होटललाई मात्र प्राथमिकता दिदा अलपत्र होमस्टे

  • असोज १७, २०७७
  • "तेजबहादुर बन"
alt

इटहरी । आन्तरिक पर्यटकहरुलाई लोभ्याउन र पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्धेश्यका साथ बाजा गाजा सहित स्थापना गरिएको इटहरी उपमहानगर ३ अन्तरगत एक मात्र होमस्टे खोर्साने खाप स्थापनाको ७ वर्षपछि सम्बन्धित निकायको प्राथमिकतामा परेको छ ।

स्थानीय निर्वाचन सम्पन्न भइ चुनिएका जनप्रतिनिधिहरु सहितको टोलीले पनि कार्यभार सम्हालेको ४ वर्षपछि प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जाहेर गरेसंगै अलपत्र अवस्थामा रहेको इटहरीको होमस्टे खोर्साने खाप सुधार हुनेमा स्थानीयहरुले बिश्वास लिएका छन् ।

२०७० सालमा स्थापना भएको होमस्टे छोटो समयमै इटहरी बाहिरका शहरहरुमा चर्चीत बनिसकेको थियो । स्थानीय स्तरमै उत्पादन भएका घरेलु खाद्यान्न गुन्द्रुकको अचार, फापरको पिठोबाट बनेका परिकार, नेपाली खानाका स्वादहरु होमस्टेले पस्कदै आएको थियो ।

स्थापनाको तिन महिनाको अवधिका १ सय भन्दा बढी आन्तरिक पर्यटक भित्र्याएर नयाँ रेकर्ड समेत स्थापना गरिसकेको खोर्साने खाप होमस्टेले थप लगानीसंगै बजेट अभाव हुँदा त्यतिकै ओझेलमा परेको छ । आन्तरिक मात्र नभई बाह्य पर्यटकहरुलाइ स्वागत गर्न बसोबास सहितको १० वटा भवनहरु समेत बनाइ सुरुवात गरिएको होमस्टे स्थापनाको पहिलो वर्ष देखिनै त्यतिकै लथालिंग बन्दै आएको छ ।

तत्कालीन नेकपा एमालेबाट बिजयी बनेका २ नं क्षेत्रीय सांसद रेवति रमण भण्डारीले उदघाटन गरेको होमस्टे वर्षौदेखि अलपत्र पर्दा सम्म एक पटक पनि फर्केर नगएको त्यहाका स्थानीयहरुले गुनासो गरेका छन । बढ्दो शहरीकरण संगै इटहरीमा करौडौको लगानी सहित होटलहरु खुल्न थालेपछि होमस्टे ओझेलमा परेको छ ।

बिश्व पर्यटन दिवसको अवसर पारेर इटहरी उपमहानगरका मेयर द्घारिकलाल चौधरी, उपमेयर लक्ष्मी गौतम, उपमहानगरका कार्यकारी अधिकृत कृष्ण सापकोटा होमस्टे सञ्चालक समितिका पदाधिकारी लगायत स्थानीयहरुको सहभागितामा खोर्साने खापलाइ ब्यवस्थित बनाइ सञ्चालन गर्ने बिषयमा एक अन्तरक्रिया सम्पन्न भएको छ ।

कार्यक्रममा खोर्साने खाप होमस्टे संरक्षण समितिका अध्यक्ष आश वहादुर धिमालले इटहरीमा पछिल्लो समय ठुला ठुला होटलहरु स्थापना हुदै गर्दा जनप्रतिनिधिहरुले होमस्टेलाइ चासो नदेखाएको प्रति गुनासो गरे ।

उनले भने, ‘छेउमै रहेको तालतलैयालाइ बिश्वको नमुना पर्यटकिय स्थल बनाइने भनी घोषणा गर्नुका साथै बार्षिक लाखौ बजेट छुट्याइयो तर त्यहि बाटो भएर पुगिने खोर्साने खाप होमस्टेलाइ उपमहानगरले एक रुपैया बजेट नपार्नु यो बेवास्ता गरिए बराबर हो ।’ भेलामा उपस्थित अधिकांसले सम्बन्धित निकायले चासो नराख्दा कुनैबेला इटहरीको गौरव भनेर चिनिने होमस्टे अहिले गुमनाम परेको गुनासो गरेका छन् ।

कार्यक्रममा इटहरीका मेयर द्घारिकलाल चौधरीले होमस्टेलाइ अब ब्यवस्थित ढंगबाट बजेट बिनियोजन गरी पुनःसञ्चालनमा ल्याइने प्रतिबद्धता ब्यक्त गरे । सरकारी निकायबाट भएका कमि कमजोरीहरुलाइ क्रमश सुधार गर्दै आगामि दिनमा खोर्साने खापलाइ आन्तरिक पर्यटकहरुको केन्द्र बनाउन उपमहानगर सदैव कटिवद्ध रहेको मेयर चौधरीले बताए ।

धरानमा एसईई आइडल सिज ...

सुनसरी/धरानमा एसईई आइडल सिजन–५ को ग्रान्ड फिनाले ...

कोशी नदीको पानी ल्या ...

धरान/ धरान उपमहानगरपालिकामा कोशी नदीको पानी ल्याउन ...

वराहक्षेत्रमा एकीकृत ...

चक्रघट्टि/ वराहक्षेत्र नगरपालिकामा आधारभूत तह (कक् ...

धरानमा प्रधानमन्त्री ...

धरान/ प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत धरान उप ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved