इटहरीमा अनलाइन कक्षा संचालन सर्भे सुरु
- असोज ८, २०७७
- "कोशीपत्र/संवाददाता"
इटहरी / इटहरी उपमहानगरपालिकाले संस्थागत विद्यालयको शुल्क निर्धारण गर्न अनलाइन सर्वेक्षण गरिरहेको छ । एक हप्तासम्म चल्ने सर्वेमा अविभावकलाई अनलाइन सर्वे फम भर्न उपमहानगरले आग्रह गरेको छ । फर्ममा आफना छोराछोरी पढने विद्यालय,कक्षा र कति शूल्क तिर्न चाहनुहुन्छ भन्ने लगायत प्रश्न गरिएको छ ।
सस्थागत विद्यालयको शूल्क निर्धारण गर्न अनलाइन सर्भे मार्फत अविभावकको राय लिइएको उपमेयर तथा शूल्क निर्धारण समिति संयोजक लक्ष्मी गौतमले जानकारी दिइन। सरकारले सस्थागत विद्यालयको शूल्क निर्धारण गर्न स्थानीयतहलाई अधिकार दिएको छ । सर्वेमा आएका कुरा, अविभावक, शिक्षक,संस्थागत विद्यालय संचालक सवै सँग सल्लाह गरेर शुल्क निर्धारण गरिने गौतमले वताइन। उनका अनुसार अनलाइन कक्षा चलाइरहेका सस्थागत विद्यालयहरुले अनलाइन कक्षा चलाउदा झन मेहेनत लागेको भन्दै शूल्क वृद्धि गर्नुपर्ने माग गरेका छन ।
अभिभावकले भने अनलाइन शिक्षा प्रभावकारी नभएको जनाउदै मोवाइलमा हेरेको पनि शूल्क तिर्नुपर्छ र ? भन्दै प्रश्न गर्ने गरेका छन । नीजि विद्यालयका शिक्षकहरुले लामो समयदेखि तलव नपाउदा नुन तेल किन्नै समस्या परेको वताउदै उपमहानगरलाई सहजिकरणका लागि आग्रह गरेका छन । चैतदेखिकै तलब पाउनु पर्ने नपाए नगरपालिकाको गेटमा आएर आत्मदाह गर्ने समेतको चेतावनी दिएको उपमेयर गौतमले बताइन।