कोरोना संक्रमित दिर्घरोगीले उपचारमा प्राथमिकता पाएनन् , समयमै उपचार नहुँदा मृत्यु ( भिडियो सहित )

  • असोज २१, २०७७
  • "दिनेश गजमेर"
alt


धरान । किड्नीका बिरामी लाल बहादुर माझीलाई कारोना संक्रमण देखिए पछि कोभिड अस्पतालमा सरुवा गरिएको थियो । उनी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मीक कक्षमा उपचार गराईरहेका थिए । डायलासिसका लागि ल्याएका माझीलाई निमोनिया देखिए पछि पिसिआर परिक्षण गरिएको थियो । ४÷५ दिन पछि उनलाई कोरोना पुष्टि भए पछि कोभिड अस्पतालमा सरुवा गरिएको थियो । उनको आइतबार राती मृत्यु भए पनि सोमबार बिहान मात्रै परिवारलाई खबर गरिएको थियो ।

कोभिड अस्पतालमा मृत्यु भएका माझीका परिवारले चिकित्सकहरुले लापरवाही गरेको आरोप लगाएका छन् । आकस्मीक कक्षमा उपचार गराइरहेका उनको कोरोना पोजिटिभको रिपोर्ट परिवारलाई पनि नदेखाई एकै चोटि कोभिड अस्पताल सरुवा गरिएको परिवारको भनाई छ । कोभिड अस्पताल लगे पछि डायलासिस गर्न नपाउँदा बुबाको मृत्यु भएको उनका छोरा दुर्गा कुमार माझी बताउँछन् । कोभिड अस्पतालमा खटिएका कर्मचारीहरुले प्राथमिकतामा राखेर उपचार नगर्दा मृत्यु भएको उनको आरोप छ ।

बुबाको स्वास्थ्य अवश्थाको बारेमा जानकारी लिन दुईटा मोबाइल कर्मचारी मार्फत पठाएका थिए । तर बुबाले मोबाइल समेत नपाएको उनको गुनासो छ । उनले भने, ‘बुबाको अवश्थाको बारेमा हामीलाई कुनै जानकारी नै गराइएन्, डायलासिस गर्नु पर्ने बिरामी कोभिड अस्पतालमा लगे पछि मृत्यु भएको खबर आयो, एक दम लापरवाही भएकै कारण मेरो बुबाको मृत्यु भएको हो ।’

धरान ७ की शुष्मा श्रेष्ठका बुबा पनि अहिले कोभिड अस्पतालमा उपचार गराईरहेका छन् । उनका बुबाको किड्नी अप्रेसन गरिएको थियो । केही दिन अघि भर्ना भएका उनलाई पनि औषधी समेत नदिएको श्रेष्ठले बताईन् । ‘भर्ना भए पछि एक दिन अक्सिजन दियो, त्यस पछि सिलेन पानी चढायो’ उनले भनिन्, ‘अहिले पनि बुबाले टाउको दुखिरहेको छ, रुघाखोकी निको भएको छैन्, दबाई माग्दा पनि देको छैन् भनेर बुबाले भन्नुहुदैछ ।’ कोभिड अस्पतालको व्यवस्थापन राम्रो नभएको उनी बताउँछिन् । अस्पतालमा उपचार खटिएका कर्मचारीहरुको लापरवाही रहेको उनको पनि आरोप छ ।

सोमबार मृत्यु भएका माझीका छिमेकी किरण लिम्बु दिर्घरोग भएका बिरामी जसलाई संक्रमण पुष्टि भएको छ, उनीहरुको उपचारमा प्राथमिकता दिनु पर्ने बताउँछन् । अस्पताल भित्र कार्यरत कर्मचारीहरुको दादागिरी शैलिमा प्रस्तुत हुने गरेको उनको आरोप छ ।

उनले भने, हिड्डुल गर्न नसक्नेलाई प्राथमिकता दिनुपर्छ भनेको उल्टै जसलाई पनि लाग्छ भन्छ डाक्टर, दबाई किनेर पठाको दबाई नै पुगेको छैन्, भित्र बिरामीलाई के भइरहेको छ, कस्तो छ, केही थाहा हुँदैन् । दिर्घरोगीहरुलाई प्राथमिकता दिएर उनीहरुको रोग अनुसारको उपचार पनि हुने भए मृत्यु कम हुने उनको भनाई छ ।

बिरामीको परिवारको रिस्कमा कुरुवा राख्ने व्यवस्था गरिदिनु पर्ने श्रेष्ठको भनाई छ । उनले भनिन्, ‘स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर कुरुवा राख्ने व्यवस्था गरिदिए बिरामीको स्याहार सुसार गर्न सकिन्थ्यो, त्यसले चिकित्सकहरुलाई पनि रिस्क हुँदैन्, हामी आफै रिस्क लिन्छौं ।’

कोरोना संक्रमणको जोखिम बढी जसो दिर्घरोग भएका बिरामीहरु हुने गरेका छन् । मृत्युको जोखिममा पनि तिनै समुहहरु परेका छन् । प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएका सबै दिर्घरोगीहरुनै छन् । संक्रमित भएर उपचार गर्न पुगेका दिर्घरोगीहरुले आफ्नो रोग अनुसारको उपचार समयमै नपाउँदा मृत्यु हुने गरेको बिरामीका आफन्तहरुको गुनासो छ ।

कोरोना संक्रमणको आशंका गरिएका बिरामीलाई कोभिड अस्पतालमा राख्ने गरिन्छ । कोभिड अस्पतालमा पुगेका बिरामीलाई न उनीहरुको आफन्तलाई भेट्न दिइन्छ, न उनीहरुको स्वास्थ्य उपचारको विषयमा जानकारी नै गराईन्छ । संक्रमित देखिने बित्तिकै उपचारमा पनि स्वास्थ्यकर्मीले बेवास्ता गरिदिने लिम्बु बताउँछन् ।

दिर्घरोगीहरुलाई औषधी उपचार समय समयमा हुन सकेन् भने उनीहरुको स्वास्थ्य अवश्था झन नाजुक हुने गर्छ । यस्तो अवश्थामा चिकित्सक लगायत स्वास्थ्यकर्मीहरु जिम्मेवार हुन पर्ने उनीहरुको सुझाव छ ।

कोभिड अस्पतालको लापरवाही बढ्दै गए पछि बिरामीका आफन्तले प्रतिष्ठानका निर्देशक प्रा.डा. गौरी शंकर शाह सँग गुनासो गरेका थिए । लापरवाहीमा संलग्न स्वास्थ्यकर्मीहरुलाई कारवाहीको माग समेत गरेका छन् । प्रतिष्ठानको व्यवस्थापन कमजोर रहेकाले सुधार्दै संक्रमित बिरामीहरुको उपचारमा जिम्मेवार बन्न उनीहरुले आग्रह गरेका छन् ।

प्रतिष्ठानका निर्देशक शाहले आन्तरिक छानबिन गरी दोषि देखिए कारवाही गर्ने प्रतिबद्धता जनाएका छन् । उनले भने, कुनै पनि चिकित्सकले बिरामी मरोस् भन्दैन्, उनीहरुको प्राथमिकता बिरामीलाई बचाउनु नै हो, प्रयास गर्दा गर्दै पनि बिरामीलाई बचाउँन नसक्ने अवश्थाहरु हुन सक्छन्, हामी छानबिन गर्नेछौं, चिकित्सकहरु सँग छलफलमा सहभागि गराउने छौं ।’ केही कमजोरीहरु रहे सुधार्ने प्रतिबद्धता जनाएका छन् ।

सुच्चा राईको कुल पूज ...

धरान/  किरात राई समुदायले वैशाख पूर्णिमादेखि ...

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

धरानमा दुर्व्यसन विर ...

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले श ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved