उद्धार गरेर ल्याइएकी वृद्धालाई आमाले नै हत्या गरिन्! सुनकै लागि ज्यान लिइयो

  • जेठ २६, २०८२
  • कोशीपत्र/संवाददाता
alt तस्बिर :वृद्धाको शव फेला परेको नहर

मोरङ/ मोरङको ग्रामथान गाउँपालिका–७ की ८९ वर्षीया तिलमाया खड्काको सुनको मुन्द्रीकै लागि हत्या गरिएको खुलासा भएको छ।

शनिबार घरबाट बेपत्ता भएकी खड्काको शव आइतबार ग्रामथान–६ मा रहेको सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा घोप्टो परेको अवस्थामा फेला परेको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीमाथि सुनका गहना लुट्नकै लागि हत्या भएको पुष्टि भएको हो।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ग्रामथान–६ की ४० वर्षीया सीता ऋषिदेवलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार तिलमाया नहरमा डुबिरहेको अवस्थामा सीताको १९ वर्षीया छोरी सोनु ऋषिदेवले देखेकी थिइन्। उनले उद्धार गरी तिलमायालाई आफ्नै घर पुर्‍याएर लुगा फेर्न सहयोग गरेकी थिइन्। त्यसपछि उनी नजिकै रहेको मामाघरतर्फ लागिन्।

छोरी घरबाट बाहिरिएपछि आमाले भने वृद्धाको कानबाट सुनको मुन्द्री निकालिन् र उनलाई पुनः नहरमा फ्यालेर हत्या गरिन् भन्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार वृद्धा मानसिक सन्तुलनमा कमजोर रहेको पाइएको छ। ‘घटनापछि अनुसन्धान गर्दा वृद्धाको मुन्द्री सीताको घरभित्र खाल्डो खनेर गाडिएको अवस्थामा भेटिएको छ,’ उनले भनिन्।

त्यसैगरी तिलमायाले लगाएका कपडासमेत सीताको घरभित्रै फेला परेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानले सीताले गहनाकै लोभमा हत्या गरेको पुष्टि गरेको छ।

घटनाको थप अनुसन्धान इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्रीको टोलीले गरिरहेको छ। पक्राउ परेकी सीता ऋषिदेव भने हालसम्म मौन रहेको प्रहरी स्रोतले जनाएको छ।

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved