खोल्साको सुनले मूल्य पाएन, किसान र व्यापारी चिन्तित

  • श्रावण १४, २०७७
  • भगीरथ भण्डारी
alt

 इलाम/  खोल्साको सुनु अथवा कालो हीरा को उपमा पाएको अलैची किसानहरुको लागि आम्दानीको श्रोत रहेको मानिन्छ । खेर गएको र अन्य केही नफल्ने खोल्सामा उत्पादन हुने भएकोले खोल्साको सुन र सुकाउदा कालो रंगको देखीएपछि निक्कै मुल्यवान भएकाले कालो हिराको उपमा पाएको अनुमान छ । तर उत्पादन सुरु भएसँगै निरन्तर ओरालो लागेको अलैंची मूल्यमा गतवर्ष केही वृद्धि भएपछि उत्साहीत बनेका किसानमा निरासा थपिएको थियो ।

मूल्यमा निरन्तर गिरावटपछि किसान अलैंचीखेतीको विकल्प खोज्न लागेका किसान गत वर्ष मूल्यमा आएको सुधारले केही आशा पलाएपनि लकडाउन भएसँगै मूल्य ह्वात्तै घटेपछि निरास बनेका हुन । अघिल्लो वर्ष ३० हजार रुपैयाँमा अलैची बेचेका किसान लकडाउन पछि ह्वात्ते मूल्य घटर २२ हजार भएपछि चिन्तित बनेका छन । अलैची टिप्ने समय शुरु हुनै लाग्दाको मूल्य गिरावटले किसानलाई निरासा बनाएको छ । पटक पटक अलैची खेतीमा रोग लागेर बगान मासिने क्रम र केही बँचेको बगान बाट भएको उत्पादनले पनि उचित मूल्य नपाउँदा अलैची खेती बिकल्प खोज्ने बेला भएको अलैची किसान मूना ढकालको भनाई छ । उनी भन्छिन “शुरुमा अलैची खेतीमा आकर्षण थियो मेहनत पनि गरियो तर कँही कतैबाट पनि रोग नियन्त्रण गर्न सहयो मिलेन । अहिले त मूल्यको कारण पनि अलैचीे खेती नगर्नु जस्तो लाग्छ ” ।

अलैचीको मूल्य शुरु शुरुमा एकलाख हाराहारीमा रहेको थियो । यो मूल्य लामोसमय टिक्न भने सकेन । विचमा २० हजार रुपैयामा पनि किनवेच भएको अलैची गत वर्ष ३० हजार सम्ममा बिक्रि भयो तर लक डाउन पछि अलिे घटेर २२ हजार रुपैयाँ भएको इलाम नगरपालिका ५ विब्ल्याँटेका व्यापारी कृष्ण पौडेल बताउँछन । पौडेल भन्छन ”लकडाउनका कारण बाहिरी बजारमा जान नपाएको कारण पनि मूल्य घटेको हो” अघिल्लो वर्ष ३० हजार लगाएर किनेको अलैची ५० प्रतिसत हामि सँगै छ अहिले २२ हजारमा बेच्नु परेपछि व्यापारी घाटामा रहेको बताउँछन” ।

नेपालको केहि जिल्लामा मात्र सिमीत हुदाँ अलैचीको मूल्य राम्रो भएको थियो । नेपालका अन्य जिल्लामा खेति विस्तार सँगै उत्पादन पनि बढेपछि मूल्य घटेको हो । भारतमा पनि उत्पादन बढ्यो र अलैचीलाइ मसलामा प्रयोग गरिने भएको हुँदा विकशित मूलुकले मसलाका लागी शुकमेल उत्पादन गरेर प्रयोग गरेपछि अलैचीको मूल्य एकनास नभएको अलैची व्यवसाही सँघका अध्यक्ष विजय खाकी बताउँछन । इलामका किसान गोविन्द पौडेल भन्छन मूल्यको उतार चडाव र बगानमा रोग लागेकै कारण अलैची किसान मारमा परेका छन” । उनी भन्छन “अलैची क्षेत्रमा काम गर्न आएको देशकै पहिलो अलैची विकास केन्द्रले प्राविधिक सहयोग नभएको गुनासो गर्छन । यता अलैची विकास केन्द्रका प्रमुख पदम अधिकारी भने मूल्य घटबड र बगानमा रोग लागेका कारण किसानमा अलैची खेती प्रति आकर्षण घटेको बताउँछन ।

नेपालका ४२ भन्दा बढि जिल्लामा अलैची खेती हुने गरेको भएपनि प्रदेश १ का इलाम, धनकुटा, तेह्थुम, ताप्लेजुङ, पाँचथर, संखुवासभा, खोटाङ जिल्लामा धेरै हुने गरेको पाईन्छ । कृषि मन्त्रालयको तथ्याङ्क हेर्ने हो भने नेपालमा १८ हजार २ सय ७३ हेक्टरमा अलैची खेती हुने गर्छ । आर्थिक वर्ष २०७५७६ मा नेपालमा ७ हजार ९ सय ५४ मेट्रिकटन अलैची उत्पादन भएको तथ्याङ्क रहेको छ ।

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

धरानको खानेपानी योजन ...

ललितपुर/धरानले वर्षौँदेखि झेलिरहेको खानेपानी समस्यालाई ...

सिंहदेवी गोल्डकपमा ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खाँदले सिंहदेवी गोल्ड ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved