ट्यालेन्ट हन्टका ७ जना बास्केटवल खेलाडिलाई एम्सद्वारा छात्रवृत्ति

  • भदौ २८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । खेल सँगै शिक्षालाई समेत अघि बढाउन पाँचौ बास्केटबल ट्यालेण्ट हण्टका उत्कृष्ट सात जना विद्यार्थीहरुलाई एम्स एकेडेमीले छात्रवृती प्रदान गरेको छ ।

आइतवार विद्यालय र धरान बास्केटबल संघ विच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । पत्रमा एकेडेमीले विद्यार्थीलाई ६० प्रतिशत छात्रवृती दिइने उल्लेख छ । संघको सिफारिसमा ट्यालेन्ट हण्टका खेलाडी विद्यार्थी विनम राई, सञ्जय रानामगर, शिव गजमेर, इन्दु भण्डारी, सुविन राई, निकेश राई र निशान तामाङलाई छात्रवृती प्रदान गरीएको हो । सम्झौता अनुसार छात्रवृतीका लागी खेलाडिहरुले पालना गर्नुपर्ने सर्त पत्र कबुलियतनामामा छात्रवृती पाउने विद्यार्थी र अभिभावकले हस्ताक्षर गरेका छन ।

सम्झौता पत्रमा विद्यालयका तर्फबाट एकेडेमीको संचालक समिती अध्यक्ष प्रकाश राई, व्यवस्थापकिय निर्देशक अनुप योञ्जन तामाङ र प्राचार्य मित्र तामाङले हस्ताक्षर गरेका छन् भने संघबाट बास्केटबल संघका केन्द्रिय उपाध्यक्ष तथा धरान बास्केटबल संघका अध्यक्ष सुरज लामा, सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी र प्रदेश नं. १ मुख्य प्रशिक्षक विकास चाम्लिङ राईले हस्ताक्षर गरेका छन ।

विगत ३ वर्षदेखि बास्केटवल संघ संग गरेको सहकार्यलाई एम्स एकेडेमिले यस वर्ष पनि निरन्तरता दिएको एकेडमीका संचालक समिती अध्यक्ष प्रकाश राईले बताए । खेलसंगै शिक्षा भन्ने उद्देश्यका साथ एम्सले निरन्तर रूपमा बास्केटबल संघ संग सहकार्य गर्दै आएको उनले जानकारी गराए । छात्रवृती पाएको विद्यार्थीहरूको बास्केटबल सेलिब्रिटीको रूपमा नयाँ परिचय थपिएको जनाउँदै खेलसंगै शिक्षालाई समेत समान रूपमा अगाडी बढाउन उनले आग्रह गरेका छन ।

सम्झौता अनुसार छात्रवृती पाएका खेलाडीहरूले आफ्नो पहिलो प्राथमिकता अनुशासन र पढाइ हुनुपर्ने कबुलियतनामामा उल्लेख छ । छात्रवृतिm पाएका विधार्थीहरुले नियमित रूपमा विधालयको तालिका अनुसार हाजिर भइ अध्यन गर्न पर्ने, सम्पूर्ण परीक्षामा सहभागी भइ उर्तिण हुन पर्ने, संघ र विद्यालयको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागिता हुन पर्ने लगायत कवुलियतनामामा उल्लेख छन । कवुलियतनामा अनुसार खेलाडिले पालना नगरेमा सम्झौता स्वतः खारेज हुनेछ ।
संघका केन्द्रिय उपाध्यक्ष सुरज कुमार लामाले भने, ‘पहिले मौखिक सम्झौता गर्दै आइरहेको थियौ ।

विद्यालय, खेलाडी र अभिभावकमा छात्रवृतिmको महत्व सोचे जस्तो नलागेको महसुस भयो । नतिजा खोजे जस्तो आएन । त्यहि भएर केहि वर्ष देखि विद्यालय, संघ, खेलाडि र अभिभावक समेतको उपस्थितिमा त्रिपक्षिय रुपमा लिखित सम्झौता गर्न थालिएको छ ।’

कार्यक्रम नै आयोजना गरि औपचारीक रुपमा खेलाडी र अभिभावक समेतको उपस्थितिमा सम्झौता गरिदा खेलाडिहरुको सम्मान पनि हुने र सवै पक्षमा जिम्मेवारि वोध पनि हुने उनले बताए ।

संघले धरान उपमहानगरपालिकाको संयोजन र सुनसरी बास्केटवल संघको प्रविधिक सहयोगमा तिन हप्ता लामो ट्यालेन्ट हन्ट कार्यक्रम वाट छात्रवृतिका लागि खेलाडि छनौट गरि सिफारिस गरिएको सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदिले जनाए । प्रशिक्षक चाम्लिङको नेतृत्वमा धरान १६ रंगशाला स्थित इन्डोर बास्केटवल कोर्टमा संपन्न बास्केटवल ट्यालेन्ट हन्टमा प्रदेश १ बास्केटवल टिम क्याप्टेन नविन राई, हेमन्त राई, रन्जित लिम्वु, विराज लिम्वु, युगल लिम्वुले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा एम्स एकेडमीका निर्देशक अनुप योञ्जन, एडमिन्सट्रेटिभ डाइरेक्टर नविन राई,े एकेडेमिका आर्थिक संयोजक हेमन्त भण्डारि लगायतको उपस्थिती रहेको थियो ।

आजदेखि रोजगार मेला स ...

धरान। आजदेखि धरानमा रोजगारी मेला लाग्ने भएको  छ। उ ...

धरानमा युरोलोजीष्ट ड ...

धरान । पिसाबसँग सम्बन्धित तथा मृगौलाको पत्थरी र मृगौला ...

जिफन्टद्धारा आफ्ना स ...

काठमाण्डौं । आफ्ना सदस्यहरुलाई मुटु, मृगौला, क्यान्सर, ...

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved