शिक्षा र स्वास्थ्यमा सुधार गर्न आग्रह

  • भदौ २९, २०७७
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका सरोकारबालाहरुले शिक्षा र स्वास्थ्यमा सुधारको खाँचो रहेको औल्याएको छ ।

भोक्राहामा मानवअधिकार समुहको आयोजनामा भएको समस्या पहिचान तथा सरोकारवालाको पहिचान र कार्य कार्ययोजना निर्माण विषयक मानवअधिकार समूह बैठक तथा अन्तरक्रिया कार्यक्रममा सरोकारबालाहरुले विद्यालयहरु भएर पनि नियमित पठन पाठन नभएको र स्वास्थ्य संस्था भएर पनि कार्यालय समय सम्म सेवा नदिएकोले त्यसमा सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा पालिकाका शिक्षा, स्वास्थ्य, कृषि र आबासका बारेमा रहेको समस्याको सवालहरुमा समूह र सरोकारवालाहरुले आफ्नो तर्क राख्दै शिक्षा र स्वास्थ्य देशको मेरुदण्ड भएकाले सुधारको खाँचो रहेको बताएका थिए ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ द्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने पहल कार्यक्रम अन्तरगत भोक्राहा नरसिंह गाउँपालिकामा भदौ २९ गते समस्या पहिचान र कार्ययोजना निर्माण सम्पन्न भएको हो । मानवअधिकार समुहका सदस्य तथा अन्य सरोकारवाला निकायको बैठकले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार सम्बन्धी समस्या पहिचान, सरोकारवाला निकायको पहिचान गर्नुको साथै वार्षिक कार्ययोजना समेत निर्माण गरेको छ ।

बैठकले कोभिड १९ का कारण शिक्षा स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा पारेको असरहरुको विश्लेषण गर्दै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको छ । कोभिड १९ ले बालबालिकाको शिक्षामा पारेको असरका विषयमा अन्तरक्रिया गर्ने, शिक्षाको गुणस्तरका लागि खाजा कार्यक्रम प्रभावकारी बनाउन अनुगमन गर्ने, पालिका भरीका मुसहर र दलित तथा सुकुम्बासी टोलमा पछाडी परेको सिमान्तकृत समुदायमा मानवअधिकार शिक्षा तथा सचेतना मुलक कार्य गर्नुको साथै अन्य पक्षको समेत स्थलगत अनुगमन गर्ने, कोभिडका कारण गर्भवती, दिर्घरोगी तथा अन्य रोगीहरुको उपचारमा समस्या देखिएकोले उनीहरूको उपचारका लागि पहल गर्ने तथा पालिकामा १५ शैयाको अस्पताल निर्माणका लागि थप पहल गर्ने, विद्यालयहरु खुलेपछि अनुगमन गर्ने, कृषिमा अनुदानका कार्यक्रमलाई लक्षित समूदायसम्म लान सहजिकरण गर्ने लगायतको कार्ययोजना बनाएको छ ।

यसैगरी खाद्य वस्तुमा हुने मिसावट, गुणस्तरीयताका विषयमा अनुगमन गर्न गाउँपालिकालाई आग्रह गर्दै कृषकहरूलाई रासायनिक मल बिउँ समयमा उपलब्ध गराउन, माटो परीक्षणका लागि पहल गर्ने, कुमाल टोललाई आवासको अधिकार अन्तरर्गत गाउँपालिकाले खरका छाना हटाउने योजनालाई सहयोग गर्दै कार्यान्वयनका लागि आग्रह गर्ने, कोभिडका कारण जागिर गुमाएका श्रम गरेर खाने कृषि तथा मजदुर ज्यालादारीमा काम गर्ने विपन्न नागरिकलाई दोश्रो चरणको राहत विरणका लागि पालिकाको ध्यानाकर्षण गराउने, सूचनाको हक अन्तरगत सुचना माग गर्ने लगायतका कार्य योजना निर्माण गरिएको मानवअधिकार समुहका कार्यबाहक अध्यक्ष मुर्सिद आलमले बताए ।

सहभागिहरुले किसानहरुलाई पशुपालन तथा कृषिको माध्यमबाट यहाँको जनतालाई सक्षम र आर्थिक रूपमा मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए । कृषि शाखा, पशु तथा भेटेनेरी सेवामा भएको समस्यालाई सम्बन्धित निकायले समयमै समाधान गर्नुपर्ने र कृषकलाई सेवा सहज दिनुपर्ने माग गरेका थिए । कार्यक्रममा पशु तथा भेटनरि सेवा भोक्राहाका प्रमुख कैयुम अन्सारीले पशु तथा कृषिको समस्या कृषकको मात्रै नभई आफ्नो पनि भएको बताउदै आफ्नो सेवामा सुधार गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा सेवादायक र सेवाप्रदायक बिचमा रहेको समस्यालाई समाधान गर्नलाई सम्बन्धित निकायसंग समन्वय गर्ने, वडामा रहेका समस्याको समाधान गर्न वडालाई ध्यानाकर्षण गराउने र अधिकार समूहले सबैको समस्या समाधानको लागि पहल गर्ने सचिव दिपेन्द्र यादवले बताए ।

पालिका भरीनै भएका समस्यालाई सम्बन्धित निकायबाट छलफल गरि समाधान गर्ने, समस्या समाधान र पहिचान गर्न महत्वपूर्ण भुमिका समूहको भएको बताउदै अधिकार समुहलाई त्यसमा ध्यान दिन इन्सेककी बागमती कटेले आग्रह गरिन् ।

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

धरानको खानेपानी योजन ...

ललितपुर/धरानले वर्षौँदेखि झेलिरहेको खानेपानी समस्यालाई ...

सिंहदेवी गोल्डकपमा ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खाँदले सिंहदेवी गोल्ड ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved