चित्रकला प्रतियोगिता गर्दै मनायो वडा ३ ले बालदिवस

  • भदौ २९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोरोनाको महामारीका बिचमा पनि धरानको वडा नम्बर ३ ले सुरक्षा सामग्री वितरण गर्दै विभिन्न कार्यक्रम सहित २९ औं बालदिवस मनाएको छ ।

वडा कार्यलयमा एक कार्यक्रमको आयोजना गरि सुरक्षासामग्री वितरण गर्नुका साथै उत्कृष्ठ चित्र बनाउने बालबालिकाहरुलाई पुरस्कार समेत वितरण गरेको थियो । वडा नम्बर तिनका वडा सदस्य बिकाश बनेपालिका अनुसार कोभिड १९ को महामारीलाई मध्यनजर गर्दै विद्यार्थीहरुलाई घरमै बसेर चित्र बनाउन आग्रह गरेको थियो ।

बालबालिकाहरुले पठाएका चित्रहरु मध्ये उत्कृष्ठ ५ वटा छानिएका थिए । उत्कृष्ठ पाँच मध्ये प्राति श्रेष्ठको चित्र प्रथम हुदैं नगद दुुई हजार सहित पुरस्कृत भएकी छिन् । त्यसै गरि द्वितीय बिजय तामाङ तृतीय पूजा श्रेष्ठ र सान्तवना आयुष भुजेल, रोजन शाह घोषित भएका थिए । उनिहरुलाई क्रमशः १५सय ,१ हजार, र ५÷५ सयका दरले पुरस्कार वितरण गरिएको थियो ।

दिबसकै अबसरमा कोरोना महामारीको जोखिम न्युनिकरणका लगि १८ जना बालबालिकाहरुलाई सेनिटाइजर र सर्जिकल माक्स वितरण गरिएको थियो । वडाध्यक्ष आशा कुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा वडाका जनप्रतिधि सहित बालकल्बका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

धरानकी इचिङ्ग्सा लिम ...

झापा/ राष्ट्रिय स्तरको नृत्य रियालिटी शो ‘मे ...

वराहक्षेत्रमा स्थानी ...

वराहक्षेत्र/सुनसरीको वराहक्षेत्र नगरपालिकाले स्थानीय पा ...

धरानको श्रम संस्कृति ...

धरान/ धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईक ...

वराहक्षेत्र मन्दिर प ...

वराहक्षेत्र/  सुनसरीको वराहक्षेत्र नगरपालिका& ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved