कफी तथा एभोकाडोको व्यावसायिक खेती सुरु

  • साउन ११, २०७७
  • "सन्तोष रुचाल"
alt

धनकुटा / धनकुटाको पाख्रीवास नगरपालिका–८ मुगामा कफी तथा एभोकाडोको व्यावसायिक खेती सुरु गरिएको छ ।
सो क्षेत्रलाई कफी पकेट क्षेत्र घोषणा गरेर व्यवसायिक कफी तथा एभोकाडो खेती शुरु गरिएको हो । मुगा पाख्रीबास कृषि सहकारी सस्थाले एक कार्यक्रमका बीच व्यावसायिक खेती उद्घाटन गरेको छ । संघीय सांसद राजेन्द्र राईले कफी तथा एभोकाडोको बिरुवा रोपेर खेती उद्घाटन गरेका छन् । सो क्रममा पाख्रीबास नगरपालिकाका प्रमुख बिर्षबहादुर राई, मुगा कृषि सहकारीका अध्यक्ष रेवतबहादुर थापा लगायतले कफी र एभोकाडोको विरुवा रोपेका थिए ।

कार्यक्रममा संघीय सांसद राईले पाख्रीबास नगरपालिकालाई कृषि क्षेत्रमा अघि बढाउन पहल गर्ने बताउँदै पाख्रीवासलाई कफीको राजधानीको रुपमा विकास गर्न आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । पाख्रीवास नगरपालिकाका प्रमुख बिर्षबहादुर राईले पाख्रीबास नगरपालिकाका अधिकांस क्षेत्र कफी खेतीका लागि उपयुक्त रहेकाले नगरपालिकाले कफी पकेट क्षेत्र घोषणा गर्ने तयारी गरी रहेको बताए ।

मुगा पाख्रीवास कृषि सहकारी संस्थाले मुगाको ५ सय रोपनी क्षेत्रमा एभोकाडोका ३ हजार र कफीका ६ हजार बिरुवा रोप्ने तयारी गरेको संस्थाका अध्यक्ष रेवतबहादुर थापाले बताए । पाख्रीवास नगरपालिका जिल्लाको कृषि र पर्यटकिय क्षेत्रको हिसाबले अग्रणी स्थानमा रहेको छ । त्यसैले पाख्रीवासमा दुई वर्ष अगाडीदेखि कृषि क्याम्पसमा पनि संचालन भईरहेको छ ।

coffee-Kheti-Pakhribas 2 coffee-Kheti-Pakhribas 3

बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिर परिसरमा शेष नागको मूर्ति राखिएको छ

धनकुटाको हिले बजार नजिक रहेको बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिर परिसरमा शेष नागको मूर्ति राखिएको छ ।

नाग पञ्चमीको अवसर पारेर एक कार्यक्रमका बीच नागको मूर्ति अनावरण गरिएको हो । धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्ग र हिलेस्थित २ नं. बाहिनीका बाहिनीपति यमकुमार ढकालले मूर्तिको संयुक्त रुपमा अनावरण गरेका छन् । २ लाख ७ हजार बराबरको लागतमा मूर्ति निर्माण गरिएको हो । करिब ११ बर्ष अगाडी नाग देखा परेपछि मन्दिरको रुपमा विकास गरिएको सो क्षेत्र अहिले धार्मिक पर्यटकीय क्षेत्रको रुपमा बिकास हुदै गएको छ ।nag-dkt-hile

सामाजिक सुरक्षा कार् ...

धनगढी । सार्वजनिक यातायात क्षेत्रको संरचना परिवर्तनले ल ...

विषालु च्याउ खाँदा इ ...

इलाम/  इलामको माङसेबुङ गाउँपालिका–५ मा ...

धरानमा समता दिवस मना ...

धरान/  राष्ट्रिय समता दिवसको अवसरमा नेपाली कांग्रे ...

धरान भित्रको दुर्गम ...

धरान/ साविकको पाँचकन्या गाविस तथा धरान उपमहानगपालि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved