कोरोनाको कहरले इटहरीका अरबौंको योजना अन्यौलमा

  • असोज २१, २०७७
  • " तेजबहादुर बन"
alt डिपिआर तयार गरिएको इटहरीमा बनिने भनिएको आकाशे पुल

इटहरी । स्थानीय निर्वाचन ताका चर्चामा रहेका इटहरीका अरबौं मुल्य बराबरको ठुला ठुला योजनाहरू अहिले शहर भित्रै हराएका छन । निर्वाचनको समयमा चर्चा चलेको डेटिङ स्पट, आकाशे पुल र रात्रिकालिन बजारको योजना अहिले अन्यौलमा रहेको छ ।

इटहरीमा युवा युवतीहरूको लागि डेटिङ स्पर्ट र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य सहित आकाशे पुल निर्माण, इटहरीलाइ २४ सै घण्टा खुल्ला राख्न रात्रीकालिन बजारको थालनी सहित ६ लेन राजमार्ग निर्माण संगै उत्पन्न भएको पार्किङ समस्यालाइ मध्यनजर गर्दै स्मार्ट पार्किङ लगायत अरबौ मुल्यका योजनाहरूको विषयमा चर्चा हुन छाडेको छ ।

इटहरीमा युवायुवतिहरूको लागि डेटिङ स्पट र आकासे पुल निर्माण गर्ने भनि चर्चामा ल्याएका प्रदेश सांसद सर्वध्वज साँवा यही एजेन्डाबाट सांसदमा बिजयी बने तर बिजयी भएको तिन वर्ष बितिसक्दा पनि उनको योजना कागजमै सिमित बनिन पुगेको छ ।
इटहरीमा ट्राफिक ब्यवस्थापनलाइ सहज बनाउन र पर्यटकहरूलाइ लोभ्याउन सेल्फि खिच्न मिल्ने गरिको मुख्य चोकमा आकाशे पुल निर्माणको योजना प्रदेश सरकार समक्ष पेस गरेका थिए । प्रदेश सरकारले अनुमति दिए पछि पुलको डिपिआरको काम समेत सम्पन्न भइसकेको थियो । डिपिआर सम्पन्न भइसकेर निर्माण प्रक्रिया अघि बढाउने क्रममा संलग्न इञ्जिनियरले नक्सा गलत बनाएपछि पुनः सच्याइ काम सुरू गर्नै लाग्दा कोरोनाको कारण कामहरू बन्द भएको साँवाले बताए ।

इटहरीलाइ २४ सै घण्टा खुल्ला राखि नमुना शहरको रूपमा स्थापित गर्न पहिलो नगरकार्यपालीका तथा नगरसभाले रात्रीकालिन बजारको योजना अघि सारेको थियो । आन्तरिक पर्यटकहरूलाइ लक्षित गर्दै ल्याइएको योजना पनि हाल कागजमै सिमित बनिन पुगेको छ । स्थानीय निर्वाचन अघि देखि नै चर्चा चलेको इटहरी रात्रिकालीन बजारलाइ स्थापित गराउन जनप्रतिनिधिहरूले नगरसभा मार्फत पारित गर्दै योजना अघि बढाएका थिए ।

रात्रीकालिन बजारको योजना ५० प्रतिशत काम पुरा भएपनि बिचमा आन्तरिक किचलो शुरू भए पछि योजना पनि त्यतिकै भद्रगोल अवस्थामा पुगेको छ । बजारका लागि आवस्यक पर्ने पूर्वाधार निर्माण, रंगरोगन जस्ता कामहरू सकिएका छन । बनिएका संरचनाहरू लथालिंग अवश्थामा रहेका छन् । बजारको लागि नगरसभाबाट ४० लाख रकम समेत बिनियोजन गरेको थियो ।

रात्रिकालिन बजार ब्यवस्थापन समितिका संयोजक कृष्ण प्रसाद भट्टराइले आइतबारे देखि टेलिकमको बाटो सम्म् सोलार जडान, मुख्य स्थानहरूमा शिशि क्यामेरा जस्ता महत्वपुर्ण कामहरू सके पनि कोरोनाकै कारण बन्द हुन पुगेको बताए । उनले भने, ‘स्थिति सामान्य बन्दै गएपछि पुनः एक पटक सबै संग छलफल गरी निर्माण प्रक्रिया अघि बढाइने छ ।’

अवसर र बजेट पाएर पनि गुमाएको अर्को योजना हो स्मार्ट पार्किङ । नेपालकै पहिलो स्मार्ट पार्किङ बनाउने भनि चर्चा गरिएको योजना पनि हाल अलपत्र अवस्थामा रहेको छ । बढ्दो शहरीकरण संगै सवारी साधनको चापले पार्किङ समस्यालाई समाधान गर्न स्मार्ट पार्किङको योजना अघि सारिएको थियो । योजनालाइ संघिय सरकारले समेत पारित गर्दै समपुरक योजना अन्तर्गत पाँच करोड २० लाख रकम विनियोजन गरेको थियो । बजेटको उपयोग गर्न नसक्दा उपमहानगरले पाएको रकम फ्रिज हुन पुगेको छ ।

इटहरी ४ टयाङग्रा खोला उत्तरपूर्व दुई कठ्ठा जग्गामा ६ तलाको स्मार्ट पार्किङ बनाउने योजना रहेको यहि वर्ष भित्र निर्माण सम्पन्न भइसक्ने भनिएको थियो । तर रकम फ्रिज भएकाले निर्माण कार्य रोकिएको छ ।

इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले कोरोनाको कारण योजना अघि बढाउन नसकीएको बताईन । उनले भनिन्, योजनाहरु पुरा भएरै छाड्छन्, संघिय सरकारसंग बजेटबारे छलफल भइसकेको छ, उपमहानगरले पनि पर्याप्त बजेट छुट्याइ सकेकोले योजना फेल भएको भन्न मिल्दैन ।’ कोरोना कहर साम्य बन्दै गएपछि योजना अनुसार काम अघि बढने उपमेयर गौतमको भनाइ छ ।

धरानमा एसईई आइडल सिज ...

सुनसरी/धरानमा एसईई आइडल सिजन–५ को ग्रान्ड फिनाले ...

कोशी नदीको पानी ल्या ...

धरान/ धरान उपमहानगरपालिकामा कोशी नदीको पानी ल्याउन ...

वराहक्षेत्रमा एकीकृत ...

चक्रघट्टि/ वराहक्षेत्र नगरपालिकामा आधारभूत तह (कक् ...

धरानमा प्रधानमन्त्री ...

धरान/ प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत धरान उप ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved