अर्थ

    Showing 951-960 of 1,054 items.
  • विराटनगरमा बैंकका टेलर सेवा बन्द

    विराटनगर । समुदायस्तरमा कोरोना फैलिएको निश्कर्षसहित पुनः १५ दिने लकडाउनमा गएको विराटनगरमा बुधबार बैंकबाट हुने ‘क्यास’ कारोबारसमेत बन्द गरिएको छ । विराटनगर महानगरपालिकाले मंगलबार सूचना जारी गरी ‘बैंक तथा वित्तीय संस्थामा मानिसहरुको अधिक भिंडभाँड भई संक्रमण थप फैलन सक्ने जोखिम भएको’ भन्दै बैंकका टेलर संचालन नगर्न सूचित गरेको थियो । प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी पोखरेलले सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाबाट विद्युतीय कारोबार आईपिएसतर्फ सेवाग्राहीलाई प्रेरित गर्न आग्रह गरेका थिए । राष्ट्र बैंक विराटनगरका विराटनगरमा २८ वटै वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिय अन

    • प्रकाशित मितिः साउन २१, २०७७
    • 833 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनको मुल्य यो वर्षकै उच्च

    काठमाडौं /  सुनको मुल्य बुधबार वृद्धि हुदाँ अहिले सम्मकै नयाँ रेकर्ड कायम भएको छ । तोलामा एकैदिन १६ सय रुपैयाँले वृद्धि हुदाँ यो वर्षकै उच्च मुल्य कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (बुधबार) का लागि तोलाको १ लाख १ हजार ४ सय रुपैयाँ कायम गरेको छ । एक वर्षमा सुनको मूल्य तोलामा ३३ हजार ४ सय रुपैयाँ बढेको छ । मंगलबार छापावाल सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँका कारोबार भएको थियो । त्यस्तै , चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च तोलाको १२ सय ९५ रुपैयाँ पुगेको छ । आज चाँदीको मुल्य रु ६५ रुपैँयाले बढेको छ ।

    • प्रकाशित मितिः साउन २१, २०७७
    • 1,201 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सरकारले रोक्का गरेको ६० वर्ष मुनिका एकल महिला तथा अपाङ्गता भत्ता नविकरण खुल्यो

    धरान । सरकारले रोक्का गरेको ६० वर्ष मुनिका एकल महिला र अपाङ्गता भत्ता पुनः नविकरण गर्न खुल्ला गरिदिएको छ । साउन १५ गते गृहमन्त्रालयको निर्णय अनुसार ६० वर्ष मुनिका एकल महिला तथा अति अशक्त अपाङ्गता भएकाहरुको नविकरण गर्न स्थानीय तहहरुमा सुचना जारी गरेको छ । सरकारले सामाजिक सुरक्षा कार्यक्रमलाई व्यवस्थित गर्ने भन्दै २०७५ असोजमा पारित सामाजिक सुरक्षा ऐन र त्यसलाई लागु गर्न २०७६ चैत्रमा पारित गरिएको सामाजिक सुरक्षा नियमावली विवादमा परे पछि नविकरण समेत रोक्का राखेको थियो । गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले नयाँ व्यवस्था अनुसार मात्रै सामाजिक सुरक्षा भत्ता वितरण ग

    • प्रकाशित मितिः साउन १७, २०७७
    • 1,987 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वराहक्षेत्रमा करुणाको ५० लाख बढीको कार्यक्रम

    वराहक्षेत्र / वराहक्षेत्र नगरपालिकामा अपांगता रोकथाम तथा पुनस्थापनाका लागि काम गर्दै आएको करुणा फाउण्डेशन र वराहक्षेत्र नगरपालिका बीच आर्थिक वर्ष २०७७।७८ का लागि दुई पक्षीय सम्झौता भएको छ । आर्थिक वर्ष २०७६।७७ मा नगरपालिकाको २५ लाख रुपैयाँ र फाउण्डेशनको २५ लाखको साझेदारीमा काम गरेको संस्थाले चालु आर्थिक वर्षमा प्रदेश सरकारसमेतबाट प्राप्त बजेटमा ५० लाख बढीको काम गर्ने भएको छ । शुक्रबार नगरपालिकाका तर्फबाट नगर प्रमुख निलम खनाल र फाउण्डेशनका तर्फबाट सहनिर्देशक योगेन्द्र गिरीले दुई पक्षीय सम्झौतामा हस्ताक्षर गरी हस्तान्तरण गरेका छन् । चालु आर्थिक वर्षमा प्रदेश १ सरकारको १५ लाख, वराहक्षेत्र नगरपा

    • प्रकाशित मितिः साउन १६, २०७७
    • 1,030 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वराहक्षेत्रका तीन वडालाई नमूना कृषि प्रविधि गाउँ बनाइने

    वराहक्षेत्र नगरपालिकाका वडा नं. ८, ९ र १० लाई कृषि नमूना प्रविधि गाउँ क्षेत्र निर्धारण गरी कार्यक्रम कार्यान्वयन गरिने भएको छ । यी स्थान वराहक्षेत्र नगरको कृषि उत्पादनको मुख्य क्षेत्र र अन्न भण्डार हुन् । बुधबार वराहक्षेत्र नगरपालिकाका मेयर, प्रमुख प्रशासकीय अधिकृत, कृषि शाखाका कर्मचारी र नेपाल कृषि अनुसान्धन परिषद्का विज्ञ र प्राविधिकहरुले स्थानीय कृषकसँग गरिएको अन्तक्र्रियामा वराहक्षेत्रका दक्षिणी क्षेत्रका तीन वटा वडालाई नमूना प्रविधि गाउँका रुपमा विकास गर्ने अवधारणा अघि बढाइएको छ ।  कृषि अनुसान्धन परिषद्ले विकास गरेको बालीको जात, पशुपन्छीको जात, फलफूलको जात, तरकारीको जात, साथै उन्नत

    • प्रकाशित मितिः साउन १५, २०७७
    • 1,448 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • राहत शिक्षकले सुनाए नगर प्रमुखलाई पीडा

    बराहक्षेत्र / वराहक्षेत्र नगरका राहत शिक्षकले शिक्षण सेवा सहज बनाइदिन अनुरोध गर्दै विभिन्न माग राखेका छन् । नगर प्रमुख निलम खनालसँगको छलफलमा राहत शिक्षकहरुले शिक्षकका योग्यता, क्षमता र आवश्यक्ताअनुसार स्थान दिन माग गरे । बुधबार वराहक्षेत्र नगर प्रमुखको कार्यकक्षमा राहत शिक्षकहरुले गृहणी शिक्षकलाई सहज शिक्षणको व्यवस्था गरिदिन, शारीरिक असक्तलाई शिक्षण सेवामा सहजीकरण गरिदिन, दुर्गम क्षेत्रमा काम गर्ने शिक्षकलाई घरपायक सेवा गर्ने अवसर दिन, शिक्षा विभागबाट गर्ने काममा राहत शिक्षकलाई बाइपास गर्ने गरेकोमा आवश्यक निर्देशन दिन नगर प्रमुखलाई अनुरोध गरे । राहत शिक्षक अनिल बरालले शिक्षकका योग्यता र प्रति

    • प्रकाशित मितिः साउन १४, २०७७
    • 1,452 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खोल्साको सुनले मूल्य पाएन, किसान र व्यापारी चिन्तित

     इलाम/  खोल्साको सुनु अथवा कालो हीरा को उपमा पाएको अलैची किसानहरुको लागि आम्दानीको श्रोत रहेको मानिन्छ । खेर गएको र अन्य केही नफल्ने खोल्सामा उत्पादन हुने भएकोले खोल्साको सुन र सुकाउदा कालो रंगको देखीएपछि निक्कै मुल्यवान भएकाले कालो हिराको उपमा पाएको अनुमान छ । तर उत्पादन सुरु भएसँगै निरन्तर ओरालो लागेको अलैंची मूल्यमा गतवर्ष केही वृद्धि भएपछि उत्साहीत बनेका किसानमा निरासा थपिएको थियो । मूल्यमा निरन्तर गिरावटपछि किसान अलैंचीखेतीको विकल्प खोज्न लागेका किसान गत वर्ष मूल्यमा आएको सुधारले केही आशा पलाएपनि लकडाउन भएसँगै मूल्य ह्वात्तै घटेपछि निरास बनेका हुन । अघिल्लो वर्ष ३० हजार रुपैयाँ

    • प्रकाशित मितिः साउन १४, २०७७
    • 2,223 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • इलाममा सवारी कार्वाहिमा ३० लाख राजश्व गिरावट

    इलाम / सवारी नियम मिच्ने साधनलाई कारबाहिबाट संकलन हुने राजश्व आर्थिक ०७५/७६ को तुलनामा ०७६/७७ मा कम भएको छ । कोरोना र लकडाउनका कारण ०७६।७७मा राजश्व संकलनमा कमी भएको हो । आर्थिक वर्ष ०७६।०७७ मा ८ हजार ७ सय १५ वटा सवारी साधनबाट कारबाहि स्वरुप ४९ लाख ९९ हजार राजश्व संकलन भएको छ । जुन गत वर्षको भन्दा कमी हो । अघिल्लो वर्ष सवारी साधनबाट ८० लाख १४ हजार ५ सय संकलन भएको थियो । लकडाउनको कारण चैत्र देखि सवारीसाधन बन्द भएका कारण अघिल्लो वर्षको तुलनामा ३० लाख १५ हजार ५ सय रुपैयाँ कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्याल इलामले जनाएको छ ।  कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष ०७६/७७मा १ सय ८६ वटा बसब

    • प्रकाशित मितिः साउन १२, २०७७
    • 945 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • सुनको मुुल्य वृद्धि हुँदा आज फेरी नयाँ रेर्कड

    काठमाडौं / सुनको मुल्य आज सोमबार वृद्धि हुदाँ अहिले सम्मकै नयाँ रेकर्ड कायम भएको छ । तोलामा एकैदिन १२  सय रुपैयाँले वृद्धि हुदाँ अहिले सम्मकै नयाँ रेकर्ड कायम भएको छ । हिजो आइतबार सुनको मुल्य तोलाको ९६ हजार तीन सय रुपैयाँ कायम भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासघंका अनुसार सोमबार छापावाल सुुनको भाउ प्रतितोला १२ सयले बढेपछि तोलाको ९७ हजार ५ सय रुपैयाँ कायम भएको हो । त्यस्तै ,  चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च तोलाको १२ सय १० रुपैयाँ पुगेको छ ।

    • प्रकाशित मितिः साउन १२, २०७७
    • 1,436 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कफी तथा एभोकाडोको व्यावसायिक खेती सुरु

    धनकुटा / धनकुटाको पाख्रीवास नगरपालिका–८ मुगामा कफी तथा एभोकाडोको व्यावसायिक खेती सुरु गरिएको छ । सो क्षेत्रलाई कफी पकेट क्षेत्र घोषणा गरेर व्यवसायिक कफी तथा एभोकाडो खेती शुरु गरिएको हो । मुगा पाख्रीबास कृषि सहकारी सस्थाले एक कार्यक्रमका बीच व्यावसायिक खेती उद्घाटन गरेको छ । संघीय सांसद राजेन्द्र राईले कफी तथा एभोकाडोको बिरुवा रोपेर खेती उद्घाटन गरेका छन् । सो क्रममा पाख्रीबास नगरपालिकाका प्रमुख बिर्षबहादुर राई, मुगा कृषि सहकारीका अध्यक्ष रेवतबहादुर थापा लगायतले कफी र एभोकाडोको विरुवा रोपेका थिए । कार्यक्रममा संघीय सांसद राईले पाख्रीबास नगरपालिकालाई कृषि क्षेत्रमा अघि बढाउन पहल गर्ने बता

    • प्रकाशित मितिः साउन ११, २०७७
    • 1,619 पटक पढिएको
    • "सन्तोष रुचाल"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved