गौतमबुद्ध स्कूललाई ‘आईएसओ’ सर्टिफिकेट

  • पुस १२, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ/ विराटनगर स्थित रानी मिल्स एरियामा रहेको गौतमबुद्ध सेकेण्डरी बोर्डिङ स्कुलले अन्र्तराष्ट्रिय मापदण्डको गुणस्तरचिन्ह ‘आईएसओ’ सर्टिफिकेट प्राप्त गरेको छ ।
आइतबार एक कार्यक्रमको आयोजना गरि सम्बन्धित संस्थाका प्रतिनिधिले विद्यालयलाई आईएसओ सर्टिफिकेट हस्तान्तरण गरेका हुन् । व्यवसायिक अन्र्तराष्ट्रिय गुणस्तर प्रदान गर्ने अमेरिकन संस्था आईएएफ र आईएएसको नेपालका लागि आधिकारिक प्रतिनिधि संस्था क्वालिटी सर्टिफिकेशन सिस्टम प्रालि नयाँ बानेश्वरका प्रतिनिधिहरुले विद्यालयलाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

क्वालिटी सर्टिफिकेशन सिस्टम प्रालिका एमडी हरिशंकर भुजेल र लिड अडिटर ध्रुव मिश्रले विद्यालयका प्रिन्सिपल केशवलाल सिंह सुवाललाई आईएसओ प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । यस सँगै गौतमबुद्ध आईएसओ सर्टिफिकेट हासिल गर्ने विराटनगर महानगरपालिका भित्रकै पहिलो स्कुल बनेको छ । शैक्षिक तथा ब्यवस्थापकीय उत्कृष्टता र संस्थापक तथा प्रशासकको थप सुधारका लागि व्यक्त प्रतिबद्धतालाई समेत मुल्यांकन गरेर प्रमाणपत्र प्रदान गरिन्छ ।

आइएसओ हासिल गर्न आवश्यक सबै अन्तराष्ट्रिय मापदण्ड पुरा गरेकाले गौतम बुद्ध सेकेण्डरीलाई प्रमाणपत्र प्रदान गरिएको क्वालिटी सर्टिफिकेशन सिस्टम प्रालिका एमडी भुजेलले बताए । प्रदान गरिएको प्रमाणपत्रलाई प्रत्येक बर्ष नवीकरण गर्नुपर्ने ब्यवस्था रहेको छ । त्यसका लागि प्रत्येक बर्ष विद्यालयको अनुगमन र निरीक्षण गरिने उनले बताए ।

२०३७ सालमा स्थापना भएको प्रदेश एकको ‘क’ बर्गको सो विद्यालयमा १ हजार विद्यार्थी अध्ययनरत रहेको प्रिन्सिपल सुवालले बताए । विराटनगर महानगरपालिका भित्र ९३ वटा निजी विद्यालयहरु संचालनमा रहेको प्याब्सन विराटनगरले जनाएको छ ।

धरानमा युरोलोजीष्ट ड ...

धरान । पिसाबसँग सम्बन्धित तथा मृगौलाको पत्थरी र मृगौला ...

जिफन्टद्धारा आफ्ना स ...

काठमाण्डौं । आफ्ना सदस्यहरुलाई मुटु, मृगौला, क्यान्सर, ...

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved