सरस्वती बाल आश्रममा बालदिवसको अवसरमा प्रतियोगितात्मक कार्यक्रम सम्पन्न

  • भदौ २९, २०७७
  • कोशीपत्र/संवाददाता
alt

धरान । बालबालिकाहरुको संरक्षणका लागि स्थापित धरान ३ स्थित सरस्वती बाल आश्रमले वर्षेनी साप्ताहिक कार्यक्रमनै तय गरेर बाल दिवश मनाउने गरेको थियो । बाल दिवसकै दिन स्थापना भएको आश्रमले स्थापना दिवसलाई पनि जोडेर बालबालिकाहरु सँग सम्बन्धित कार्यक्रमहरु आयोजना गर्दै आएको थियो ।

तर यस वर्षको कोरोनाको महामारीका कारण मासिक कार्यक्रमहरु गर्न नपाए पनि आश्रममै रहेका बालबालिकाहरुका लागि विभिन्न प्रतियोगितात्मक कार्यक्रम गरेर मनाएको छ । बाल दिवको अवसरमा आइतबार आश्रमका बालबालिकाहरुका लागि हाजिरीजवाफ प्रतियोगिता गरेको थियो भने सोमबार विभिन्न प्रतियोगिता गरेको थियो ।

आश्रमको आयोजनामा भएको प्रतियोगिताका विजयीहरुलाई सोमबार एक कार्यक्रमको आयोजना गरि पुरस्कार वितरण गरिएको थियो । आश्रमकै बालक्लबले आइतबार हाजिरीजवाफ गराएको थियो भने सोमबार कार्यसमिती सदस्य एलिना मगरले आन्तरिक रुपमा बालबालिकाहरुलाई रमाईलो खेलहरु गराएकी थिईन् । सोमबार क्यारामगोटीको टावर बनाउने, आखाँमा पट्टी बाधेर फ्रुटी पिउने, १ मिनेटमा चित्र बनाउने, म्युजिकल चियर, दिमाख खियाउने प्रतियोगिता भएका थिए ।

प्रतियोगितामा हाजिरीजवाफ तर्फ विजय तामाङ, पुजा श्रेष्ठ र विशाल राई क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । त्यसै गरि ब्रेन गेम सिनियर पतर्m विजय तामाङ, विशाल राई र पुजा श्रेष्ठको समुह पहिलो, दोस्रो र तेस्रो भएका थिए । फ्रुटि गेम सिनियर तर्फ आयुस भुजेल, अस्मीता रसाइली र अरिना परियार क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । यता टावर मिलाउने प्रतियोगितामा विशाल राई विजयी बने भने म्युजिकल तर्फ किरण श्रेष्ठ, कृष्ण श्रेष्ठ र अभिषेक परियार क्रमशः पहिलो, दोस्रो र तेस्रो बने ।
एक मिनेटमा चित्र बनाउने प्रतियोगितामा मिङमा सेर्पा, विराज कुटवाल र किरण श्रेष्ठ, फ्रुटिगेम जुनियर तर्फ अभिषेक परियार, कृष्ण श्रेष्ठ र मिङमा शेर्पा क्रमशः पहिलो, दोस्रो र तेस्रो बनेका थिए ।

कार्यक्रममा प्रत्येक साल सप्ताहव्यापी रुपमा मनाइने राष्ट्रिय बाल दिवस यस वर्ष कोभिड १९ का कारण भव्यताका साथ मनाउन नपाएकोमा दुःख लागेको आश्रमकी बालिका हेमा तामाङले बताइन् ।

कार्यक्रममा बालबालिका घरबाट (आश्रमबाट) बाहिर निस्कने परिस्थिति नरहेकाले आश्रमभित्र आन्तरिक रुपमा खेलकुद, मनोरन्जन इत्यादि गर्नका लागि अध्यक्ष दानबहादुर राईले सुझाव दिए । उनले बेलाबेला स्वास्थ्य सचेतना कार्यक्रमको आयोजना पनि गरिरहेको जानकारी दिए ।

20200914_093001 20200914_093014 20200914_093029 (1) सरस्वती बाल क्लबकी अध्यक्ष पुजा श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा विजयी बालबालिकालाई पुरस्कार वितरण कार्यक्रम गरिएको थियो ।

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved