राहत शिक्षकले सुनाए नगर प्रमुखलाई पीडा नगर प्रमुखले भने– विद्यालयमा विद्यार्थी नभएको चासो छ कि छैन ?

  • श्रावण १४, २०७७
  • कोशीपत्र/संवाददाता
alt

बराहक्षेत्र / वराहक्षेत्र नगरका राहत शिक्षकले शिक्षण सेवा सहज बनाइदिन अनुरोध गर्दै विभिन्न माग राखेका छन् । नगर प्रमुख निलम खनालसँगको छलफलमा राहत शिक्षकहरुले शिक्षकका योग्यता, क्षमता र आवश्यक्ताअनुसार स्थान दिन माग गरे ।

बुधबार वराहक्षेत्र नगर प्रमुखको कार्यकक्षमा राहत शिक्षकहरुले गृहणी शिक्षकलाई सहज शिक्षणको व्यवस्था गरिदिन, शारीरिक असक्तलाई शिक्षण सेवामा सहजीकरण गरिदिन, दुर्गम क्षेत्रमा काम गर्ने शिक्षकलाई घरपायक सेवा गर्ने अवसर दिन, शिक्षा विभागबाट गर्ने काममा राहत शिक्षकलाई बाइपास गर्ने गरेकोमा आवश्यक निर्देशन दिन नगर प्रमुखलाई अनुरोध गरे ।
राहत शिक्षक अनिल बरालले शिक्षकका योग्यता र प्रतिभालाई आवश्यक स्थान दिन माग गरे । माथिल्लो तहमा काम गर्ने राहत शिक्षकलाई विद्यालयको नेतृत्वको जिम्मेवारी दिनुपर्नेसमेत उनले माग गरे । उनले भने, ‘प्राविमा राहत दरबन्दी भएको शिक्षकले माविस्तरमा अध्यापन गराइरहेका छन् उनीहरुको योग्यता र क्षमताअनुसार दरबन्दी प्रदान गर्नुपर्छ ।’

वराहक्षेत्रमा ६० भन्दा बढी शिक्षक अवकाश हुँदै

वराहक्षेत्र नगरपालिकामा आगामी १० महिनाभित्र ६० जनाभन्दा बढी शिक्षकले अवकाश लिंदै छन् । नगर प्रमुख खनालसँगको छलफलमा राहत शिक्षकले आउँदो १० महिनामा वराहक्षेत्रमा ६० जना शिक्षकले अवकाश लिने भएकाले राहत शिक्षकको आवश्य र सहज व्यवस्थापन गरिदिन माग गरेका छन् ।

अवकाश शिक्षकहरुको गुनासो सुन्दै नगर प्रमुख खनालले अपांगता भएका, दलित महिला र महिलाहरुलाई सहज शिक्षण गराउन सक्ने वातावरण तयार गर्न नगर प्रतिबद्ध भएको बताए । नगर प्रमुखले लिखित निवेदन दिन अनुरोध गर्दै देखिएका समस्या नगर प्रमुखले विभागमा लेखि पठाउने प्रतिबद्धता व्यक्त गरे । ‘अपांगता, दलित महिला र महिलाको सवालमा उनीहरुकै वडामा समायोजन गर्ने नगरको नीति रहेको छ, नगर प्रमुख खनालले भने, ‘हाम्रो पहिलो प्राथमिकता शिक्षकले रोजेको ठाउँमा हुने छ ।’ नगर प्रमुख खनालले शिक्षकको पेशागत हकहितका लागि प्रतिबद्ध रहेको बताउँदै राहत शिक्षकलाई ढुक्क हुन अनुरोध गरे । उनले नगरको नीति र ऐनले तोकेअनुसार व्यवस्थापन गर्ने राहत शिक्षकलाई आश्वस्त पारे ।

नगर प्रमुखले सुनाए पूर्व शिक्षकको पीडा

लामो समयसम्म दूर्गम क्षेत्रमा शिक्षण सेवा गरेका नगर प्रमुख निलम खनालले राहत शिक्षकसामू आफ्नो समयमा भोगेका पीडा सुनाए । उनले निर्दलीय व्यवस्थामा शिक्षकहरुले भोगेका पीडा सुनाए । पीडा सुनाउँदै उनले राहत शिक्षकलाई सोधे, ‘तपाईंहरुले के दुःख पीडा भोग्नु भा‘छ ?, हामीले बीपी कोइरालाका जीवनी पढाएवापत् जागिरबाट हात धुनु परेको थियो ।’ नगर प्रमुख खनालले शिक्षकको दुःख पीडामा संवेदनशील भएर काम गर्ने प्रतिबद्धता जनाए ।
नगर प्रमुख खनालले अनुगमनका क्रममा देखिएका समस्या बारे राहत शिक्षकलाई जानकारी गराउँदै प्रतिप्रश्न गरे, ‘विद्यालयमा विद्यार्थी नभएको चासो छ कि छैन ?’

राहत शिक्षकले नगरपालिकाका तर्फबाट अनुगमन र मूल्यांकन गरिदिन आग्रह गर्दै गुनासो गरे– ‘स्थायीले अस्थायीलाई टेकेको अस्थायीले राहतलाई टेकेको अवस्था हेरिदिनुस् मेयर साब,
काम नगर्ने तलब खाएर बसेका छन्, काम गर्ने घोटिएका घोटिएकै छन् ।’

धरान किड्जीलाई अनुमत ...

धरान/  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

‘कुम्भ स्नान पछि पिण ...

धरान/  प्रत्येक १२ वर्षमा लाग्ने पुर्ण कुम्भ ...

धरानको कार्यपालिका ब ...

धरान /मेयर हर्कराज राईले एकलौटी गरेको निर्णयलाई का ...

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved