लेखनवृत्ति अनुदान वराहक्षेत्रका ४ सञ्चारकर्मीलाई

  • जेठ ३०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी / वराहक्षेत्र नगरपालिकाले प्रत्येक वर्ष प्रदान गर्ने लेखनवृत्ति (फेलोसिप) स्थानीय ४ जना सञ्चारकर्मीलाई प्रदान गर्ने भएको छ ।

सुनसरी सामुदायिक एफएमको आयोजनामा स्थानीय सञ्चारकर्मीलाई प्रशिक्षणसँगै फेलोसिप प्रदान गरिने कार्यक्रम संयोजक विमला घिमिरेले जानकारी दिइन् ।

फेलोसिपमा सहभागीलाई दुई सेशनमा प्रशिक्षण प्रदान गरी फेलोसिप लेखनका लागि फिल्डमा पठाइने बताइएको छ । प्रशिक्षणको सहजीकरण जनता टिभीमा आबद्ध पत्रकार दिनेश गजमेर र स्थानीय पत्रकार सन्तोष गुप्ताले गर्नेछन् ।

फेलोसिपका लागि ‘वराहक्षेत्र नगरपालिकामा क्वारेन्टाइनको अवस्था’का विषयमा र ‘लकडाउनको अवस्थामा वराहक्षेत्रका सीमानाकाको अवस्था’का विषयमा न्युनत्तम १५ मिनेटको भिडियो फिचर तयार गर्नुपर्ने छ । अनलाइन वा पत्रपत्रिकाका लागि भने न्युनत्तम १००० शब्दको फिचर तयार गर्नुपर्ने छ ।

लेखनवृत्तिका लागि वराह टीभी अनलाइनमा आबद्ध सञ्चारकर्मी प्रदीप चौधरी, नयाँ अनलाइन डटकममा आबद्ध सञ्चारकर्मी प्रकाश राई, सुनसरी एफएममा आबद्ध विष्णुमाया पराजुली र स्थानीय सञ्चारकर्मी दीपक पुरी छनोट भएका छन् ।

फेलोसिपका लागि प्रतिव्यक्ति १० हजार रुपैयाँ प्रदान गरिने संयोजक घिमिरेले जानकारी दिइन् ।

 

आजदेखि रोजगार मेला स ...

धरान। आजदेखि धरानमा रोजगारी मेला लाग्ने भएको  छ। उ ...

धरानमा युरोलोजीष्ट ड ...

धरान । पिसाबसँग सम्बन्धित तथा मृगौलाको पत्थरी र मृगौला ...

जिफन्टद्धारा आफ्ना स ...

काठमाण्डौं । आफ्ना सदस्यहरुलाई मुटु, मृगौला, क्यान्सर, ...

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved