इलाममा सवारी कार्वाहिमा ३० लाख राजश्व गिरावट

  • श्रावण १२, २०७७
  • भगीरथ भण्डारी
alt तस्विरः ट्राफिक प्रहरी कार्यलय इलामको फेसबुक बाट

इलाम / सवारी नियम मिच्ने साधनलाई कारबाहिबाट संकलन हुने राजश्व आर्थिक ०७५/७६ को तुलनामा ०७६/७७ मा कम भएको छ । कोरोना र लकडाउनका कारण ०७६।७७मा राजश्व संकलनमा कमी भएको हो ।

आर्थिक वर्ष ०७६।०७७ मा ८ हजार ७ सय १५ वटा सवारी साधनबाट कारबाहि स्वरुप ४९ लाख ९९ हजार राजश्व संकलन भएको छ । जुन गत वर्षको भन्दा कमी हो । अघिल्लो वर्ष सवारी साधनबाट ८० लाख १४ हजार ५ सय संकलन भएको थियो । लकडाउनको कारण चैत्र देखि सवारीसाधन बन्द भएका कारण अघिल्लो वर्षको तुलनामा ३० लाख १५ हजार ५ सय रुपैयाँ कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्याल इलामले जनाएको छ । 

कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष ०७६/७७मा १ सय ८६ वटा बसबाट १ लाख ७ हजार ५ सय, १२ सय १८ ट्रकबाट ७ ला ३८ हजार ३४ सय ८७, जिप कार र भेनबाट १८ लाख २६ हजार साथै ३२ सय ८६ वटा मोटर साइकलबाट २० लाख १९ ५ सय राजश्व संकलन भएको छ । त्यस्तै ४ सय ५५ वटा ट्याक्टरबाट २ लाख ४७ हजार र अन्य ८३ वटा सवारी साधनबाट ६१ हजार राजश्व संकलन गरिएको ट्राफिक प्रहरी कार्यालय इलामका प्रमुख दिलिप चौधरीले बताए ।

अघिल्लो अर्थात आर्थिक वर्ष ०७५।०७६ मा ४ सय ४० बसबाट २ लाख ८४ हजार, १९ सय ४ वटा ट्रकबाट ११ लाख ८९ लाख ५ सय राजश्व संकलन भएको कार्यालको तथ्यांकमा उल्लेख छ । त्यस्तै ५ हजार ४ सय ९५ जि, कार र भेनबाट २९ लाख २१ हजार ५ सय, ५ हजार १ सय २२ मोटरसाइकलबाट ३२ लाख ५६ हजार र ६ सय ४९ ट्याक्टरबाट ३ लाख ६३ हजार ५ सय गरी ८० लाख १४ हजार ५ सय राजश्व संकलन भएको थियो । सवारी धनीपुर्जा नभएका, सवारी चालक अनुमती पत्र नभएका, मापसे गरी सवारी चलाउने लगायतलाई कारबाही गरिएको प्रहरीको भनाई छ ।

कार्यालयले दुर्घटना न्युनिकरण गर्न चालकलाई सचेत गराउने, होडिङ बोर्ड राख्ने लगायतका कार्य गरिरहेको छ । लकडाउनका कारण सडकमा कम सवारी चलेपनि दुर्घटना भने अघिल्लो वर्षको तुलनामा बढेको छ । आर्थिक वर्ष ०७५/०७६ मा साना ठुला गरि २० वटा सवारी दुर्घटना भएका थिए । जसका कारण ९ जनाले अकालमा नै ज्यान गुमाउनु परेको थियो । दुर्घटनाबाट १० जना सक्त घाइते भएका थिए भने ३४ जना सामान्य घाइते भएको कार्यालयको तथ्यांक छ ।

त्यस्तै आव ०७६/७७ मा साना ठुला गरि २१ वटा सवारी दुर्घटनामा परेका छन् । जसका कारण ९ जनाले नै ज्यान गुमाएका छन् ९ जना सक्त घाइते भएका छन् । त्यस्तै दुर्घटनाबाट ९ जना नै सामान्य घाइते भएको कार्यालयले दिएको तथ्यांकमा उल्लेख छ ।

 

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved