शिक्षा

    Showing 1,641-1,650 of 1,791 items.
  • नोबेलका आन्दोलनरत विद्यार्थीलाई अखिलको समर्थन

    धरान/ चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा अतिरिक्त शुल्क माग गरेको भन्दै नोबेल मेडिकल कलेजमा चरणबद्ध आन्दोलनमा रहेका एमबीबीएस विद्यार्थीहरुलाई एमाले निकट अनेरास्ववियु मोरङले समर्थन जनाएको छ । नोबेलले अतिरिक्त शुल्क नबुझाउने एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीलाई प्रवेशमा रोक लगाएको विरोधमा अस्पताल परिसरमा विद्यार्थीहरुले आन्दोलन गरेका हुन् । अनेरास्ववियुले समर्थन जनाउँदै आन्दोलनमा सहित नेताहरू सहभागी भएका छन् । मंगलबार अनेरास्ववियू र एमबीबीएस अध्ययनरत विधार्थीहरुले संयुक्त आन्दोलन गर्दै मानव साङ्लो बनाएर अस्पताल परीषर घेरावन्दी गरेका थिए । त्यस्तै कागजको नमूना पैसा बनाएर अस्पताल प्रशा

    • प्रकाशित मितिः पुस २०, २०७८
    • 1,261 पटक पढिएको
    • "सन्जोगबाबु दाहाल"
  • मेघा कलेजका विद्यार्थीहरू जातीय पहिरनमा रमाए

    धरान/ धरान मेघा कलेज (हिमालयन स्कुल) मा आइतबार बिहान बेग्लै चहलपहल थियो । सबै विद्यार्थी र शिक्षक–शिक्षिकाहरू आ–आफ्नो जातीय पोशाकमा सजिएर आएका थिए । साँच्चै त्यहाँ नेपालको सांस्कृतिक विविधता प्रस्ट देखिँदै थियो । कलेजले त्यस दिन ‘कल्चरल डे’ (सांस्कृतिक दिवस) का रूपमा मनाउने घोषणा गरेको थियो । यसै कारण विद्यार्थी र शिक्षक–शिक्षिकाहरू जातीय पोशाकमा ठाँटिएर आएका थिए । अरू बेला विदेशी पोशाकमा देखिनेहरू पनि त्यस बेला जातीय पोशाकमा सजिएका थिए । मौलिक जातीय पहिरनमा सबैजना निकै खुलेका थिए । मौलिक जातीय पहिरनमा आउने विद्यार्थी र शिक्षक–शिक्षिकालाई कलेजले पुरस्कृत प

    • प्रकाशित मितिः पुस १९, २०७८
    • 1,336 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हिबिस्कसमा अभ्यास सहितको कक्षा

    धरान/ पुस्तकको सिद्धान्तलाई अभ्यासमा जोड दिदैं धरान–१५ स्थित हिबिस्कस इङ्ग्लिस बोर्डिङ स्कुलले साईन्स ल्याब सुरु गरेको छ ।स्कुलले ८ लाख रुपैयाको लागतमा सुरु गरेको ल्याबमा फिजिक्स, केमेष्ट्रि र बायोलोजी सम्बन्धी पुस्तकमा आधारित अभ्यास गराईने गरेको स्कुलका कोअर्डिनेटर विजय सिंह थेवेले बताए । स्कुलले कक्षा ४ देखि कक्षा ११ सम्मका विद्यार्थीलाई ल्याबमा अभ्यास गराउँदै पढाउन सुरु गरेको हो । उनका अनुसार ल्याबमा अहिले ६ वटा माईक्रोस्कोप सहित अन्य आवश्यक उपकरण राखिएको छ । त्यसमध्ये अँध्यारो कोठामा पनि विद्युतबाट चल्ने उपकरण पनि राखिएको उनले बताए । विद्यार्थीलाई सानैदेखि अभ्यासमुलक सिकाईमा जो

    • प्रकाशित मितिः पुस १९, २०७८
    • 1,105 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महेन्द्र क्याम्पस जग्गा प्रकरण: भुमिसुधार विरुद्ध अदालतमा पुनरावेदन

    धरान/ जग्गा किनबेच भएको ४० वर्ष पछि महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गामा देखिएको मोहीका छोरालाई नामसारी गरिदिने मालपोत तथा भुमिसुधार कार्यालय सुनसरीको निर्णय विरुद्ध क्याम्पसले उच्च अदालत विराटनगरमा पुनरावेदन गरेको छ । करिब २० वर्ष अघि मृत्यु भएका मोही डम्बरबहादुर घिमिरेका छोरा यज्ञबहादुर क्षेत्रीको नाममा गत असोज २५ गते मोही हक नामसारी गरिदिने भुमिसुधारले निर्णय गरेको थियो । भुमाफियाहरुले क्याम्पसको जग्गा हडप्न चलखेल गरेको आरोप लगाउँदै क्याम्पसले भुमिसुधार विरुद्ध उच्च अदालतमा पुनरावेदन गरेको हो । क्याम्पस प्रमुख दामोदर भण्डारीका अनुसार ३५ दिने हदम्यादको समयसिमा भित्र नै बुधबार पुनरा

    • प्रकाशित मितिः पुस १९, २०७८
    • 1,253 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान आदर्शले गर्‍यो नयाँ विद्यार्थीलाई स्वागत

    धरान । धरान आदर्श उच्च माध्यमिक विद्यालयले कक्षा ११ मा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको छ । शनिबार विद्यालयमा आयोजना गरिएको स्वागत कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रम सहित स्वागत गरिएको हो । नवआगन्तुक विद्यार्थीहरुलाई विद्यालयका प्रिन्सिपल लोकेन्द्र श्रेष्ठ लगायत विशेष अतिथीहरुले खदा लगाईदिदै स्वागत गरेका थिए । विद्यालयका प्रिन्सिपल श्रेष्ठको प्रमुख आतिथ्यमा भएको स्वागत कार्यक्रममा विद्यार्थीहरुले प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रममा ममता गुरुङ, टिशिरिङ भोटे, हेमचन्द्र, साजन, अञ्जली, नुमा, निशा, मिस्टिना, सिमा, अस्मिता रोक्कीले नृत्यु प्रस्तुत गरेका थिए भने विक्रम लिम्बु, सुधन

    • प्रकाशित मितिः पुस १८, २०७८
    • 2,018 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हिमालयनमा विद्यार्थीलाई स्वागत

    धरान । धरान मेघा कलेज (हिमालयन +२) मा कक्षा–११ मा अध्ययनरत् नवआगन्तुक बिद्यार्थीहरूलाई शनिबार स्वागत गरिएको छ ।कलेजमा बीबीएसमा अध्ययनरत् विद्यार्थीहरूले अबिर लगाइदिँदै खदा ओढाएर उनीहरूलाई स्वागत गरेका थिए । स्वागत कार्यक्रमका प्रमुख अतिथि एवम् हिसान सुनसरीका अध्यक्ष मुकुन्द घिमिरेले विद्यार्थीहरूका प्रस्तुतिको प्रशंसा गर्दै उनीहरूलाई पठनपाठनका साथै अतिरिक्त क्रियाकलापमा पनि अब्बल स्थान प्राप्त गर्न शुभकामना दिए । आजका विद्यार्थीहरूले नै भविष्यमा देशको हरेक क्षेत्रको नेतृत्व गर्ने भएकाले विद्यार्थीहरू अनुशासित र लगनशील हुनुपर्ने उनको धारणा थियो । हिसान सुनसरीले आयोजना गरेको बास्केटबल प्र

    • प्रकाशित मितिः पुस १७, २०७८
    • 1,332 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चिसो बढेपछि पहाडी र तराई क्षेत्रका विद्यालयमा विद्यार्थी घटे

        काठमाडौं / केही दिनयतादेखि मौसममा परिवर्तन हुनाका साथै ह्वात्तै चिसो बढेपछि जिल्लाको पहाडी क्षेत्र र तराईका विद्यालयमा विद्यालय जाने विद्यार्थीको सङ्ख्या घट्न थालेको छ । सबैभन्दा उच्च पहाडी क्षेत्रमा अवस्थित लिम्चुङबुङ गाउँपालिको माझखर्क, सातदोबाटे तथा रौतामाई गाउँपालिकाको नामेटार, टाट्ने र रौता बोलुङ्खा क्षेत्रका विद्यालयका तल्ला कक्षाका विद्यार्थीको उपस्थिति चिसोको कारण न्यून हुन थालेको सम्बन्धित विद्यालयका शिक्षकले बताए । एक हप्तादेखि ह्वात्तै चिसो बढ्न थालेपछि तल्ला कक्षाका नानीहरुको उपस्थिति कम हुन थालेको रौता बोलुङखास्थित पञ्चकन्या आधारभूत विद्यालयका शिक्षिका रीताकुम

    • प्रकाशित मितिः पुस १३, २०७८
    • 657 पटक पढिएको
    • "रासस"
  • गौतमबुद्ध स्कूललाई ‘आईएसओ’ सर्टिफिकेट

    मोरङ/ विराटनगर स्थित रानी मिल्स एरियामा रहेको गौतमबुद्ध सेकेण्डरी बोर्डिङ स्कुलले अन्र्तराष्ट्रिय मापदण्डको गुणस्तरचिन्ह ‘आईएसओ’ सर्टिफिकेट प्राप्त गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गरि सम्बन्धित संस्थाका प्रतिनिधिले विद्यालयलाई आईएसओ सर्टिफिकेट हस्तान्तरण गरेका हुन् । व्यवसायिक अन्र्तराष्ट्रिय गुणस्तर प्रदान गर्ने अमेरिकन संस्था आईएएफ र आईएएसको नेपालका लागि आधिकारिक प्रतिनिधि संस्था क्वालिटी सर्टिफिकेशन सिस्टम प्रालि नयाँ बानेश्वरका प्रतिनिधिहरुले विद्यालयलाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । क्वालिटी सर्टिफिकेशन सिस्टम प्रालिका एमडी हरिशंकर भुजेल र लिड अडिटर ध्रुव मिश

    • प्रकाशित मितिः पुस १२, २०७८
    • 707 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इक्यानको अध्यक्षमा धरानका प्रकाश लकान्द्री

    धरान । नेपाल शैक्षिक परामर्श संघ प्रदेश नम्बर १ को पाचौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेसनबाट टपयुनिभर्सल एकेडेमीका प्रबन्ध निर्देशक प्रकाश लकान्द्री अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । धनकुटाको हिले स्थित माउण्ट होराइजनमा भएको संघको बुधबार सम्पन्न सभाले अध्यक्षमा लकान्द्री सहित ७ कार्यसमिती सर्वसम्मत चयन गरेको हो । समितीको उपाध्यक्षमा दिपक गौतम, सचिवमा रबी कुमार गुप्ता, कोषाध्यक्षमा हेम जिवान निरौला चयन भएका छन् । त्यसै गरि सदस्यहरुमा दुर्लभ कार्की, रोजन थापा, गोपाल निरौला छन् । समितीको अर्को बैठकले दुई सदस्य मनोनित गर्ने नवनिर्वाचित अध्यक्ष लकान्द्रीले बताए ।   उनले संघलाई गुणस्

    • प्रकाशित मितिः पुस ७, २०७८
    • 1,311 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शिक्षामा अर्काे ब्राण्डः धरान मेघा कलेज

    ● नतिजामुखी मात्रै होइन्, समाज पनि बुझाउँदै धरान मेघा प्राज्ञिक व्यक्तिहरुद्वारा धरानमा वि.सं. २०६६ सालमा स्थापना भएको धरान मेघा कलेज परीक्षा नतिजाका दृष्टिले सुनसरी जिल्लाकै उत्कृष्ट कलेजका रुपमा स्थापित शैक्षिक संस्था हो । स्थापनादेखि नै आफूलाई उत्कृष्ट रुपमा प्रस्तुत गर्दै आएको कलेजले आधुनिक शिक्षण सिकाइ प्रणालीमा प्रयोगात्मकता र व्यवहारिकता भित्र्याइ प्रभावकारी शिक्षण गर्दै आएको छ । अतिरिक्त क्रियाकलापमा समेत नयाँ शैलीको प्रयोग गर्नु मेघा कलेजको विशेषता हो । शैक्षिक गुणस्तरको दृष्टिले वर्तमान समय तीव्र प्रतिस्पर्धाको समय हो । यो आधुनिक शिक्षण प्रणाली र ज्ञानको तीव्र प्रतिस्पर्धामा आफूल

    • प्रकाशित मितिः पुस ६, २०७८
    • 2,443 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved