चेयरम्यान कप चेसमा बाँसबारी च्याम्पियन

  • जेठ २२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं। बाँसबारी माविले काठमाडौं महानगरपालिका ४ द्वारा आयोजित चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिपको उपाधि जितेको छ ।
बालुवाटारमा विहीबार सम्पन्न प्रतियोगितामा सर्बाधिक ७६ अंक जोड्दै बाँसबारी च्याम्पियन बनेको हो ।हिमालयन चेस एकेडेमीको व्यवस्थापनमा सञ्चालित दुई दिने र्यापिड चेसका ६ स्पर्धामा २० विद्यालयका ३ सय १९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रत्येक स्पर्धामा शीर्ष १० खेलाडीलाई दिइएको अंकको आधारमा बाँसबारी चेयरम्यान कप चेस च्याम्पियन भएको हो । नेसनल क्रियटिभ को–एडुकेसनल स्कुल ९एनसीसीएस० ५३ अंकसहित उपविजेता बन्यो । महेन्द्र राष्ट्रिय मावि ३२ अंक जोड्दै तेस्रोमा रह्यो ।

व्यक्तिगत स्पर्धामा बाँसबारीकी सिमरन कार्की सबभन्दा बढी ४ अंक बटुल्दै कक्षा १ देखि ४ गल्र्समा प्रथम भइन् । बाँसबारीकै सुप्रिया मोक्तान, धुम्रवराही माविकी सन्ध्या कुमारी शाह र महेन्द्र राष्ट्रियकी आशिका लोप्चनले समान ३–३ अंक जोडेपनि टाइब्रेकरको आधारमा सुप्रिया दोस्रो र सन्ध्या तेस्रो भए ।ब्वाइजतर्फ मेरिडियन इन्टरनेसनल स्कुलका आयम सुवेदी ५ खेल जित्दै पहिलो भए । एनसीसीएसका अर्णव मानन्धरले समान ४ अंक जोडेका आफ्नै स्कुलका श्रेयांश सापकोटालाई टाइब्रेकरमा उछिन्दै दोस्रो स्थान हात पारे ।कक्षा ५ देखि ८ गल्र्समा एनसीसीएसकी आराध्य गुप्ता ५ अंक जोड्दै पहिलो भइन् । धुम्रवाराहीकी समिक्षा नेपाल ९४।५ अंक० दोस्रो र बाँसबारीकी अप्सरा खत्री ९४० तेस्रोमा रहे । ब्वाइजतर्फ पञ्चकन्या आधारभूत विद्यालयका अतिश महर्जन ६।५ अंकसहित प्रथम भए । समान ६ अंक जोडेका बाँसबारीका शिशिर ढकाल दोस्रो र सुमिर तामाङ तेस्रो स्थानमा रहे ।

त्यस्तै, कक्षा ९ देखि १२ गल्र्समा बाग्मती बोर्डिङकी देवयानी गुरागाइँले ५ अंक बनाउँदै शीर्षस्थान कब्जा गरिन् । बाग्मतीकै मायुमी राई ४ अंकसहित दोस्रो भइन् । उति नै अंक जोडेपनि टाइब्रेकरमा पछाडि परेपछि एनसीसीएसकी आँचल चौधरी तेस्रोमा सीमित हुनुपर्यो ।ब्वाइजतर्फ न्युटन हाईस्कुलका सोहन प्रजापतिले ६।५ अंक जोड्दै पहिलो स्थान हासिल गरे । बृहस्पति विद्यासदनका प्रेम विक्रम अधिकारीले समान ६ अंक बनाएका बाग्मतीका आयुष बस्नेतलाई टाइब्रेकरमा पन्छाउँदै दोस्रो स्थान हात पारे ।

बलुवाटारस्थित महेन्द्र राष्ट्रिय माविको हलमा आयोजित प्रतियोगिताका च्याम्पियन तथा विभिन्न ६ स्पर्धाका विजेताहरूलाई काठमाडौं महानगरपालिका ४ का वडाध्यक्ष दिनेश महर्जन, चेसकी पहिलो महिला राष्ट्रिय च्याम्पियन मोनालिशा खम्बूलगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरे ।

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

डेरामै चल्दै थियो नक ...

सुनसरी/  झापाको काँकडभिट्टाबाट लाखौँ रुपैयाँ ...

सुनसरीमा ‘नवरत्न बीट ...

सुनसरी/ भारतको प्रतिष्ठित पर्सनल केयर तथा आयुर्वेद ...

धरानबाट प्रतिबन्धित ...

सुनसरी/ धरान–१६ बाट प्रतिबन्धित लागू औषधसहित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved