शिक्षा

    Showing 1,721-1,730 of 1,791 items.
  • युएन र नवोदयमा कक्षा ११ को प्रवेश परिक्षा शुरु

    धरान । सरकारले शैक्षिक संस्था खोल्न अनुमती दिए पछि धरान स्थित यु.एन.र नवोदय कलेजले कक्षा ११ मा नया भर्नाका लागि सनिबार पहिलो चरणको प्रबेश परीक्षा लिएको छ । स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको आवश्यक स्वास्थ्य मापदण्ड मास्क, सेनिटाइजर, फेससिलको प्रयोग गर्नुका साथै भौतिक दुरी समेत कायम गरि परीक्षा लिइएको कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगन श्रेष्ठले जानकारी दिए । पहिलो चरणको प्रबेश परीक्षामा म्यानेजमेन्ट र होटल म्यानेजमेन्टमा गरि १ सय ९० जना विद्यार्थी सहभागी भएको क्याम्पस प्रमुख डम्बर तुम्बापोले जानकारी दिए । दोश्रो चरणको प्रबेश परीक्षा आगामी असोज १६ गते लिइने कलेजले जनाएको छ ।

    • प्रकाशित मितिः असोज १०, २०७७
    • 1,742 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रोट्रयाकद्वारा द सिक्रेट अफ पब्लिक स्पिकिङ तालिम

    धरान । रोट्रयाक क्लब अफ धरानले शुक्रबार द सिक्रेट अफ पब्लिक स्पिकिङ् कार्यक्रम सम्पन्न गरेको छ । युवाहरुलाई लक्षित गरेर जुम मार्फत सञ्चालन गरिएको कार्यक्रममा ४६ जनाको सहभागिता रहेका थियो । युवाहरुको व्यक्तित्व र नेतृत्व विकास गरी क्षमता अभिवृद्धि गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको रोट्रयाक क्लब अफ धरानकी अध्यक्ष रेश्मा शाक्यले बताइन । तालिमको सहजीकरण रिदम साहद्वारा गरिएको थियोे । साहले डिजिटल प्रविधिको माध्यमले धरानका युवाहरुलाई सहजिकरण गर्न पाउँदा निकै नै खुसी भएको बताए ।

    • प्रकाशित मितिः असोज १०, २०७७
    • 1,394 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीमा अनलाइन कक्षा संचालन सर्भे सुरु

     इटहरी / इटहरी उपमहानगरपालिकाले संस्थागत विद्यालयको शुल्क निर्धारण गर्न अनलाइन सर्वेक्षण गरिरहेको छ । एक हप्तासम्म चल्ने सर्वेमा अविभावकलाई अनलाइन सर्वे फम भर्न उपमहानगरले आग्रह गरेको छ । फर्ममा आफना छोराछोरी पढने विद्यालय,कक्षा र कति शूल्क तिर्न चाहनुहुन्छ भन्ने लगायत प्रश्न गरिएको छ ।   सस्थागत विद्यालयको शूल्क निर्धारण गर्न अनलाइन सर्भे मार्फत अविभावकको राय लिइएको उपमेयर तथा शूल्क निर्धारण समिति संयोजक लक्ष्मी गौतमले जानकारी दिइन। सरकारले सस्थागत विद्यालयको शूल्क निर्धारण गर्न स्थानीयतहलाई अधिकार दिएको छ । सर्वेमा आएका कुरा, अविभावक, शिक्षक,संस्थागत विद्यालय संचालक सवै सँग सल्ला

    • प्रकाशित मितिः असोज ८, २०७७
    • 1,060 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बाल दिवशको उपलक्ष्यमा चित्रकला प्रतियोगिता सम्पन्न

    धरान / रोटञ्याक क्लब अफ धरानद्वारा बाल दिवशको उपलक्ष्यमा चित्रकला पतियोगिता सम्पन्न गरिएको छ । वर्तमान अवस्थालाई मध्यनजर गर्दै क्लबले सो प्रतियोगिता अनलाइन प्लाट फर्म मार्फत सम्पन्न गरेको थियो । सो प्रतियोगितामा प्राथमिक तह समुहबाट पहिलो सुरभी शाक्य जेम्स स्कुल , ललितपुर दोश्रो पिहु अगवाल धरान मन्टेश्वरी तेश्रो तनिसा अग्रवाल विष्णु मेमोरियल चौथो नामविङ तिगेला डिल्ली पब्लिक स्कुल भएका थिए । नि.मा. वि., मा. वि. र उ.मा.वि. बाट प्रथम अन्जल जिमी धरान स्कलर एकेडेमी दोस्रो अनिश्मा राई सियोन स्कुल, तेश्रो मनिला गुरुङ धरान उच्च चौथो अनाम राई डिल्ली पब्लिक स्कुल भएका थिए । त्यस्तै उत्कृष्ट कन्सेप्टमा

    • प्रकाशित मितिः भदौ ३०, २०७७
    • 1,693 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शिक्षा र स्वास्थ्यमा सुधार गर्न आग्रह

    सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका सरोकारबालाहरुले शिक्षा र स्वास्थ्यमा सुधारको खाँचो रहेको औल्याएको छ । भोक्राहामा मानवअधिकार समुहको आयोजनामा भएको समस्या पहिचान तथा सरोकारवालाको पहिचान र कार्य कार्ययोजना निर्माण विषयक मानवअधिकार समूह बैठक तथा अन्तरक्रिया कार्यक्रममा सरोकारबालाहरुले विद्यालयहरु भएर पनि नियमित पठन पाठन नभएको र स्वास्थ्य संस्था भएर पनि कार्यालय समय सम्म सेवा नदिएकोले त्यसमा सुधार गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा पालिकाका शिक्षा, स्वास्थ्य, कृषि र आबासका बारेमा रहेको समस्याको सवालहरुमा समूह र सरोकारवालाहरुले आफ्नो तर्क राख्दै शिक्षा र स्वास्थ्य देशको मेरुदण्

    • प्रकाशित मितिः भदौ २९, २०७७
    • 897 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सरस्वती बाल आश्रममा बालदिवसको अवसरमा प्रतियोगितात्मक कार्यक्रम सम्पन्न

    धरान । बालबालिकाहरुको संरक्षणका लागि स्थापित धरान ३ स्थित सरस्वती बाल आश्रमले वर्षेनी साप्ताहिक कार्यक्रमनै तय गरेर बाल दिवश मनाउने गरेको थियो । बाल दिवसकै दिन स्थापना भएको आश्रमले स्थापना दिवसलाई पनि जोडेर बालबालिकाहरु सँग सम्बन्धित कार्यक्रमहरु आयोजना गर्दै आएको थियो । तर यस वर्षको कोरोनाको महामारीका कारण मासिक कार्यक्रमहरु गर्न नपाए पनि आश्रममै रहेका बालबालिकाहरुका लागि विभिन्न प्रतियोगितात्मक कार्यक्रम गरेर मनाएको छ । बाल दिवको अवसरमा आइतबार आश्रमका बालबालिकाहरुका लागि हाजिरीजवाफ प्रतियोगिता गरेको थियो भने सोमबार विभिन्न प्रतियोगिता गरेको थियो । आश्रमको आयोजनामा भएको प्रतियोगिताका विजयीह

    • प्रकाशित मितिः भदौ २९, २०७७
    • 936 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वक्तृत्वकलामा प्रथम भए मोरङका ‘नवराज भट्टराई’

    इलाम / एक नम्बर प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगितामा मोरङको नवराज भट्टराई प्रथम भएका छन् । बाल दिवसको अवसर पारेर भर्चुवल बाट भएको प्रतियोगिताको दोस्रो पाँचथरका योगेश तिम्सिना र तेस्रो ताप्लेजुङकी अनिता पन्धाक भएका छन् ।एक नम्बर प्रदेशको चौध जिल्लाबाट प्रथम भएका सहभागी मध्ये प्रदेश स्तरको प्रतियोगितामा बिजेताले क्रमश प्रथमले १५ हजार, दोस्रोले १० हजार र तेस्रो पाँच हजार नगद पुरस्कार प्राप्त गरेका छन । मानवअधिकार मञ्च नेपाल इलामले भर्चुअल माध्यमबाट “कोरोना भाइरसले बालकालिकामा पारेको असर र सरोकारवालाको भूमिका” विषयको वक्तृत्वकला प्रतियोगिता गराएको थियो । जसमा प्रदेश १ का १४ जि

    • प्रकाशित मितिः भदौ २९, २०७७
    • 1,191 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • वडा १५ मा बालदिवसको अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा शिवगंगाकी मेनुका दर्जी प्रथम

    धरान । बाल दिवसको अवसरमा धरान उपमहानगरपालिका वडा नम्बर १५ ले आयोजना गरेको अन्तर वडा बाल समुह स्तरिय वक्तृत्वकला प्रतियोगितामा शिवगंगा बाल क्लबकी मेनुका दर्जी प्रथम भएकी छिन् । २९ औं राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित प्रतियोगितामा वडा १५ का हिबिसकस बाल समुहका अनुप झा द्वितीय, नवज्योती बाल क्लबका प्रलाद भट्टराई तृतीय भएका थिए भने निराजन बाल क्लबका विवेक विक सान्त्वना घोषित भए । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी वडाका वडाअध्यक्ष नरेश इवारुम लगायत वडा सदस्यहरुले नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरेका थिए । वडा बाल संजालको आयोजनामा भएको प्रतियोगितामा बाल दिवसमा बालबालिकाको भुमिका भन्ने बिषय

    • प्रकाशित मितिः भदौ २९, २०७७
    • 1,006 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चित्रकला प्रतियोगिता गर्दै मनायो वडा ३ ले बालदिवस

    धरान । कोरोनाको महामारीका बिचमा पनि धरानको वडा नम्बर ३ ले सुरक्षा सामग्री वितरण गर्दै विभिन्न कार्यक्रम सहित २९ औं बालदिवस मनाएको छ । वडा कार्यलयमा एक कार्यक्रमको आयोजना गरि सुरक्षासामग्री वितरण गर्नुका साथै उत्कृष्ठ चित्र बनाउने बालबालिकाहरुलाई पुरस्कार समेत वितरण गरेको थियो । वडा नम्बर तिनका वडा सदस्य बिकाश बनेपालिका अनुसार कोभिड १९ को महामारीलाई मध्यनजर गर्दै विद्यार्थीहरुलाई घरमै बसेर चित्र बनाउन आग्रह गरेको थियो । बालबालिकाहरुले पठाएका चित्रहरु मध्ये उत्कृष्ठ ५ वटा छानिएका थिए । उत्कृष्ठ पाँच मध्ये प्राति श्रेष्ठको चित्र प्रथम हुदैं नगद दुुई हजार सहित पुरस्कृत भएकी छिन् । त्यसै गरि द्वि

    • प्रकाशित मितिः भदौ २९, २०७७
    • 1,514 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ट्यालेन्ट हन्टका ७ जना बास्केटवल खेलाडिलाई एम्सद्वारा छात्रवृत्ति

    धरान । खेल सँगै शिक्षालाई समेत अघि बढाउन पाँचौ बास्केटबल ट्यालेण्ट हण्टका उत्कृष्ट सात जना विद्यार्थीहरुलाई एम्स एकेडेमीले छात्रवृती प्रदान गरेको छ । आइतवार विद्यालय र धरान बास्केटबल संघ विच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । पत्रमा एकेडेमीले विद्यार्थीलाई ६० प्रतिशत छात्रवृती दिइने उल्लेख छ । संघको सिफारिसमा ट्यालेन्ट हण्टका खेलाडी विद्यार्थी विनम राई, सञ्जय रानामगर, शिव गजमेर, इन्दु भण्डारी, सुविन राई, निकेश राई र निशान तामाङलाई छात्रवृती प्रदान गरीएको हो । सम्झौता अनुसार छात्रवृतीका लागी खेलाडिहरुले पालना गर्नुपर्ने सर्त पत्र कबुलियतनामामा छात्रवृती पाउने विद्यार्थी र अभिभावकले हस्ताक्षर गर

    • प्रकाशित मितिः भदौ २८, २०७७
    • 846 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved