वराहक्षेत्रमा करुणाको ५० लाख बढीको कार्यक्रम

  • साउन १६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

वराहक्षेत्र / वराहक्षेत्र नगरपालिकामा अपांगता रोकथाम तथा पुनस्थापनाका लागि काम गर्दै आएको करुणा फाउण्डेशन र वराहक्षेत्र नगरपालिका बीच आर्थिक वर्ष २०७७।७८ का लागि दुई पक्षीय सम्झौता भएको छ ।

आर्थिक वर्ष २०७६।७७ मा नगरपालिकाको २५ लाख रुपैयाँ र फाउण्डेशनको २५ लाखको साझेदारीमा काम गरेको संस्थाले चालु आर्थिक वर्षमा प्रदेश सरकारसमेतबाट प्राप्त बजेटमा ५० लाख बढीको काम गर्ने भएको छ ।

शुक्रबार नगरपालिकाका तर्फबाट नगर प्रमुख निलम खनाल र फाउण्डेशनका तर्फबाट सहनिर्देशक योगेन्द्र गिरीले दुई पक्षीय सम्झौतामा हस्ताक्षर गरी हस्तान्तरण गरेका छन् । चालु आर्थिक वर्षमा प्रदेश १ सरकारको १५ लाख, वराहक्षेत्र नगरपालिकाको ३४ लाख रुपैयाँमा फाउण्डेशनले काम गर्ने भएको छ ।

करुणाले कोरोना संक्रमणका कारण प्रभावित भएका अघिल्ला वर्षका कार्यक्रमलाई रकमान्तरण गरी चालु आवमा समेत कार्यक्रम सञ्चालन गर्ने छ । संस्थाले मिलिजुली समूह गठन गरी संस्थागत क्षमता विकासका कार्यक्रम समेत गर्दै आएको छ ।

करुणा फाउण्डेशनको यो कार्यक्रम निरन्तर तेस्रो वर्षमा चलिरहेको वराहक्षेत्र नगरपालिकाका कार्यक्रम अधिकृत अरुण मेहताले जानकारी दिए ।

सामाजिक सुरक्षा कार् ...

धनगढी । सार्वजनिक यातायात क्षेत्रको संरचना परिवर्तनले ल ...

विषालु च्याउ खाँदा इ ...

इलाम/  इलामको माङसेबुङ गाउँपालिका–५ मा ...

धरानमा समता दिवस मना ...

धरान/  राष्ट्रिय समता दिवसको अवसरमा नेपाली कांग्रे ...

धरान भित्रको दुर्गम ...

धरान/ साविकको पाँचकन्या गाविस तथा धरान उपमहानगपालि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved