नोबेलका आन्दोलनरत विद्यार्थीलाई अखिलको समर्थन

  • पुष २०, २०७८
  • सन्जोगबाबु दाहाल
alt

धरान/ चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा अतिरिक्त शुल्क माग गरेको भन्दै नोबेल मेडिकल कलेजमा चरणबद्ध आन्दोलनमा रहेका एमबीबीएस विद्यार्थीहरुलाई एमाले निकट अनेरास्ववियु मोरङले समर्थन जनाएको छ ।

नोबेलले अतिरिक्त शुल्क नबुझाउने एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीलाई प्रवेशमा रोक लगाएको विरोधमा अस्पताल परिसरमा विद्यार्थीहरुले आन्दोलन गरेका हुन् । अनेरास्ववियुले समर्थन जनाउँदै आन्दोलनमा सहित नेताहरू सहभागी भएका छन् ।

मंगलबार अनेरास्ववियू र एमबीबीएस अध्ययनरत विधार्थीहरुले संयुक्त आन्दोलन गर्दै मानव साङ्लो बनाएर अस्पताल परीषर घेरावन्दी गरेका थिए । त्यस्तै कागजको नमूना पैसा बनाएर अस्पताल प्रशासनलाई बुझाएका थिए भने कलेज पैसामुखी भएको भन्दै कलम डाउन समेत गरेका थिए ।

270821074_3021834221403875_4651238285077687660_n 270735206_348903746661066_355010194499717546_n 270214402_1333705420415501_8088317098583910_n (1) 270060032_470452254644313_6685850457925283516_n 270125977_256708043229534_5445380959821816898_n
विद्यार्थीहरुले कलेजका प्रिन्सीपल रामहरी घिमीरेलाई २४ घण्टाको अल्टिमेटम सहितको ज्ञापनपत्र समेत बुझाएका छन् । २४ घण्टा भित्र कलेज प्रशासनले समस्या समाधानका लागी पहल नगरे कलेज प्रशासनमा तालाबन्दी गरिने अनेरास्ववियुका नेता विरेन्द्र घिमिरेले बताए । विरोध कार्यक्रमलाई मोरङका विद्यार्थी नेताहरु विरेन्द्र घिमिरे, नवीन पहाडी, तुलसी घिमिरे लगायतले सम्बोधन गरेका थिए । उनीहरूले सरकारले निर्धारण गरेको भन्दा बढी शुल्क माग गर्ने मेडिकल कलेजहरु यथासिघ्र कार्वाहीको दायरामा ल्याउन समेत माग गरेका थिए ।

268758223_346775093955189_801570165869507954_n 270060032_470452254644313_6685850457925283516_n 269845871_389586552964622_3888737016005805687_n 270125977_256708043229534_5445380959821816898_n 270028109_244851174430547_149935536104052883_n

अतिरिक्त शुल्क नबुझाएकै कारण कक्षामा प्रवेश नपाएका विद्यार्थीहरुले सोमबार १÷१ रुपैयाँ चन्दा समेत संकलन गरेर नोबेल मेडिकल कलेजलाई बुझाएका थिए । कलेजमा रहेका १ सय विद्यार्थीको कोटामा भर्ना भएका ९६ विद्यार्थीमध्ये ९ जना भारतीय, १० जना छात्रवृत्तिका र ५ जना अतिरिक्त शुल्क बुझाएका विद्यार्थीलाई मात्र पढाइरहेको छ ।सरकारले निर्धारण गरेको शुल्कमा अध्यापन पुनः सुरु नगरेसम्म आन्दोलनका कार्यक्रमहरु घोषणा गर्दे थप सशत्त आन्दोलन गर्ने चेतावनी विद्यार्थीहरुले दिएका छन् ।

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

बालबालिकालाई सँस्कृत ...

धरान/ केही समय अगाडि महिलाहरुको अधिकार विषयमा सबै ...

दश प्रतिशत कमाई बुवा ...

सुनसरी/ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved