वराहक्षेत्रका तीन वडालाई नमूना कृषि प्रविधि गाउँ बनाइने

  • श्रावण १५, २०७७
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र नगरपालिकाका वडा नं. ८, ९ र १० लाई कृषि नमूना प्रविधि गाउँ क्षेत्र निर्धारण गरी कार्यक्रम कार्यान्वयन गरिने भएको छ । यी स्थान वराहक्षेत्र नगरको कृषि उत्पादनको मुख्य क्षेत्र र अन्न भण्डार हुन् ।

बुधबार वराहक्षेत्र नगरपालिकाका मेयर, प्रमुख प्रशासकीय अधिकृत, कृषि शाखाका कर्मचारी र नेपाल कृषि अनुसान्धन परिषद्का विज्ञ र प्राविधिकहरुले स्थानीय कृषकसँग गरिएको अन्तक्र्रियामा वराहक्षेत्रका दक्षिणी क्षेत्रका तीन वटा वडालाई नमूना प्रविधि गाउँका रुपमा विकास गर्ने अवधारणा अघि बढाइएको छ ।barahakshetra 1

 कृषि अनुसान्धन परिषद्ले विकास गरेको बालीको जात, पशुपन्छीको जात, फलफूलको जात, तरकारीको जात, साथै उन्नत तथा नवीनतम प्रविधिहरुलाई छनोट भएका समुदायमा उपलब्ध गराइने कृषि शाखाका जेटिए नीरबहादुर राईले जानकारी दिए ।
कृषि प्राविधिकहरुले सर्भेक्षण गरी वराहक्षेत्र नगरपालिका वडा न. ८, ९ र १० का विभिन्न स्थान र समुदायमध्ये उपयुक्त र उत्साहित कृषकहरुको छनोट गरी कार्यक्रम लागू गर्ने निर्णय भएको छ ।

barahakshetra 4

 जेटिए राईका अनुसार कार्यक्रमा समावेश भएका राम्रा र कृषकले मन पराएका प्रविधि तथा जातलाई नेपालको अन्य क्षेत्रहरुमा हावापानी सुहाउँदो स्थानमा विस्तार गरिने हुनाले यस कार्यक्रम कार्यान्वयन भइरहँदा नगरवासी कृषकले ठूलो अवसर लिने छन् । कृषि प्रविधिमा नगरलाई नमूनाका रुपमा विकास गर्ने कामको सुरुवात गर्न लागेको नगर प्रमुख निलम खनाल प्रतिक्रिया दिए । उनले यस कार्यक्रमले कृषि पर्यटनमा टेवा पुर्याउने र कृषलाई समेत ठूलो अवसर दिने बताए ।

barahakshetra 3

 नगर प्रमुख खनालको प्रमुख अतिथ्यतामा बसेको कृषि नमुना प्रविधि गाँउ क्षेत्र निर्धारणसम्बन्धी अन्तरक्रियामा नेपाल कृषि अनुसन्धान परिषद् तरहराका निर्देशकलगायत अन्य ४ अनुसन्धान केन्द्रका प्रमुखको उपस्थिति थियो ।

के हो कृषि नमुना प्रविधि गाँउ क्षेत्र ?
प्राविधिकका अनुसार यो कृषि नमूना प्रविधि गाँउ क्षेत्र नेपालको ३ स्थानमा मात्रै रहने छ । यो कृषि स्रोत केन्द्र भएकाले यस क्षेत्रबाट अन्य क्षेत्रले पनि सिक्न सक्ने छन् । भ्रमण तथा अवलोकलन बढ्ने छ । र, कृषि व्यापार व्यवसायमा समेत वृद्धि हुने विश्वास लिइएको छ ।

barahakshetra 2

 यसमा प्रयोग हुने प्रविधि र बिउ बेर्ना तथा जातहरु उन्नत तथा नवीनतम हुने हुनाले कृषकले बिक्री वितरण गरेर व्यापार व्यवसाय बढाउन सक्ने छन् । हालसम्म भइरहेको खेती पद्धति जीविकोपार्जनमा मात्र सीमित भइरहेकामा कृषकले नाफामुलक कृषि व्यवसायको छनोटको विकल्प रोज्ने अवसर प्राप्त गर्ने छन् ।

कृषकले हालसम्म जानीनजानी गर्दै आएको खेती पद्धतिमा विभिन्न समस्या आई पिरोली रहेको अवस्थामा नार्कका विषय विशेषज्ञसँग प्रत्यक्ष सम्पर्क रहने र स्वयम कृषक समेतको सक्रीय सहभागितामा समाधानको विकल्प खोजी समस्यालाई किनारा लगाउने छन् ।

barahakshetra 6

 समयसमयमा कृषकलाई क्षमता अभिवृद्धि गर्न गराउन तालिम गोष्ठी सेमिनारमा सहभागी गराइने छ । साधारण कृषकलाई अगुवा कृषकका रुपमा रुपान्तरण गरिनेछ । वैदेशिक रोजारबाट फर्केका युवालाई समेत अन्यौलता भइरहेको अवस्थामा कृषिमा सहभागिता गराउन सकिने छ । बेरोजगारी समस्या न्युनीकरण गर्न सकिने छ । कृषकको आर्थिक आम्दानी वृद्धि गर्न सकिने छ ।

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved