अर्थ

    Showing 201-210 of 1,054 items.
  • उद्धार गरेर ल्याइएकी वृद्धालाई आमाले नै हत्या गरिन्! सुनकै लागि ज्यान लिइयो

    मोरङ/ मोरङको ग्रामथान गाउँपालिका–७ की ८९ वर्षीया तिलमाया खड्काको सुनको मुन्द्रीकै लागि हत्या गरिएको खुलासा भएको छ। शनिबार घरबाट बेपत्ता भएकी खड्काको शव आइतबार ग्रामथान–६ मा रहेको सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा घोप्टो परेको अवस्थामा फेला परेको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीमाथि सुनका गहना लुट्नकै लागि हत्या भएको पुष्टि भएको हो। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ग्रामथान–६ की ४० वर्षीया सीता ऋषिदेवलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार तिलमाया नहरमा डुबिरहेको अवस्थामा सीताको १९ वर्षीया छोरी सोनु ऋषिदेवले देखेकी थिइन्। उनले उद्धार गरी तिलमायालाई आफ्नै घर

    • प्रकाशित मितिः जेठ २६, २०८२
    • 2,170 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मल भ्रष्टाचार मुद्दामा फरार खगेन्द्र बस्नेत घरैबाट पक्राउ

    धरान/ रासायनिक मल हिनामिनासम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भई फरार रहेका खगेन्द्र बस्नेतलाई प्रहरीले  पक्राउ गरेको छ।साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, विराटनगरस्थित गोदाममा मौज्दात रासायनिक मल हिनामिनामा संलग्न रहेको आरोपमा विशेष अदालत काठमाडौंले लागत नम्बर ०७६–CR–०१४९ अनुसार २०७९ साल भदौ २८ गते बस्नेतलाई दोषी ठहर गर्दै २ वर्ष ६ महिना कैद र ९ लाख २८ हजार ६ सय ७५ रुपैयाँ जरिवाना तोकेको थियो।फैसला पश्चात् फरार रहेका बस्नेतलाई खोजतलासको क्रममा २०७९ जेठ २५ गते बिहान ७:३० बजे इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी निरीक्षक लेखनाथ दाहालको ने

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 664 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेचीनगरमा ‘लम्पी स्किन’ र ‘अफ्रिकन स्वाइन फ्लू’ संक्रमण, ८० बङ्गुरको मृत्यु

    झापा/ मेचीनगर नगरपालिकाका विभिन्न वडामा पशुहरूमा संक्रामक रोग ‘लम्पी स्किन’ र ‘अफ्रिकन स्वाइन फ्लू’ को संक्रमण देखिएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीका अनुसार वडा नं. २, ३, ७, ८, ९ र १४ का घरपालुवा गाई र बाच्छीहरूमा लम्पी स्किन र वडा नं. ६ मा रहेको एक बङ्गुर फार्ममा अफ्रिकन स्वाइन फ्लूको संक्रमण पुष्टि भएको हो। “लम्पी स्किन र स्वाइन फ्लूको संक्रमण पुष्टि भइसकेको छ,” अधिकृत अधिकारीले बताए, “संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पशु सेवा शाखाबाट सात जना प्राविधिक कर्मचारी परिचालन गरिएको छ।” उनले प्रदेश तथा सङ्घीय स

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 1,360 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा यस्तो छः नमुना सहिद मार्ग (भिडियो )

    धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार्गले धरानको सुन्दरतालाई थप बढाएको छ । उपमहानरकै नमुना मार्गको रुपमा लाङघाली चौकदेखि महादेवचौकको शहिद मार्गले धरानको सुन्दरतालाई थप बढाएको हो ।उपमहानगरपालिकाको वहुवर्षीय योजना अर्न्तगत लाङ्घाली चौकदेखि पूर्व हुँदै महादेव चौक सम्म ८ सय मीटरको ५० फिट फराकिलो पक्की सडक छ । - तस्बिरमा: वडाध्यक्ष नरेश इवारम   आर्थिक वर्ष २०७९।०८० को वजेटद्धारा नगरको गौरवको आयोजना अर्न्तगत ८ करोड वजेट मार्फत पक्की सडक बनेको हो।वडाले २०७५ सालदेखि नै स्तरउन्नती सहित पक्की सडक वनाउनको् लागि नगर गौरबको आयोजना अर्न्तगत काम थालनी गरेको थियो । आर्थिक वर्ष २०

    • प्रकाशित मितिः जेठ २४, २०८२
    • 1,580 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डेरामै चल्दै थियो नक्कली नोट छाप्ने धन्दा, झापाबाट एक जना पक्राउ

    सुनसरी/  झापाको काँकडभिट्टाबाट लाखौँ रुपैयाँ बराबरको नक्कली नेपाली नोट (खोटा मुद्रा) सहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति तेह्रथुमको ओयाक्जुङ गाउँपालिका–५ घर भई हाल कन्काई नगरपालिका–८ लक्ष्मीपुरमा डेरा गरी बस्दै आएका २८ वर्षीय गणेश भारती रहेका छन्। इलाका प्रहरी कार्यालय काँकडभिट्टाका अनुसार, नेपाल बैंकको कार्यालय अगाडि शंकास्पद रूपमा हिँडडुल गरिरहेको अवस्थामा उनलाई चार दिनअघि नियन्त्रणमा लिइएको थियो। प्रारम्भिक जाँचमा उनको साथबाट एक हजार दरका नक्कली नोटहरू गरी १ लाख रुपैयाँ बरामद भएको थियो। शुक्रबार प्रहरी निरीक्षक राजकुमार कार्कीको नेतृत्वमा

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • 960 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा ‘नवरत्न बीट मसाज २०२५’ अभियान सञ्चालन: ७० दिनमा ६० हजार उपभोक्तासम्म पुग्ने लक्ष्य

    सुनसरी/ भारतको प्रतिष्ठित पर्सनल केयर तथा आयुर्वेदिक वेल्नेस कम्पनी इमामी लिमिटेडले आफ्नो लोकप्रिय उत्पादन नवरत्न तेलको प्रत्यक्ष अनुभव प्रदान गर्न सुरु गरेको महत्वाकांक्षी अभियान ‘नवरत्न बीट मसाज २०२५’ सुनसरी जिल्लामा सञ्चालनमा आएको छ। जेष्ठ ११ गतेदेखि सुरु भएको ७० दिने यो अभियान साउन १७ सम्म नेपालको तराई क्षेत्रका २४ जिल्लामा केन्द्रित हुनेछ। अभियानअन्तर्गत जेष्ठ २२ गते इनरुवा बजारमा र जेष्ठ २३ गते ईटहरीस्थित भाटभाटेनी सुपरमार्केटमा उपभोक्ताहरुलाई सैलुन र मोबाइल स्टलमार्फत निःशुल्क २ मिनेटको ‘ठण्डा–ठण्डा कुल कुल’ हेड मसाज गराइएको थियो। अभियानका क्रममा ३००

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • 577 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • "हात्तीको आतङ्कले पीडित झापालीको सडकमा आक्रोश: नगरपालिकामा १५ बुँदे ध्यानाकर्षण पत्र"

    विराटनगर/ हात्ती आतंक नियन्त्रणको माग गर्दै झापाको बाहुनडाँगीमा बिहीबार हात्तीपीडितहरुले प्रदर्शन गरेका छन्। हात्तीपीडित युवा समूहको अगुवाइमा मेचीनगर नगरपालिकामा उनीहरुले नाराबाजीसहित प्रदर्शन गर्दै १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन्। प्रदर्शनमा सहभागी पीडितहरुले ‘हात्ती चराउन पाइँदैन, राहत हामीलाई चाहिँदैन’, ‘हात्ती चराउन पाइँदैन, आँशु बेच्न पाइँदैन’, ‘हात्ती आयो पारिको, मकै खायो बारीको’ जस्ता नारा लगाएका थिए। उनीहरुले हात्ती व्यवस्थापनको स्थायी समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका छन्। पीडितहरुको भनाइमा, पहिले सोलार फेन्सिङ जडान गरिएपछि हात्त

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • 590 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चेयरम्यान कप चेसमा बाँसबारी च्याम्पियन

    काठमाडौं। बाँसबारी माविले काठमाडौं महानगरपालिका ४ द्वारा आयोजित चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिपको उपाधि जितेको छ । बालुवाटारमा विहीबार सम्पन्न प्रतियोगितामा सर्बाधिक ७६ अंक जोड्दै बाँसबारी च्याम्पियन बनेको हो ।हिमालयन चेस एकेडेमीको व्यवस्थापनमा सञ्चालित दुई दिने र्यापिड चेसका ६ स्पर्धामा २० विद्यालयका ३ सय १९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रत्येक स्पर्धामा शीर्ष १० खेलाडीलाई दिइएको अंकको आधारमा बाँसबारी चेयरम्यान कप चेस च्याम्पियन भएको हो । नेसनल क्रियटिभ को–एडुकेसनल स्कुल ९एनसीसीएस० ५३ अंकसहित उपविजेता बन्यो । महेन्द्र राष्ट्रिय मावि ३२ अंक जोड्दै तेस्रोमा रह्यो । व्यक्तिगत स

    • प्रकाशित मितिः जेठ २२, २०८२
    • 509 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेचीनगरको समग्र विकासका लागि संघीय सरकारबाट ५० करोडभन्दा बढीको बजेट विनियोजन

    झापा/  मेचीनगर नगरपालिकाको समग्र विकासका लागि संघीय सरकारबाट चालु आर्थिक वर्ष २०८२/०८३ का लागि ५० करोडभन्दा बढीको बजेट विनियोजन गरिएको छ। नगर प्रमुख गोपालचन्द्र बुढाथोकी र प्रतिनिधिसभाका सदस्य तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको पहलमा संघीय सरकारले नीति तथा कार्यक्रमसहितको बजेटमार्फत विभिन्न १३ शीर्षकमा बजेट छुट्याएको हो। नगर प्रमुख बुढाथोकीका अनुसार मेचीनगरका विभिन्न सडक स्तरोन्नति, झोलुङ्गे पुल निर्माण, दाहसंस्कार स्थल, तथा नयाँ पुल निर्माणका लागि बजेट विनियोजन भएको हो। यहाँ उल्लेख गरिएका केही मुख्य योजनाहरू यसप्रकार छन्: सडक स्तरोन्नति (प्रत्येक शीर्षकमा ३

    • प्रकाशित मितिः जेठ २२, २०८२
    • 656 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विषादी मिसिएको ३२९० केजी आँप नष्ट, दुई व्यवसायीलाई ५०-५० हजार जरिवाना

    इटहरी/  इटहरी उपमहानगरपालिकाले विषादी मिसिएको ३ हजार २ सय ९० केजी आँप नष्ट गरेको छ। उपमहानगरको खाद्य अनुसन्धान टोलीले वडा नं. ६ मा रहेका फलफूल गोदामहरूमा गरेको अनुगमनका क्रममा ती आँपहरूमा स्वास्थ्यका लागि हानिकारक रसायन ‘एसिटिलिन ग्यास’ प्रयोग गरिएको पाइएपछि जफत गरी नष्ट गरिएको हो। अनुगमनका क्रममा ‘न्यू राइजिङ फुड सप्लायर्स, इटहरी’ को गोदाममा ९६ कार्टुन र ‘न्यू सुनसरी फुड सेन्टर’ को गोदाममा १०६ क्यारेट आँप फेला परेका थिए। ती सबै आँपको कुल तौल ३२९० केजी रहेको इटहरी उपमहानगरपालिकाले जनाएको छ। बजार अनुगमन शाखाका प्रमुख नोवेल भट्

    • प्रकाशित मितिः जेठ २२, २०८२
    • 775 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved