धरान/अपाङ्गता भएका आदिवासी जनजातिहरूका अधिकार संरक्षण तथा वकालत क्षमतावृद्धिका उद्देश्यले नेपाल आदिवासी जनजाति अपाङ्ग सङ्घ (निडा) ले कोशी प्रदेशमा दुईदिने सशक्तिकरण कार्यक्रम सम्पन्न गरेको छ। शुक्रबार आयोजित छलफलमार्फत निडाको कोशी प्रदेश समिति गठनबारे बहस गरिएको थियो। त्यसपछिको दिन एबिलिस फाउन्डेसनको सहयोगमा वकालतसम्बन्धी एकदिने विशेष तालिम सञ्चालन गरिएको हो। कार्यक्रममा संविधान सभा सदस्य तथा निडा प्रदेश उपाध्यक्ष इन्द्र कुमारी गुरुङले अपाङ्गता भएका आदिवासी जनजातिहरूको श्वेत पत्र, निडाका लक्ष्य तथा गतिविधिबारे विस्तृत जानकारी दिइन्। त्यसैगरी निडाका सल्लाहकार तथा अधिवक्ता दिलप्रसाद थापा मगरल
धरान/ विद्यालयस्तरमै फुटबल प्रतिभा विकसित गर्ने उद्देश्यले धरान–१२स्थित सुनाखरी एकेडेमीले मंसिर ७ देखि १७ गतेसम्म ‘सुनाखरी एकेडेमी कप’ अन्तरविद्यालय फुटबल प्रतियोगिता आयोजना गर्न लागेको छ। शनिबार पत्रकार सम्मेलन गर्दै एकेडेमीले जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगिता औपचारिक रूपमा घोषणा गरेको हो। सुनाखरी एकेडेमीका प्रिन्सिपल मिलन कुमार राईका अनुसार कक्षा १० सम्मका विद्यार्थीलाई खेलकुदप्रति आकर्षित गर्ने, प्रतिस्पर्धात्मक वातावरण तयार गर्ने र भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रतियोगिता सुरु गर्न लागिएको हो। सुनसरीका १६ विद्यालय मात्र सहभागी हुनेछन्। दर्
सुन्दरहरैंचा/ मोरङको बेलबारीमा रहेको पाराङहा एकेडेमीले मेमोरी ट्रेनिंग र क्रिएटिभ लर्निङ तथा लोकसेवा सम्बन्धी कक्षा संचालन गर्ने भएको छ। बिहिबार बेलबारीमा पत्रकार सम्मेलन गर्दै एकेडेमिले मेमोरी ट्रेनिंग र क्रिएटिभ लर्निङ तथा लोकसेवा सम्बन्धी कक्षा संचालन गर्ने जानकारी दिएको हो। पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक सुसान्त शर्माले बैज्ञानिक रूपमा मेमोरी टेक्निक सम्बन्धी तालिम दिँदै सृजनात्मक सिकाईको माध्यमबाट पढ्ने,सम्झने र लेखनको विशेष सीप विकास गर्दै उच्च प्रतिस्पर्धात्मक क्षमताको विकास गराउने उदेश्यका साथ कक्षा संचालन गर्ने बताए। लोकसेवा, शिक्षक सेवा, संस्थान, संगठित सं
धरान/ धरान–१६ स्थित यूएन नवोदय कलेजले आयोजना गरेको ‘यूएन नवोदय ट्यालेन्ट शो २०८२’ शुक्रबार सम्पन्न भएको छ। विद्यार्थीहरूको लुकेका प्रतिभालाई बाहिर ल्याउने उद्देश्यले गरिएको कार्यक्रममा नृत्य, गायन, व्यक्तृत्वकला, चित्रकला र निबन्धसहितका विभिन्न प्रतिस्पर्धामा कक्षा ११ का विद्यार्थीहरूले दमदार प्रस्तुति दिए। कार्यक्रमको अध्यक्षता यूएन-नवोदय कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक ज्ञानेश्वर झाले गरेका थिए। दीप प्रज्वलनपछि उनले कार्यक्रम उद्घाटन गर्दै विद्यार्थीहरूको कलात्मक विकासमा यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको बताए। क्याम्पस प्रमुख डम्बर कुमार तुम्
धरान/ सुनसरीको धरान–१५ निराजन बस्तीस्थित झण्डा पार्क नजिकै लागुऔषध कारोबार हुँदै आएको विशेष सूचनाको आधारमा प्रहरीले छापा मार्दा तीन जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले लक्ष्मण परियारको घरमा मङ्गलबार राति करिब ९ बजेर २० मिनेटमा गरेको खानतलासीका क्रममा ट्रामाडोलका २१० क्याप्सुल र नगद एक लाख तीन हजार रुपैयाँ फेला पारेको हो। प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा २२ वर्षीय लक्ष्मण परियार, २६ वर्षीय सन्दीप राई, र १९ वर्षीय सन्देश गुरुङ रहेका छन्। उनीहरूलाई लागू औषधसहित नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको इलाका प्रहरी
विराटनगर/ जिल्ला अदालतमा जागिर लगाइदिन्छु भन्दै सर्वसाधारणबाट रकम असुल्ने समूहका दुई सदस्य पक्राउ परेका छन्। मोरङ प्रहरीले ठगीमा संलग्न सिराहा लहान–२ निवासी ५० वर्षीया पुनमदेवी साह र उनकी २७ वर्षीया छोरी कोमल साहलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार उनीहरूलाई विराटनगर–५ स्थित सम्झना चोकको भाडाको कोठाबाट पक्राउ गरिएको हो। ठगीमा संलग्न कोमल साहका श्रीमान् भने घटनास्थलबाट भाग्न सफल भएका छन्। मोरङ प्रहरीका प्रवक्ता डिएसपी कोपिला चुडालका अनुसार आमा–छोरीले विभिन्न जिल्लाका बेरोजगार युवालाई अदालतमा कार्यालय सहयोगी, खरिदार र सुब्बा पदमा जागिर लगाइदिने प्रलोभन दे
धरान/ शैक्षिक गुणस्तरसहित विभिन्न माग राख्दै धरानस्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारका स्ववियू सभापति पेशलराज कार्की र कोषाध्यक्ष नाम्छाहाङ राईलगायत विद्यार्थीहरु धर्नामा बसेका छन्। माग सम्बोधन नभएसम्म दैनिक बिहान १० बजेदेखि एक घण्टा धर्ना बस्ने घोषणा उनीहरुले गरेका छन्। शनिबार बसेको क्याम्पस सञ्चालक समितिको ३०औं पूर्ण बैठकमा विद्यार्थी सरोकारका विषय समेटिन नसकेको भन्दै सभापति कार्कीले बैठक नै बहिष्कार गरेका थिए। सभापति कार्कीका अनुसार क्याम्पस स्वायत्त भएपनि त्रिभुवन विश्वविद्यालयको निर्देशिका र स्वायत्तताको निर्देशिका कुनलाई प्राथमिकता दिने भन्ने विषयमा अन्योल रहेको
धरान/हिविस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ले आगामी पुष ९ र १० गते “हिविस्कस क्विज मेनिया सिजन–४” आयोजना गर्ने भएको छ। विद्यालयले बिहीबार पत्रकार सम्मेलनमार्फत कार्यक्रमको तयारी र योजनाबारे जानकारी गराएको हो। विद्यालयका सल्लाहकार पवन झाका अनुसार विद्यार्थीहरूको अध्ययनसँगै बौद्धिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको हो। विगतमा नगर र जिल्ला स्तरीय रुपमा हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्दै आएको हिविस्कसले यसपटक भने खुला स्तरीय अन्तर–विद्यालय प्रतियोगिताको आयोजना गर्न लागेको छ। “गतवर्ष सुनसरी जिल्लाभित्र सीमित राखिएको थियो, यस
धरान/ खेलमा महिलाको सहभागिता बढाउँदै धरानमा दोस्रो वडास्तरीय महिला नकआउट रनिङ कप फुटबल प्रतियोगिता मङ्सिर १८ गतेदेखि सुरु हुने भएको छ। आयोजक जनपथ जागरण समाज धरानले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको औपचारिक घोषणा गरेको हो। गत वर्षको सफलतापछि यसपटक प्रतियोगिता अझ भव्य रूपमा आयोजना गरिने जनाइएको छ। समाजका अध्यक्ष सुजन केसीका अनुसार गत संस्करणमा १५ वटा वडाको टिम सहभागी थिए भने यसपटक टिमको संख्या अझ बढ्ने अपेक्षा गरिएको छ। उनका अनुसार प्रतियोगिताको विजेता टोलीले ९० हजार रुपैयाँसहित रनिङ ट्रफी प्राप्त गर्नेछ, जुन गत वर्षभन्दा १० हजार रुपैयाँले बढी हो। त्यस्तै उपविजेताले ४५ हजा
मोरङ/१८ दिनदेखि बेपत्ता रहेकी लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया अंशु गौतम विभत्स अवस्थामा मृत फेला परेकी छिन्। अंशुको शव आज बिहान लेटाङ–बेलबारी सिमानासँगैको जंगल क्षेत्रमा हत्या गरिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय लेटाङले पुष्टि गरेको छ। गत असोज २१ गते दिउँसो ‘साथी भेट्न जाँदै छु’ भन्दै घरबाट निस्केकी अंशु त्यसयता बेपत्ता थिइन्। परिवारले सर्वत्र खोजी गरे पनि उनीबारे कुनै पत्ता नलागेको अवस्थामा आज बिहान उनको शव फेला परेको हो। इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक राकेश रेग्मीका अनुसार बालिकाको हत्या कसले र किन गर्यो भन्ने विषयमा गम्भीर रूप