वडा १५ मा बालदिवसको अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा शिवगंगाकी मेनुका दर्जी प्रथम

  • भदौ २९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । बाल दिवसको अवसरमा धरान उपमहानगरपालिका वडा नम्बर १५ ले आयोजना गरेको अन्तर वडा बाल समुह स्तरिय वक्तृत्वकला प्रतियोगितामा शिवगंगा बाल क्लबकी मेनुका दर्जी प्रथम भएकी छिन् ।

२९ औं राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित प्रतियोगितामा वडा १५ का हिबिसकस बाल समुहका अनुप झा द्वितीय, नवज्योती बाल क्लबका प्रलाद भट्टराई तृतीय भएका थिए भने निराजन बाल क्लबका विवेक विक सान्त्वना घोषित भए । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी वडाका वडाअध्यक्ष नरेश इवारुम लगायत वडा सदस्यहरुले नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरेका थिए ।

वडा बाल संजालको आयोजनामा भएको प्रतियोगितामा बाल दिवसमा बालबालिकाको भुमिका भन्ने बिषयमा आ आफ्ना विचार प्रस्तुत गरेका थिए । प्रतियोगिताको निर्णायक धरान सिटी कलेजका प्रध्यापक डीवी श्रेष्ठ रहेका थिए ।

वडा बाल संजालका अध्यक्ष विनोद रायमाझीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । हरेक वर्ष भदौ २९ गते नेपालमा राष्ट्रिय बाल दिवस मनाउने गरिएको छ ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved