काठमाडौं । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण स्थगित भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । बुधबार सााझ बसेको मन्त्रिपरिषदको बैठकले विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो । गत चैत ६ गते देखि हुने भनिएको कक्षा १० को एसइई परीक्षा कोरोना जोखिमका कारण गत चैत ५ गतेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयपछि स्थगित गरिएको थियो । विद्यालयहरूले आन्तरिक मूल्यांकनको नम्बर परीक्षा बोर्डमा पठाउनेछन् र, त्यसकै आधारमा ग्रेड निर्धारण गरेर परीक्षाफल सार्वजनिक हुने बताइएको छ ।
काठमाडौं । लकडाउनका कारण रोकिएको एसइई र कक्षा ११ र १२को परिक्षाबारे एक साता भित्र निर्णय हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले परिक्षाका विषयमा विभिन्न तिन विकल्पमा अध्ययन भइरहेको र त्यसका बारेमा आउने साता निचोडमा पुग्ने बताएका छन् । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले विहिबार गरेको भर्चुअल संवादमा उनले विकल्पका विषयमा साता दिन भित्र निर्णय हुने बताए । अहिले परीक्षा सञ्चालन गर्न सकिन्छ वा सकिँदैन भन्ने विषयमा छलफल भइरहेको बताउँदै उनले परीक्षा सञ्चालन गर्न सम्भव नभए राष्ट्रिय परीक्षा बोर्डले मान्यता दिन कस्तो कानूनी उपाय अवलम्बन गर्नुपर्छ भन्ने विषयमा पनि छलफल भइरहेक
विराटनगर । लकडाउन उलंघन गरी विराटनगरको पोखरिया माविले विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा लिएको विषयमा आरोप प्रत्यारोप चल्न थालेको छ । यो विषयमा सामुदायिक र निजी विद्यालय संचालकका संस्थाबीच नै आरोप प्रत्यारोप चल्न थालेको हो । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ(हिसान) मोरङ, नेपाल निजी तथा आवाससीय विद्यालय संगठन (एनप्याब्सन) विराटनगर,संस्थागत विद्यालय शिक्षक युनियन(इष्टु) मोरङ र निजी तथा आवासीय विद्यालय संगठन(प्याब्सन) विराटनगरले संयुक्त विज्ञाप्ती प्रकाशित गरी पोखरियाले गल्ती ढाकछोप गर्न खोजेको आरोप लगाएका छन् । कोरोना भाइरसको महामारीले आक्रान्त भएका बेला एकल निर्णयमार्फत ठूलो संख्याम
धरान/ सरकारले अर्थिक वर्ष २०७७/०७८ को लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ १ खर्ब ७१ अर्ब ७१ करोड २२ लाख बिनियोजन गरिएको छ । अर्थमन्त्री डा युबराज खतिवडाले बिहिबार दुबै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/०७८ को बजेट प्रस्तुत गर्दै शिक्षा क्षेत्रमा १ खर्ब ७१ अर्ब ७१ करोड २२ लाख बिनियोजन गरेको बताएका छन् । शिक्षा क्षेत्रमा ४ वर्षयताकै बढी बजेट बिनियिजोन गरिएको हो । गत वर्ष शिक्ष क्षेत्रमा १ खर्ब ६५ अर्ब ७६ करोड छुट्याइएको थियो । यसपाली यो रकम ७ अर्ब ९६ करोडले बृद्धि भएको छ । कुल बजेटको ११. ६४प्रतिशत बजेट शिक्षा क्षेत्रमा बिनियोजन भएको छ , जनु चालु आर्थिक वर्षको भन्दा यो करिब
मोरङको शैशिक केन्द्रको रूपमा परिचित पथरीकै धरोहर अन्नपूर्ण मावि पूर्णतः सञ्चालनमा आउने भएको छ । पथरीबजार, पथरी शनिश्चरे नपा वडा नं। १, अन्नपूर्ण चौकस्थित यो स्कुललाई स्थानीय उद्यमी एवं व्यवसायी भूवनसिंह लिम्बुलगायतको समुहले लक डाउनको लगत्तैपछि पूनः आकर्षक शिक्षाकेन्द्रको रूपमा सञ्चालनमा ल्याउने भएका छन् । स्कुलसँग सम्बद्ध सबै शिक्षक, अभिभावक, विद्यार्थी र सरोकारवाला कोही पनि विचलित नभइकन पूर्णरुपमा सञ्चालन हुने कुरामा विश्वस्त रहन र स्थानीय युवा एवं सिर्जनशील युवाजमातले सञ्चालन गर्ने यहाँको शैक्षिक गुणस्तरसहित स्वच्छ वातावरणबाट प्रशस्तै लाभ लिन स्कुल निर्देशक संसार थेवेले बताउनुभएको छ ।
धरान /विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण स्थगित गरिएको २०७६ को एसईई परीक्षा नगराउन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले आग्रह गरेको छ । प्याब्सनले मंगलबार विज्ञप्ति जारी गर्दै कोभिड–१९ ले गर्दा परीक्षा सञ्चालन गर्ने अवस्था नभएको भन्दै माध्यमिक शिक्षा परीक्षा (एसई) को ग्रेड निर्धारण आन्तरिक परीक्षाबाटै गर्न आग्रह गरेको हो । प्याब्सन द्वारा जारी विज्ञप्तीमा, यस वर्षको परिक्षामा सामेल हुने विद्यार्थीहरूका लागी मात्रै लागु हुनेगरी विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई नै राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरी ग्रेड सिट र प्रमाणपत्र दिने व्यवस्था गर्न
धरान धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसले स्नातकोत्तर तहका केही विषयमा अनलाइन कक्षा सञ्चालन गर्न थालेको छ । क्याम्पसले मानविकी, शिक्षा र व्यवस्थापन सङ्कायका केही विषयमा अनलाइन कक्षा सञ्चालन गरिरहेको क्याम्पस प्रमुख दामोदर भण्डारीले बताए । उनका अनुसार अहिले मानविकी र शिक्षा सङ्कायतर्फ नेपाली, अङ्ग्रेजी र अनिवार्य विषयका साथै व्यवस्थापन सङ्कायतर्फ पनि केही विषयका कक्षा सञ्चालन भइरहेका छन् । कोरोना भाइरसको त्रासका कारण सरकारले घोषणा गरेको बन्दाबन्दीको समय अनिश्चित भएको हुઁदा यसबीचमा विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुगोस् भनेर अनलाइन कक्षा सञ्चालन गरेको क्याम्पस प्रमुख भण्डारीको भनाइ छ ।
सामुदायिक तथा निजी विद्यालयहरुले गत चैत्र ५ गते सम्पन्न गरेको शैक्षिक सत्र २०७६ को परीक्षाफल सामाजिक सञ्जाल फेसबुक पेजमार्फत प्रकाशन गरेका छन् । कोरोना भाइरसको संक्रमणको विषम परिस्थितिमा परीक्षाफल प्रकाशित गर्नुपर्ने विद्यालयहरुको कर्तव्य रहेकाले नतिजा प्रकाशन गर्नुपरेको वराहक्षेत्रस्थित हिमालयन इङ्लिस स्कुलका प्रिन्सिपल आलोक श्रेष्ठले जानकारी दिए । चतरास्थित हिमालयन इङ्लिस स्कुलसँगै, वराह राइजिङ स्टार इङ्लिस स्कुल, आइरिस वराह एकेडेमीलगायतका विद्यालयले फेसबुकमार्फत परीक्षाफल प्रकाशित गरेका छन् ।स्थानीय केही सामुदायिक विद्यालयहरुले समेत फेसबुक पेजमार्फत् परीक्षाफल प्रकाशित गरिरहेका छन् । कक्
विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले उदयपुरका मानिस देख्नासाथ डराउने मनोविज्ञान ठिक नभएको बताएका छन् । शिक्षा पत्रकार समूहले आइतबार आयोजना गरेको ‘भर्चुअल प्रेसमिट’मा मन्त्री घिमिरेल उदयपुरका मानिस देख्नासाथ हुने डराउने र गरिने व्यवहारबारे आफूँ जानकार भएको बताए । भने,‘‘उदयपुरका मानिस देख्नासाथ अन्यत्रका मानिस डराउने गरेका समाचारहरुमा पनि हेर्छु । सुन्छु तर यो ठिक होइन ।’’ मन्त्री घिमिरेले उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केमा मात्र संक्रमण सीमित रहेको र त्यसलाई प्रदेश सरकारले अन्यत्र फैलनबाट रोकिराखेको सुनाए । ‘&lsquo
धरान /विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि सरकारले १ महिना अघि देखि लकडाउन जारी गरेको छ । लकडाउन अवधिमा विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाईनमा सञ्चालन गर्न सहयोग पुर्याउने उद्देश्यले नेपाल टेलिकमले ई–शिक्षा प्याकेज कार्यान्वयनमा ल्याएको छ । ई–शिक्षा प्याकेज नेपाल टेलिकमले प्रदान गर्ने सबै प्रकारका जीएसएम मोबाइल डाटा सेवा मार्फत प्रयोग गर्न सकिने छ । विशेष ई–शिक्षा प्याकेज अन्तर्गत २६० रुपैयाँमा ६ जिबी र ५०० रुपैयाँमा १५ जिबी डाटा २८ दिनभित्र उपयोग गर्न सकिने गरी उपलब्ध हुनेछ । २६० रुपैयाँमा प्राप्त हुने कूल ६ जिबीमध्ये ३ जिबी डाटा बिह