लकडाउनका कारण सबै क्षेत्र ठप्प भइरहेको छ । शैक्षिक क्षेत्रहरु सबै बन्द भएका छन् । विद्यार्थीहरुलाई पठ्न पाठनमा सहजता होस भन्दै लकडाउनको समयलाई सदुपयोग गर्दै सिद्धार्थ शिशु सदनले ईकक्षा सञ्चालन गरिरहेको छ । उक्त इ–कक्षालाई प्रभावकारी बनाउन विद्यार्थीहरुले समय सुविधा अनुसार सिद्धार्थ शिशु सदनको फेसबुक पेज मार्फत अध्ययन सामाग्री डाउनलोड गर्न सक्ने छन् । विद्यार्थीहरुको सहजतालाई मध्यनजर गर्दै कक्षा अनुसार समुह विभाजन गरिएको र त्यसै अनुसार अध्ययन सामाग्री उपलब्ध गराइएको विद्यालयका शिक्षा निर्देशक विकास सोनीले जानकारी गराए । इकक्षामा चार सय पचास विद्यार्थीहरु सहभागी रहेको समेत जानकार
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले माध्यमिक शिक्षा परीक्षा (एसईई) लकडाउन खुलेको ३ हप्तापछि गर्न सिफारिस गरेको छ ।कार्यदलले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई बुझाएको प्रतिवेदनमा २५ वैशाखपछि लकडाउनको मोडल फरक भए जेठ अन्तिम साताबाट एसईई परीक्षा गर्न सकिने उल्लेख छ ।प्रतिवेदनमा वैशाख २५ गते भित्र १–९ को नतिजा प्रकाशन गर्ने, २५ पछि सामाजिक दूरी कायम गर्दै भिडभाड नहुने गरी भौतिक दूरी कायम गर्ने गरी भर्ना प्रकिया अगाडि बढाउन सुझाब दिइएको छ ।अब परीक्षा गर्दा कसभर परीक्षार्थीहरु घरको खाना खाएर परीक्षा के
लकडाउनका कारण समस्यामा परेका यातायात मजदुर परिवारलाई पुर्व डिपो विद्यार्थी संगठन द्धारा विहिवार राहत वितरण गरेको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान उपमहानगर कमिटिको संयोजनमा पुर्व डिपो विद्यार्थीले ७५ जना मजदुर परिवारलाई राहत वितरण गरेको थियो । राहत स्वरुप उनिहरुलाई १० किलो चामल, १ किलो दाल, १ किलो नुन र आधा लिटर तेल वितरण गरिएको पुर्व डिपो विद्यार्थी संगठनका अध्यक्ष एवं धरान १८ न. वडाध्यक्ष प्रविण राईले जनाए । यातायात मजदुर संगठनले सिफारिस गरेको अति विपन्न परिवारलाई राहत वितरण गरिएको अध्यक्ष राईले वताए । पुर्व डिपो विद्यार्थीले ५५ हजार रुपैया वरावरको राहत वितरण गरेको संगठनका उपाध्
काठमाडौं - अनलाईन कक्षा शुरु गर्ने तयारीमा रहेको त्रिभुवन विश्ववद्यालयले आफ्नो लोगो र मिल्दो जुल्दो नाम राखेर खोलिएका सबै प्रकारका सामाजिक सञ्जाल र वेभ साईट सञ्चालन नगर्न सचेत गराएको छ । विश्वविद्यालयका नाममा दजनौं फेसबुक र ट्वीटर ह्याण्डल सञ्चालनमा छन् । यसले गर्दा आधिकारिक सामाजिक सञ्जाल कुन हो भन्ने बारेमा विद्यार्थी बिच अन्यौल उत्पन हुने र अनलाईन कक्षा सञ्चालनमा समेत बाधा पुग्ने ठानेर विश्वविद्यालयले सचेत गराएको हो । रजिष्टारको कार्यालय अन्र्तगतको सूचना तथा जनसम्पर्क महाशाखाले एक सूचना निकाल्दै विश्वविद्यालयको आधिकारिक लोगो प्रयोग गरी सामाजिक सञ्जालमा एकाउण्ट खोल्दा भ्रम सृजना भएको र यसल
काठमाडौं - कोरोना भाईरस कोभिड १९ को जोखिम नियन्त्रण गर्न सरकारले लकडाउन गरेसँगै रोकिएको पठनपाठनलाई अनलाईन मार्फत सञ्चालन गर्ने गरी त्रिभुवन विश्वविद्यालयले अनलाईन कक्षा सञ्चालन निर्देशिका जारी गरेको छ । कक्षा सञ्चालनको पूर्व तयारी, कक्षा सञ्चालनको चरण, आचार संहिता र कारबाही सहित तयार उक्त निर्देशिकाको आधारमा कक्षा सञ्चालन गरिने विश्वविद्यालयले जनाएको छ ।निर्देशिकामा उल्लेख आचार संहिता र कारबाहीमा सम्बन्धित बाहेकका कक्षामा सहभागी हुन शिक्षकलाई रोक लगाउने व्यवस्था गरिएको छ । 'कुनै पनि पूर्णकालीन शिक्षकले विश्वविद्यालयको विभाग, स्कुल वा आंगिक क्याम्पस बाहेक अन्य शैक्षिक संस्थाको अनलाइन कक्षा
काठमाडौं - लकडाउनसँगै रोकिएको पठनपाठन कसरी सञ्चालन गर्ने भन्ने बारेमा प्रदेश ५ सरकार अन्योलमै रहेको छ । संसारले भोगेको वर्तमान संकटको अवस्थामा के कस्ता विकल्पमा जान सकिन्छ भन्ने बारेमा छलफल जारी रहे पनि निर्क्र्यौल ननिस्केको प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताएका छन् । जोखिमको अवस्था विश्लेषण गरेर निश्चित क्षेत्र बन्द गरी पठनपाठन शुरु गर्ने की भन्ने विकल्पमा पनि छलफल केन्द्रित रहेको उनको भनाई छ । कोरोना भाईरस कोभिड १९ को जोखिम न्यूनिकरण गर्न सरकारले लकडाउन गरेसँगै पठनपाठन सञ्चालन गर्नेबारे प्रदेश सरकारले गरेको तयारीका सम्बन्धमा शिक्षा पत्रकार समूहले गरेको