धरान । कोरोना संक्रमणको जोखिम बढ्दै गएको अवश्थामा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ओपिडि सेवा शुरु गरे पछि स्थानीयहरु सहित प्रतिष्ठानमै कार्यरत चिकित्सक तथा कर्मचारीहरु पनि त्रसित बनेका छन् । स्थानीय प्रशासन, स्थानीय सरकार तथा चिकित्सकहरु सँगै समन्वय नगरी प्रतिष्ठानका उपकुलपतिको ठाडो निर्देशनमा ओपिडि सेवा संचालनले स्थानीयहरुमा त्रासको वातावरण तयार गरेको स्थानीय सहित चिकित्सकहरुले पनि आरोप लगाएका छन् ।पछिल्लो समय प्रदेश नम्बर १ मै पनि कोरोना संक्रमितको संख्या थपिदै गएको छ । प्रदेशका ७ जिल्लामा कोरोना संक्रमण भइसकेको पुष्टि भइसकेको छ भने थपिने क्रम पनि बढ्दै गएको अवश्था छ
नेपालमा आजमात्रै थप २७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो सगै नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप २७ जनामा संक्रमण पुष्टि भएको बताए । उनका अनुसार संक्रमितहरु झापाका ९, मोरङ १, सुनसरी १, सर्लाही २, काठमाडौं ३, भक्तपुर १, मकवानपुर १, रामेछाप १, ललितपुर १, सिन्धुली १, लमजुङ १, कपिलवस्तुको ४ र नवलपरासी १ गरी जम्मा २७ जना संक्रमण पुष्टि भएको हो । ती मध्ये २४ जना पुरुष र ३ जना महिला हुन् ।
धरान /झापाका थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेशिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगरमा गरिएको परीक्षणमा झापा केचनाकबलका ९ जनामा कोरोनाको संक्रमण देखिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार विराटनगरमा गरिएको परीक्षणमा कचनकवलका थप ९ जनामा कोरोना देखिएको हो । उनीहरु सबै सोमबार संक्रमण पुष्टि भएका भारतबाट आएका युवाको सम्पर्कमा भएका व्यक्तिहरु हुन । सोमबार सोही ठाउँका एक जनामा कोरोना पुष्ट भएको थियो । उनको सम्पर्कमा रहेका थप ९ जनामा कोरोना देखिएको हो । प्रदेश १ का सात जिल्लामा कोरोना संक्रमण देखिएको छ । मंगलबार नै सुनसरीको दुई जनमा कोरोना संक्
धरान / विश्वभर महामरी को रुपमा फैलिदै गएको कोरोना भाइरसको कारण विश्व त्रसित बन्दैगएको छ । हिजो र आज गरि सुन्सरीमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि ईटहरी बजार ५ दिन पूर्णरुपमा बन्द गर्ने र दुईवटा सिल गरिने भएको छ । इटहरी उपमहानगरपालिकामा बसेको सुरक्षा संयन्त्र सहितको बैठकले वडा नम्बर २ र ३ लाई शिल गर्ने निर्णय गरेको हो । त्यस्तै उपमहानगर क्षेत्रभित्रका पसलहरु समेत ५ दिन बन्द गर्ने समेत निर्णय गरेको छ । विश्वभर महामरी को रुपमा फैलिदै गएको कोरोना भाइरसको कारण विश्व त्रसित बन्दैगएको छ । हिजो र आज गरि सुन्सरीमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि ईटहरी बजार ५ दिन पूर्ण
धरान नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितहरुको संख्या ३७५ पुगेको छ । तराइ का जिल्ला मध्ये कोरोना को संक्रमण देखिन बाँकी रहेको सुनसरीमा पनि कोरोना भाइरसको सक्रमित भेटिएका छन ।सुनसरी जिल्लाको गढी गाउपालिकाका एक व्यक्तिमा संक्रमण देखियो । केही दिन अघि भारतबाट आएका उनको स्वाब वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुनसरी, दैलेख ,झापा , खोटाङका १ १, धनुषाका २ र दैलेखका १२ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
काठमाडौं । सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्शा पारित गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले भारतले अतिक्रमण गरेको ठाउँसहितको नक्सा पारित गरेको हो । सरकारले सदनमा प्रस्तुत गरेको आर्थिक वर्षको २०७७/७८ को नीति तथा कार्यक्रममै समेत भारतले अतिक्रमण गरेको नेपाली भुभागसहितको नक्सा छिट्टै सार्वजनिक गर्ने उल्लेख गरेको थियो । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुनुअघि बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा शीर्ष नेताहरुले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्शा सार्वजनिक गर्ने विषय पनि राख्न सरकारलाई दबाब दिएका थिए ।
विराटनगर । श्रीमतीकै योजनाअनुरुप विराटनगरका औषधि व्यवसायी ३३ वर्षीय देवीप्रसाद दुलालको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार भर्चुअल प्रेस मिट आयोजना गरी श्रीमती मीना श्रेष्ठ दुलालकै योजनाअनुसार दुलालको हत्या भएको खुल्न आएको हो । जिल्ला प्रहरी प्रमुख एसपी विश्व अधिकारीले प्रारम्भिक अनुसन्धानले श्रीमती श्रेष्ठले अरु दुई जना युवकको साथ लिएर बेडरुममै श्रीमानको हत्या गरेको जानकारी दिएका छन् । अधिकारीले भने,‘‘श्रीमानसंगको बिग्रदो सम्बन्धका कारण उनलाई सबक सिकाउने भन्दै योजनागत रुपमा मीनाले हत्या गराएको देखिन्छ ।’’ प्र
काठमाडौं । नेपाली भूमि कालापानीबाट भारतीय सेना हटाउन माग गर्दै संयुक्त राष्ट्रसंघमा ज्ञापनपत्र दर्ता भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका पदाधिकारीले कालापानीबाट भारतीय सेना हटाउन माग गर्दै संयुक्त राष्ट्रसंघ मुख्यालयमा ज्ञापनपत्र दर्ता गरेका हुन् । नेपालको उत्तरपश्चिम सीमा कालापानी क्षेत्र भारतले अतिक्रमण गरी सडक निमार्णविरुद्ध एनआरएनए अमेरिकाका उपाध्यक्ष सोनाम लामा, विष्णुमाया परियार, नविन शेरचन लगायतका पदाधिकारीले सोमबार संयुक्त राष्ट्रसंघ मुख्यालयमा ज्ञापनपत्र दर्ता गरेका हुन् । ज्ञापनपत्रमा भारतले नेपालको भूभाग कालापानी क्षेत्र अतिक्रमण गरेको, भारतले अन्तर्राष्ट्रिय कानुनव
ओखलढुंगा धुलिखेल अस्पतालमा बाट उपचार गराएर ओखलढुंगा पुगेका चारजनालाई क्वारेन्टाइनमा पठाइएको छ । कोरोनाका कारण एक सुत्केरी महिलाको धुलीखेल अस्पतालमा मृत्यु भएको थियो । सोही अस्पतालमा उपचार गराएर ओखलढुंगा पुगेका चार जनालाई क्वारेन्टाइनमा राखिएको हो । शनिबार दिउँसो एम्बुलेन्समार्फत ओखलढुंगा पुगेका उनिहरुलाई आइतबार सदरमुकामस्थित ओखलढुंगा क्याम्पस ओखलढुंगाको क्वारेन्टाइनमा पठाइएको हो । क्वारेन्टाइनमा पठाइएकामा सिद्धिचरण नगरपालिका–५ मा बस्दै आएका सोलुखुम्बुको नेचासल्यानका एक बिरामी, उनका भिनाजु, माइजू र एम्बुलेन्स चालक रहेका छन् ।
काठमाडौँ -सरकारले जारी लकडाउन १५ दिन थप गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । आज बसेको कोरोना नियन्त्रण तथा रोकथाम समितिले लकडाउन १५ दिन थप गर्न सरकारलाई सिफारिस गरेको थियो । समितिले लकडाउनका कारण कोरोना बाट हुने ठुलो क्षति बाट बचेको र लकडाउनको बिकल्प नभएको निष्कर्ष निकालेको थियो । नेपालमा लकडाउन लागु भएको आइतबार ५५ दिन पुगेको छ । यस अघि थपेको लकडाउन भोली बाट समाप्त हुदैछ ।