतीयलाई कमश रू १५,००० र १०,००० तथा प्रमाणपत्र तथा सान्त्वना स्थानलाई समेत पुरस्कार प्रदान गरिएको थियो । 

कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले संविधान दिवस २०८१ को अवसरमा कोशी प्रदेश स्तरीय निवन्ध प्रतियोगिता आयोजना गरिएको थियो । 

कक्षा ९ देखि स्नातक तहसम्म अध्ययन गरिरहेका विद्यार्थीहरूका निम्ति आयोजित उक्त प्रतियोगिताको विषय  नेपालको संविधान र संघियता कार्यान्वयनमा प्रदेशको भूमिकाु रहेको थियो भने निबन्ध नेपाली भाषामा अधिकतम एक हजार शब्द सम्मको हुनु पर्ने नियम रहेको थियो । 

उक्त अवसरमा पुरस्कृत हुन सफल निबन्धहरूलाई कोशी प्रदेश सरकारद्वारा प्रकाशन गरिने जर्नलमा प्रकाशन गरिने व्यहोरा उक्त मन्त्रालयले आफ्नो सूचनामा उल्लेख गरेको छ।

विद्यालयले शुक्रबार प्रार्थना सभामा एक कार्यक्रमको आयोजना गरी निज विद्यार्थी तथा निजका अभिभावकलाई सम्मान गरेको छ

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved