धरान । नेपाल शैक्षिक परामर्श संघ प्रदेश नम्बर १ को पाचौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेसनबाट टपयुनिभर्सल एकेडेमीका प्रबन्ध निर्देशक प्रकाश लकान्द्री अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।
धनकुटाको हिले स्थित माउण्ट होराइजनमा भएको संघको बुधबार सम्पन्न सभाले अध्यक्षमा लकान्द्री सहित ७ कार्यसमिती सर्वसम्मत चयन गरेको हो । समितीको उपाध्यक्षमा दिपक गौतम, सचिवमा रबी कुमार गुप्ता, कोषाध्यक्षमा हेम जिवान निरौला चयन भएका छन् । त्यसै गरि सदस्यहरुमा दुर्लभ कार्की, रोजन थापा, गोपाल निरौला छन् । समितीको अर्को बैठकले दुई सदस्य मनोनित गर्ने नवनिर्वाचित अध्यक्ष लकान्द्रीले बताए ।
उनले संघलाई गुणस्तरिय शिक्षालाई प्रवद्र्धन गर्दै शैक्षिक परामर्श शिक्षण संस्थाहरुको क्षमता विकाशमा विशेष कार्यक्रमहरु संचालन गरिने बताए । उनले भने, पुर्वाञ्चलका व्यवसायी हकहितका लागि निरन्तर अघि बढ्नैछौं, टिआईसिआई तालिमहरु संचालन, आईटिएलटिएस शिक्षक तालिमको आयोजना तथा शैक्षिक मेला गर्ने योजनाहरु रहेको छ ।’ विभिन्न कलेजका प्रतिनिधीहरु छलफल गराउँदै पुर्वाञ्चलका शैक्षिक परामर्श शिक्षण संस्थाहरुको सम्बन्ध विस्तारका लागि पहल गरिने पनि उनले बताए ।
रोशन निरौलाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी इक्यानका केन्द्रिय अध्यक्ष प्रकाश पाण्डे, विशेष अतिथी केन्द्रिय उपाध्यक्ष शेषराज भट्टराई, सचिव बासुदेव दाहाल, सहकोषाध्यक्ष कर्ण गुरुङ, सदस्य पुष्पराज भट्टराई र जेसर्टका महेश श्रेष्ठको उपस्थिती रहेको थियो ।